फुजेल घट्नाका सबै आरोपितलाई चितवन अदालतबाट सफाइ

चितवन , २५ भाद्र । चितवन जिल्ला अदालतले गोरखा फुजेलका कृष्ण अधिकारी हत्या सम्बन्धी मुद्दाको अन्तिम फैसला आइतबार सुनाएको छ । पटकपटक सर्दै आएको र सर्वाधिक चासोको बिषयमा बन्न पुगेको अधिकारी हत्या सम्बन्धमा जिल्ला अदालतले १३ जना प्रतिबादीमध्ये १२ जनालाइ सफाई दिएको छ । अदालतका श्रेस्तेदार गेहेन्द्रराज पन्तका अनुसार फरार सूचीमा रहेका प्रतिवादी रुद्र आचार्यको बाहेक हाल काठमाडौं कारागारमा रहेका छविलाल पौडल, राम प्रसाद अधिकारी क र ख, काली प्रसाद अधिकारी, सिता तिवारी, सुभद्रा तिवारी, विष्णु तिवारीले सफाइ पाएका हुन् ।
चिगवन जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको एकल इजलासले अधिकारी हत्या प्रकरणमा फैसला सुनाएको हो । गोरखा फुजेल बस्ने अधिकारीको बि।संं २०६१ जेठ २४ गते हत्या भएको थियो । हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो । तर, कृष्णका दाजु र बाबुले हत्याका बिरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरी बिरुद्ध कुनै कारवाही भएको भने थिएन ।चितवनको रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न आएका बेला हत्ययाको सिकार बनेका अधिकारीका बाबुआमाले अनशन सुरु गरेपछि २०७० साउन बाट चितवन प्रहरीले अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको थियो । प्रहरीले अनुसन्धान पुरा गरे पनि मुद्दा चल्ने नचल्ने भन्ने विषयमा विवाद उठेको थियो । कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जना बिरुद्ध मुद्दा दायर भएको थियो । कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जना बिरुद्ध मुद्दा दायर भएको थियो । छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसादको अनशनका क्रममा निधन भएको छ । आमा गंगामाया पनि लामो समय अनशन बसिन् । अनशनका क्रममा निधन भएका कृष्णका नन्दप्रसादको अझै दाहसंस्कार भएको छैन । सशस्त्र संघर्षका बेलामा भएको घटनाका विषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगले निर्णय गर्नुपर्नेमा अदालतमा मुद्दा लगेको भन्दै माओवादी पक्षले आपत्ति जनाउँदै आएको छ ।