मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ।

 

चितवन , २५ भाद्र । चितवनको भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जगतपुरबाट गितानगरतर्फ आउँदै गरेको ना. ५०. प. ३३११ नम्बरको मोटरसाइकलको ठक्करबाट भरतपुर महानगरपालिका १४ की पैदलयात्री पार्वती न्यौपानेको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको उपचारका लागि भरतपुर ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको जनाइएको छ । ठक्कर दिने मोटरसाइकल चालक पनि घाइते भएका छन् । घाइते हुनेमा रत्ननगर नगरपालिका १४ का २२ बर्षिया सन्दिप महतो रहेको र उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले बताएको छ ।