अनमोल साँझ चितवन अन्तिम तयारीमा

चितवन,भाद्र २२

चितवनमा भोली हुन गईरहेको अनमोल साँझको सम्पुर्ण तयारी पुरा भएको छ । मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौं र द शिल्ड चितवनको आयोजनामा भोली भदौं २३ गते नारायणगढस्थित क्याम्पाचौरमा हुन गईरहेको अनमोल साँझको सम्पुर्ण तयारी पुरा भईसकेको आयोजक मोनिका ईन्टरनेशनलका अध्यक्ष कमल जी.सी. ले जानकारी दिएका छन् ।


साँझमा अनमोल आफैले पनि गित गाउने छन् । कन्र्सटमा नायिका प्रियंका कार्की, भेटेनलगायत राष्ट्रिय तथा स्थानीय व्याण्डहरुको विशेष प्रस्तुती रहने मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौंका अध्यक्ष कमल जिसीले जानकारी दिए । कार्यक्रमको लागी चर्चित नायक अनमोल केसी भोली १२ बजेको बुद्ध एयरलायन्सको विमानबाट चितवन आउँदैंछन् । कार्यक्रममा अनमोलका पिता तथा पुरानो पुस्तामा चर्चित एंव लोकप्रिय नायक भुवन के.सी पनि साथमा आउनेछन् । कार्यक्रममा नायक केसीको नृत्यसंगै दुई वटा गीत प्रस्तुत हुनेछ । अध्यक्ष जिसीका अनुसार अनमोलले स्टेजमा के यो माया हो र तुरुरुरु बोलको गीत पनि गाउने छन् । उनको लाईभ नृत्य समेत दर्शकहरुले हेर्न पाउने छन् । नेपाली चलचित्रमा छुट्टै पहिचान बनाएका साथै युवा पुस्ताको मनमा बस्न सफल नायक अनमोलको यो पहिलो अफिसियल कन्सर्ट टुर हो ।


नायक अनमोलसंगै नायिका प्रियंका कार्कीको पनि विशेष प्रस्तुती रहनेछ । उनले ६ वटा गीतमा नृत्य समेत गर्ने मोनिका ईन्टरनेशनल गु्रप काठमाडौंका अध्यक्ष जिसीले जानकारी दिए । अनमोल साँझ दिउँसो ३ बजेदेखी बेलुकी ९ बजेसम्म चल्ने स्थानिय आयोजक द शिल्डका सल्लाहकार अश्विन घिमिरेले जानकारी दिए । अनमोलको सुरक्षा ब्यबस्थालाई ध्यानमा राख्दै सुरक्षा ब्यबस्थालाई मजबुत पारिएको सल्हाकार घिमिरेले जानकारी दिए ।

नेपालका ठुला ४ शहरमा आयोजना गरिएको अनमोल साँझ बुटवल र पोखरामा भव्य एंव सभ्य रुपमा सम्पन्न भईसकेको छ । चितवनको कार्यक्रममा चितवनका नयाँ पुस्ताका युवा युवतीहरुको ओईरो लाग्ने आयोजकको विश्वास रहेको छ ।