ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु ।

 


चितवन , २२ भाद्र । पूर्वी चितवनको राप्ती नगरपालिका स्थित भुरझुरेमा गएराती साँढे ८ बजे ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना।३।ख। ८५३९ नम्बरको ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग।५।प। ६२६० नम्बरको मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिदा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तानकोो ज्यान गएको हो । उनीहरु दुवैको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङ्कर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।