गैंडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटे


चितवन , २३ भाद्र । खबर संकलन गर्न गैंडाकोट नगरपालिका पुगेका चितवनका एक पत्रकारलाई गैंडाकोट नगरपालिकाका जनप्रतिनिधिले हातपात गर्दै कुटपिट गरेको भन्दै नेपाल पत्रकार महासंघ चितवन शाखा लगायत विभिन्न पेशागत पत्रकार संघ संगठनहरुले आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । खबर संकलन गर्न पुग्दा जनअर्पण साप्ताहिकका सह ( सम्पादक अजय गोर्खालीलाई गैँडाकोट नगरपालिकामा शुक्रबार दिउँसो कुटपिट गर्नुका साथै उनले बोकेको डायरी र मोबाईल खोसेको घटना प्रति पत्रकार महासंघ चितवनले ध्यानाकर्षण भएको जनाएको हो । प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली, प्रेस चितवनका सचिव गोविन्द घिमिरे, प्रेस युनियन चितवनका सचिव अनिल ढकाल र क्रान्तीकारी पत्रकार संगठन चितवनका अध्यक्ष होमनाथ न्यौपानेद्धारा सयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै पत्रकार माथि संबेदनसिल हुन आग्रह गर्दै घटनामा संलग्न दोषीलाई कानुनी कारवाहीको जोडदार माग समेत गरेको छ ।