मानव बेचविखनविरुद्धका उजुरी संख्या बढ्दै

आव ७४(७५ मा मात्रै १० उजुरी दर्ता

 


चितवन , २२ भाद्र । चितवन जिल्लामा पछिल्लो समय मानव बेचविखनविरुद्धका उजुरी संख्या बढ्न थालेको छ । आर्थिक वर्ष २०७४÷७५ मा १० मुद्धा दर्ता भएका छन् । बेचविखनमा परेका १६ जनाको उद्धार भएको छ । घटनामा ४ जना महिला र १० जना पुरुष पक्राउ परेका छन् । पक्राउ परेका १४ जनामध्ये ११ जना पुपक्षका लागि थुनामा छन् । १ जना साधारण तारेखमा छुटेका छन् । यस्तै, आर्थिक वर्ष २०७३÷७४ मा ९ वटा उजुरी परेका छन् । जसमा १३ जनाको उद्धार भएको छ । जसमा ४ जना महिला र ३ पुरुष पक्राउ परेका छन् । आर्थिक वर्ष २०७२÷७३ मा ६ वटा उजुरी परेका छन् । जसमा १५ जनाको उद्वार भएको छ । ४ महिला र १२ पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले चितवन भित्रिने सवारी साधनमाथि विशेष निगरानी हुने गरेको बताए । “चितवन हुँदै बेचविखन गर्न लैजान गिरोह सक्रिय रहेका घटनाले देखाउँछन्”, उनले भने, “सार्वजनिक तथा नीजि सवारीमाथि विशेष चेकजाँच हुने गरेको छ ।” प्रहरीले अपराध नियन्त्रणका लागि उच्च सर्तकता अपनाइरहेको बताए ।