भरतपुर २९ स्थित त्रिशुली नदी मै अबैध क्रसर उधोग सञ्चालनमा

अबैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र तस्करी भईरहदापनि नियामक निकाय किन मुकर्दशक ?

चितवन,भदौं २०
नारायणगढ मुग्लीन सडक खण्डको भरतपुर २९ स्थित त्रिशुली नदिमा अबैध रुपमा ढुङ्गा गिट्टी उत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको पाईएको छ । सडक बनाउने ठेक्का लिईएका ठेकदार कम्पनिकै नाममा उत्खनन् र तस्करी भईरहेको हो । उक्त सडक खण्डको सो क्षेत्रमा रौता र लामा कन्ट्रक्सनले विगतमा सडक निर्माण गरेको थियो । सडक निर्माण सम्पन्न भईसकेको अवस्थामा हाल सो सडकको तलपटीको त्रिशुलीमा अबैध रुपमा क्रसर उधोग नै सञ्चालनमा ल्याईएको हो । सो क्रसर उधोगले बाताबरण्ीय प्रतिबेदन बिना नै नदीमा चेन स्काभेटर, जेभिसी लगाएतका नदी उत्खनन्मा प्रयोग हुने उपकरणहरु प्रयोग गरी अबैध उत्खनन् र तस्करी गरिरहेको छ । सडक निर्माणको क्रममा सडकलाई आवश्यक सामाग्री उत्पादन गर्ने गरी सो क्रसर सञ्चालनमा आएको भएपनि सडक सम्पन्न भईसकेको महिनौं भईसक्दापनि ठेकेदार कम्पनि र उस्का मतियारहरुले नियामक निकायहरुको निकम्मापनको फाईदा उठाउदैं अबैध रुपमा नदीजन्य पदार्थको दोहन गरिरहेको हो । नारायणगढ मुग्लीन सडकखण्ड निमार्ण आयोजनाका एक ईन्जीनियरका अनुसार निर्माण सम्पन्न भईसकेको अवस्थामा उत्खनन् र ओसारपोसार गर्नु तस्करी नै भएकोले त्यो क्रसर उधोग बन्द गराउनुपर्ने उनको ठम्याई छ । उनका अनुसार सो क्रसर उधोग र अबैध उत्खनन्को विषयमा आयोजनाका तर्फबाट यस अघि नै पटक पटक प्रशासन र प्रहरीलाई खबर गरेपनि राजनितीक पँहुच र मिलेमतोमै अबैध उत्खनन् भएकोले रोक्न नसकेको हो । राप्रापाका कार्यकर्ता समेत रहेका सो क्रसरका सञ्चालक बलराम खनालले पुर्ब मन्त्री समेत रहेका राप्रापाका तत्कालिन महामन्त्री बिक्रम पाण्डेको आशिर्वादमा सो क्रसर सञ्चालन गरेको एक गोप्य श्रोतले बताएको छ । श्रोतका अनुसार कम्पनिमा दर्ता लगाएतका सामान्य कागजपत्र पेश गरी नियामक निकायको आँखामा धुलो हाल्दै अबैध रुपमा क्रसर सञ्चालन गर्ने खनालले कतिपय राजनितीक र प्रशासनिक पदमा आसिन ब्यक्तिहरुलाई समेत आर्थिक प्रलोभनमा पारी प्राकृतीक सम्पदाको मनलाग्दी दोहोन गरेकाले उनको विरुद्ध प्रशासन लगाएतका सरोकारवाला निकाय मुकर्दशक भई बसेका हुन् । श्रोत थप्छ, राज्यका निकायमा बसेका कतिपय भ्रष्ट ब्यतिmहरुसँगको मिलेमतो र सेटिङ्घमै सञ्चालन र तस्करी भईरहेको हो । श्रोतका अनुसार दैनिक रुपमा दर्जनौं क्रसरले मुग्लीन हुँदै राजधानी काठमाण्डौं, पोखरा लगाएतका स्थानमा बालुवा र गिटी तस्करी भईरहेको छ । त्यतिकै सख्ँयामा टिप्पर का टिप्पर नारायणगढ, भरतपुर र टाँडीतिर अबैध तस्करी भईरहेपनि प्रशासन मौन बस्नुले थप आंशका बढेको बताएको छ । श्रोतका अनुसार कुनैपनि बाहाना र नाममा सो क्षेत्रबाट नदीजन्य पर्दाथ बाहिर लैजान नपाईने भएपनि कसरी तस्करी भईरहेको छ त ? के बिना सेटिङ्घ यो सम्भव छ ? यसरी त्रिशुलि नदीमा महिनौबाट अबैध क्रसर उधोग सञ्चालन र उत्खनन् भईरहेपनि रोक्न नसक्नुले राज्यसंयत्रकै पहँुचवालाहरुसँगको मिलेमतोमा भएकोआम आंशकालाई बल पुगेको छ ।

यसैविच गत आईतबार अबैध क्रसर सञ्चालन भएको सुचनाको आधारमा भण्डाफोर अभियानकर्मी त्यस स्थलमा पुग्दा त्रिशुली नदीको भोर्ले भन्ने स्थानमा मनलाग्दी त्रिशुली नदीबाट नदीजन्य पदार्थको ब्यापक मात्रमा उत्खनन् र ओसारपोसार भईरहेको पाईएको थियो । सो क्रममा त्यस स्थानमा रहेको क्रसर उधोगका महेश रेग्मीलगाएतका कर्मचारीसँग क्रसर उधोग सञ्चालनको अनुमतिपत्र देखाउन अनुरोध गर्दा उनिहरुले देखाउन सकेनन् । सो उधोगका सञ्चालक बलराम खनालसँग कागजपत्र रहेको भन्दै उनिहरुले कागजपत्र आफुहरुसँग नरहेको जानकारी दिए । उता बलराम खनालसँग सम्पर्क गर्दा आँफुसँग कागजपत्र रहेको जिकिर गरेपनि सो कागजपत्र देखाउन माग गर्दा उनले कुनै कागजपत्र उपलब्ध गराउन सकेनन् । उल्टै बलराम खनालका छोरा रविन्द्र खनालले विना अनुमति क्रसर उधोगको फोटो लिएकाले कानुनविपरित फोटो लिएको केशमा मुध्धा हाल्ने ध्वाँस दिन भ्याए ।
यसरी त्रिशुली नदीमा क्रसर उधोग सञ्चालन गर्ने बलराम खनालले कागजपत्र देखाउन आलटाल गर्नुले कतैं भण्डाफोर अभियानलाई प्राप्त सुचना अनुरुप त्यो क्रसर उधोग अबैध त होईन ? गम्भीर आंशका पैदा भएको छ । कतै ठुलेै मिलेमतो र राजनितीक पहँुचको आधारमा त्रिशुलीमा क्रसर उधोग चलेको त होईन ? नियामक निकायहरु सचेत भई खोजी गर्न जरुरी देखिन्छ । यता साोही स्थान नजिकबाट चितवन प्रहरीले जेसिवी सहित तीन ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
भरतपुर महानगरपालिका २९ गाइघाट स्थीत त्रिशुली नदिमा रातको १ बजे ढुङगा गिट्टी उत्खनन् गरिरहेका उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ना १ क ५५९७ नम्बरको जेसिवीसंगै ग १ त ४१६४,ग १ त ४३१८ र ना ६ त ९०८१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नियन्त्रणमा लिइएको जेसिवी,ट्याक्टर र चालकलाई प्रहरी चौकी जुगेडीमा राखिएको पाईएको छ । उत्खनन्मा संलग्नबारे अनुसन्धान भैरहेको र उनिहरुलाई कानुन बमोजिम कारवाही गरिने प्रहरीको भनाई छ । प्रहरीले अन्यलाई समाउन सक्दा किन बाताबरणीय प्रतिबेदन नै नभई अबैध उत्खनन र ओसार पोसार गर्ने खनाल र उनको क्रसर उधोगलाई छुन सकेन थप रहस्यको विषय बनेको छ । यस विषयमा हामी थप अनुसन्धान र अध्ययन गरी अबैध धन्दा बन्द गराएरै छाडनेछौं । उठान गरेको विषयलाई निचोडमा पु¥याउने हाम्रो दायीत्वलाई पुरा गरेरै छाडने हाम्रो प्रतिबद्धता छ ।