स्वास्थ्यमन्त्री स्वागत गर्न चिकित्सक गएपछि बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ओपिडी सेवा बन्द

 बिरामीको बिचल्ली

चितवन , १६ भाद्र । स्वास्थ्य संस्था भनेपछि २४ सै घण्टा खुल्नु पर्ने हो । तर, बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने जो कोही कार्वाहीको सिकार हुनुपर्छ भनी चारैतिर अभिव्यक्ति दिदै हिंड्ने उनै स्वास्थ्यमन्त्री उपेन्द्र यादव चितवन आउँदा भने यहाँको एक अस्पतालमा शुक्रबार ओपीडी र अप्रेशन सेवा बन्द नै हुन पुग्यो । हो, स्वास्थ्यमन्त्री यादव शुक्रबार प्रमुख अतिथिका रूपमा चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालको नवनिर्मित भवनको उद्घाटनका लागि यहाँ आएका थिए । अस्पताल प्रशासनले भने बिरामीको स्वास्थय प्रति कुनै ख्यालै नगरी चिकित्सक र कर्मचारीहरुलाई अनिवार्य रूपमा उक्त कार्यक्रममा सहभागी गराइयो । अस्पतालले सो कार्यक्रमका लागि भन्दैं शुक्रवार अस्पतालको ओपिडी र अप्रेशन सेवा सूचना जारी नै गरे बन्द गरेका थिए । अस्पतालको कार्यक्रम भएकोले सहभागीको संख्या बढाउन ओपीडी र अप्रेशन सेवा बन्द गरिएको अस्पताल स्रोत नै दाबी गर्छ । झन्डै तीन सय बिरामीको ओहोरदोहोर एवं भीडभाड हुने ओपिडी सेवामा शुक्रबार भने चहलपहल भएनन् भने उपचारका लागी टाढा टाढाबाट आएका बिरामी र उनका आफन्त आक्रोशित समेत भएका थिए । मन्त्री आएको भन्दैमा अत्यावश्यक सेवा बन्द गर्नु लापरबाहीको पराकाष्ठा भएको दाबी बिरामीको थियो ।

के भन्छन् अस्पताल प्रशासन रु
अस्पतालमा आकस्मिक र अन्तरंग सेवा बाहेक ओपिडी र अप्रेसन सेवा बन्द भएपछि बिरामीले पाएको दुस्खका बिषयमा हामीले अस्पतालका कार्यकारी निर्देशक डा। बिजय आचार्य समक्ष जिज्ञासा मागेका थियौंं । जवाफमा उनले अस्पतालका लागि महत्वपूर्ण कार्यक्रम भएकोले ओपीडी र अप्रेशन सेवा बन्द गरिएको भनी हास्यास्पद जवाफ दिए । त्यससँगै उनले शुक्रवारको दिन, रेडियोथेरापी नै नहुने भएकोले यसलाई बहसका रूपमा नलिइदिन आग्रह समेत गरेका थिए ।’ उनको जवाफ सुनिसके पछि हामीले अस्पतालका प्रशासकीय अधिकृत गिरीनारायण महतो सित समेत जवाफ माग्यौं । जवाफमा उनीहरु गल्ती स्वीकार्नु भन्दा पनि बहस नबनाउन आग्रह मात्रै गरिरहे ।
ब्ततबअजmभलतक बचभब