पदाधिकारी मनोमानी ढंगले चलेको भन्दै नेबिसंघ चितवन रुष्ट

आयो कडा बिज्ञप्ति

 

चितवन , १६ भाद्र । नेपाली कांग्रेस निकट भातृसंगठन नेपाल विद्यार्थी संघ चितवनमा पछिल्लो समय विवाद बढ्दै गएको छ । संघको जिल्ला कार्य समितिले जानकारी विना नै विभिन्न पदमा मनोमानी ढंगले व्यक्तिहरुको मनोनयन गरेको भन्दै विद्यार्थीहरु बीच विवाद देखिएको हो । नेविसंघ चितवनले बिना जानकारी पुर्नगठन गरिएको भन्दै ७२ सदस्यीय समिति गठन गरेको भन्दै जिल्ला सचिव सहित क्षेत्रीय सभापतिहरुले विरोध गरेका छन् । नेविसंघ चितवनका सभापति सूर्य ढकालले संगठनलाई पुर्नगठनको बहानामा आफनो अनुकुल व्यक्तिलाई मनोनित गरिएको भन्दै यो कार्यले संगठनमा आँच पुर्‍याउने विज्ञप्तिमा जनाइएको छ । लामो समय देखि विवादित रहेको चितवनको विवाद मिलाउनु पर्ने ठाउँमा झन विवाद सिर्जना गरेको भन्दै विज्ञप्तिमा यो कार्य रोक्नका लागि पार्टीलाई आग्रह समेत गरिएको छ । नेविसंघ चितवन सचिव दिपक दवाडी, क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति राजन दाहाल, क्षेत्र नम्बर ४ का सभापति बिष्णु भुजेल, नेबिसंघ नेता विकास भूषाल, सञ्जीव घिमिरे सहितको समुहले सो कार्यको विरोध गरेका हुन् । जिल्लामा नेपाल विद्यार्थी संघको विवाद उच्च बन्दै गएको छ । संघमा तीनवटा समुह स्पष्ट देखिएको छ । देशमा कम्युनिष्टहरु एक भएको समयमा काँग्रेसका शुभेच्छुक तथा भातृ संगठनहरुमा गरिएको मनोमानी प्रवृत्तिको अन्त्य गर्न विज्ञप्तिमा माग गरिएको छ । संगठनलाई विस्तार गर्दै गरेर अगाडी बढाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका सबैजना एकजुट हुनुको विकल्प नभएको भन्दै विज्ञप्तिमा नेतृत्वले जिम्मेवारी पुर्वक नेतृत्व लिने नसकेको आरोप छ । विज्ञप्तिमा चितवन नेविसंघको अध्यक्षको नाम र हस्ताक्षरमा हामीहरु समेतको नाम भनी जोडेर राजनीतिक चरित्र हत्या हुने गरी उल्लेख भएको कुरा हाल विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मार्फत सार्वजनिक गरिएको भन्दै यस कार्य प्रति ध्यानाकर्षण भएको जनाईएको छ । सो कार्यको गम्भिर आपत्ति र घोर भत्सना गर्दै विज्ञप्तिमा उक्त कार्यसमितिमा आफूहरु समावेश नहुने समेत उल्लेख गरिएको छ ।