चितवनमा एसपी राठौरको आक्रमक प्रस्तुती, तीन महिना मै गरे उल्लेखनीय कार्य


चितवन , १४ भाद्र । जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जिल्लामा जिम्मेवारी सम्हालेको बिहीबार तीन महिना बाह्र दिन पूरा भएको छ । लोभलालच अनि संँगठनबिपरित गतिविधिमा कहिल्यै अग्रसर नहुने उनै राठौर इमान्दारीपुर्वक आफ्नु कर्तव्य निर्वाह गर्ने प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । लामो समय सम्म बिकट ठाउँमा जिल्लाको प्रहरी प्रमुख भइ काम गरेको अनुभव समेत बटुलिसकेका उनै एसपी राठौर अहिले चितवन जिल्लाको प्रहरी प्रमुखको नेतृत्व गरिरहेका छन् । अन्य जिल्लाको तुलानामा चितवन जिल्लालाई नेतृत्व गर्नु अवसर र चुनौतीका रूपमा लिइने गर्छ । देशकै महानगरपालिका अनि चुनौती र संम्बेदनशिल क्षेत्रका रूपमा लिइने यो जिल्लामा आउन सोर्सफोर्स चाहिने हुन्छ । र, त्यस्ता मान्छे कम आउँछ जुन चुनौतीलाई अवसरमा बदल्ने अफिसरले काम र नाम दुवै पाएका हुन्छन् । काम नै नगर्ने अफिसरलाई गुमनाम समेत बनाएको छ चितवन जिल्लाले । प्रायस् प्रहरी अधिकृतको एउटा न एउटा सपना हुन्छ ( एकपटक चितवनमा प्रमुख हुने । एसपी राठौरले पनि त्यहीं सपना देखेका थिए र बुनेका पनि । चितवन प्रहरी प्रमुखको जिम्मेवारी पाएका उनै एसपी राठौरले कार्यभार सम्हालेको पनि आज बिहीबार तीन महिना १२ दिन पूरा गरेका छन् । सात नम्बर प्रदेश अन्तर्गतको दार्चुलाबाट सरुवा भइ चितवन आएका उनले अपराधीक गतिविधिलाई नियन्त्रणमा लिन कुनै कसुर बाँकी राखेनन् । झन्डै २१ बर्ष अगाडि प्रहरीमा जागिरमा प्रवेश गरेका उनले जिल्लामा आएपछि बितेको तीन महिनाको अवधिमा लागुऔषध दुव्र्यसनी, चोरी, गुण्डागर्दी, घरेलु तथा यौन हिंसा, तस्करी र कालोबजारी जस्ता अपराधिक गतिविधि नियन्त्रणमा लिन धेरै हदसम्म सफल भएका छन् । जिल्लामा आएपछि नै सूचना संकलन तथा विश्लेषण, नियमित पैदल तथा मोबाईल गस्ती, विभिन्न नाकाहरुमा आकस्मिक चेकजाँच, सादा पोशाकमा निगरानी, सिसि ( टिभी निगरानी लगायतका योजनाहरु कार्यान्वयनमा ल्याईएको छ । मृर्गौला तस्करी गर्ने गिरोह पक्राउ, लागुऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ, यौन धन्दा संचालन गर्नेमाथि कारवाही, जुवा तास नियन्त्रण, नदीजन्य वस्तुको अवैध उत्खनन् नियन्त्रण नदीजन्य वस्तुको वन्यजन्तु तस्करी नियन्त्रण, अवैध घरेलु मदिरा नियन्त्रण लगायतका क्षेत्रमा उल्लेखीय काम समेत गरेका छन् । पुराना तथा बदनाम घुमुवाहरुलाइ पाखा पार्दै उनले जिल्लालाई स्वच्छ र भयरहित बनाउने उद्देश्यका साथ सार्वजनिक अपराध, लागू औषध दुर्व्यसनी र चोरी जस्ता अपराध नियन्त्रण गर्न प्रोक्टिभ पोलिसिङको सिद्धान्त अनुसार ९थ्रीएस० ९सर्च, स्वीप र स्कृनिङ अप्रेशन० कार्यान्वयनमा ल्याए । यस अप्रेशनले मूख्य गरी समाजमा हुने र हुँदै गरेका सार्वजनिक अपराध, लागू औषध दुर्व्यसन, चोरी तथा पाकेटमार जस्ता पेट्टी क्राईमलाई नियन्त्रण गर्ने उद्देश्य लिएको छ । यस अभियानलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय चितवनबाट २(२ वटा मोटरसाईकल र सवारीसाधन तथा मातहतको ईकाईबाट आआफ्नो क्षेत्रहरुमा विशेष प्रहरी टोली परिचालन गरी विभिन्न कामहरु गर्न निर्देशन समेत दिएको छ । यसै क्रममा बिभिन्न अपराधहरूस् लागू औषध दुर्व्यसनी, चोरी, गुण्डागर्दी, जुवातास, घरेलु तथा यौनजन्य हिंसा, तस्करी र कालोबजारी जस्ता अपराध नियन्त्रण गर्न एचयबअतष्खभ बलम च्भबअतष्खभ एयष्अिष्लन को सिद्धान्त अनुसार घक् इउभचबतष्यल ९क्भबचअज, क्धभभउ बलम क्अचभभलष्लन इउभचबतष्यल० जेठ ४ गतेबाट नै कार्यान्वयनमा ल्याईएको र अप्रेसनलाइ सफल बनाउन सुचना संकलन तथा विश्लेषण, नियमित पैदल तथा मोबाईल गस्ती र पट्रोलिङ्ग, जिल्ला प्रवेश गर्ने नाकाहरूमा नियमित तथा आकस्मिक चेकजाँच, सादा पोशाकमा निग्रानी, शंकित व्यक्ति र स्थानको चेकजाँच र खानतलासी, रातको समयमा सादा पोशाकमा ब्mदगकजष्लन, ख्क्ष्ए, ख्क्ष्ए आवास तथा प्रतिष्ठानहरू मा विशेष सुरक्षा, बजारक्षेत्र तथा व्यबसायीक प्रतिष्ठानहरूमा नियमित ऋऋत्ख् निग्रानी, सुन्दर र सभ्य सडक निर्माणका सन्दर्भमा फुटपाथ तथा अटोरिक्सा व्यबस्थापन, म्चष्लप बलम म्चष्खभ नियन्त्रण गर्न मा।प।से। चेकिङ्ग, च्क्ऋऋ ऋजभअपष्लन ९च्यबम क्बाभतथ ऋजभअप एयष्लत ऋयलअभउत०, त्तच्त्९ त्तगष्अप च्भकउयलकभ त्भबm०, च्च्त्९ च्बउष्म च्भकउयलकभ त्भबm०, ःच्त्९ ःभमष्अब िच्भकउयलकभ त्भबm० एवम् सुरक्षा निकायहरू विच समन्वय तथा सुचनाको आदानप्रदान जस्ता कार्यहरू प्राथमिकताका साथ अघि बढाएको थियो । घक् इउभचबतष्यल ९क्भबचअज, क्धभभउ बलम क्अचभभलष्लन इउभचबतष्यल० प्रभावकारी कार्यान्वयनमा आए पश्चात हालसम्म आपाराधिक क्रियाकलापमा संलग्न तथा समाजमा बिकृती बिसंगती फैलाउने १७६४ जनालाई नियन्त्रणमा लिईएको, सो मध्ये ४५३ जनालाई बिभिन्न मुद्दा शिर्षकमा मुद्दा चलाईएको, अन्यलाई अनुसन्धान पश्चात आफन्तको जिम्मा लगाई छाडिएको तथा केहीलाई नियमित निग्रानीमा राखिएको प्रहरीको दाबी छ । त्यस्तै, अन्य इलाका प्रहरीहरुलाई आआफ्नो ईलाकाभित्र रहेको खुल्ला पार्क , जमिन, प्लटिङ गरिएका घडेरी तथा खोला किनाराको निगरानी गर्ने र शंकास्पद मानिसहरु भेटिए ुअन द स्पोर्ट्ु पक्राउ गर्न समेत निर्देशन समेत दिइसकेका छन् । जुन अहिले प्रभावकारी समेत बन्दै गएको छ भने अपराध नियन्त्रण, शान्तिपूर्ण वातावरण कायम र उत्कृष्ट व्यवस्थापन गर्न तराईको जिल्लामा चितवन सफल भएको छ । आपराधिक गतिविधिको सकेसम्म निराकरण, घटना घटिहाले तुरुन्त प्रहरी परिचालन तथा अपराधमा संलग्न जोकोहीलाई पनि कारबाही जस्ता कार्यमा चितवन प्रहरीले अब्बल नतिजा पाएको छ । चितवनको प्रहरी प्रमुखमा पदबहाल भएसँगै एसपी राठौरले सो अवधिमा विभिन्न जटिल परिस्थितका बाबजुद पनि जिल्लामा शान्ति सुरक्षामात्र कायम मात्रै राखेका छैनन् की प्रहरीको मनोबल बढाउने, जनतासँग प्रहरीलाई नजिक लैजाने र प्रहरी कार्यालयको व्यवस्थापनमा पनि उदाहरणीय काम समेत गरेका छन् । चितवन प्रहरीले जिल्लामा शान्तिसुरक्षा, अमनचैंन कायम गर्न, अपराध र दुर्घटना न्यूनीकरण गर्न र खबर संकलन गर्न विभिन्न सामाजिक जनचेतनामूलक कामहरु समेत गरेका छन् ।, जसको स्थानीयले नै खुलेरै प्रशंसा गरेका छन् । जिल्लामा गुण्डागर्दी एवं अवाञ्छित क्रियाकलाप गर्ने, शंकास्पद व्यक्ति र अपराधीक गतिविधिलाई योजनाबद्ध ढंगबाट नियन्त्रणमा लिन उनले प्रहरी परिचालन समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले आफूले गृहमन्त्रीको ८२ बुँदे कार्यक्रम अनुसार टोलटोलमा प्रहरी कार्यक्रम अन्तर्गत लागूऔषध नियन्त्रण अभियान, भयमुक्त समाजको निर्माण र जनमैंत्री प्रहरी सेवालाई अवलम्बन गरी अभियानको रुपमा सञ्चालन गरेको बताउँछन् । विशेष समय लिएर बोल्दै एसपी राठौरले प्रहरी संगठन प्रमुखबाट जारी भएको १० बुँदे प्राथमिकतालाई अक्षरशः पालना गरी निर्देशना अनुसार कार्य सम्पादन गरिरहेको बताए । सो अवधिमा कार्यालयमा दर्ता भएका मुद्दाको अनुसन्धानमा आवश्यक निर्देशन प्रदान गरेको र दर्ता भएका मुद्दाहरुमा प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याइ कार्वाही समेत गरेको उनी बताउँछन् । आफू मातहतका सम्पूर्ण प्रहरी अधिकारीको सहयोगले नै जिल्लामा शान्तिसुरक्षा कायम राख्न सफल भएको उनको जोड थियो । उनी भन्छन्, ‘प्रहरीको कर्तव्य नै जनताको शान्तिसुरक्षामा ध्यान दिनु हो । त्यसका लागि यहाँ सरुवा हुने बित्तिकै सबै प्रहरीको साथ लिएर अहोरात्र खटियौं । यहाँका आम जनता, व्यवसायी, विद्यार्थी , पेशाकर्मीले शान्तिसुरक्षाको महसूस गर्नु नै हाम्रो लागि ठूलो कुरा हो । यहाँका स्थानीयको शन्तिसुरक्षाको प्रत्याभूतिका लागि निरन्तर लागिरहनेछौं ।’ उनको यो भनाइले पनि स्पष्ट पार्दछ कि अहिले सम्म चितवनमा भित्रीएका प्रहरी अधिकृत ९ एसपी ० हरू मध्ये उनी जति ‘ लोकप्रिय ’ छन्, उनले त्यति नै ‘ उल्लेखनीय ’ काम समेत गर्न थालेका छन् । नागरिकमैंत्री प्रहरी ढाँचालाई मस्तिष्कमा मात्र होइन, व्यवहारमा नै उतार्न सीपालु एसपी राठौरले मानवअधिकारको सम्मान, कानुनी राज्यको स्थापना, कानुन कार्यान्वयन, अपराध अनुसन्धान तथा रोकथाम नै प्रहरी संगठनको मुख्य जिम्मेवारी रहेको उनी औल्याउँन्छन् । नागरिकमैंत्री प्रहरी अहिलेको आवश्यकता नै हो । त्यसैले आफू नेतृत्वको संगठनका हरेक संरचनामा जिल्लाका एसपी राठौरको स्पष्ट निर्देशन छ ( जनमैंत्री हुनु १ चितवनमा राठौरको चर्चा एसपी हुँदा मात्र होइन, संगठनका महत्वपूर्ण ठाउँको विशेष जिम्मेवारी सम्हाल्दै थियो । त्यसको निर्विकल्प निर्णयका आधारमा संँगठन हाँक्ने मौका पाएदेखि नै उनी सक्रिय रहँदै आएका छन् । काम र संँगठनका लागी जति उनी लोकप्रिय छन्, त्यति नै अपराध र अपराधीकविरुद्ध समेत उनी कठोरता रूपमा प्रस्तुत गर्ने , जुनसुकै अपराध निर्मूल पार्ने र जादुमयी योजना । जति सुरक्षाप्रति उनको चिन्ता छ त्यति नै संँगठन सुधार निम्ति चासो पनि । त्यसैले उनी आफ्नु जिम्मेवारीको कार्यकालभरी नै सेतो घोडाको दौडमा अघि बढ्ने संकेत जिल्लामा प्रवेश गरेको भोलिपल्टै देखि गरे । संगठन, समाज, राज्य, कानुन चारैतिरका अस्रेल्ल सम्बन्धलाई लयमा बाँधेर अघि बढ्ने चासो राखेका कारणले पनि उनलाई चितवनमा लिन थालिएको छ स् ‘अलर्ट एसपीु । उनको चितवनमा आगमन भएसंँगै अपराधीक तत्वहरु दुलाभित्र छिरेका छन् । फरार मानिसहरू भटाभट चौकी जागिएका छन् । लामो समयदेखि सञ्चालनमा रहेको यौनजन्य गतिविधि पुर्णतः बन्द भएका छन् । घुस दिन खोज्नेलाइ जेल नै कोचिदिएका छन् , जुवा अखडालाइ निस्तेज पारेका छन् । अनि प्रहरीतर्फस् दरबन्दीमा जान नमान्ने कर्मचारीलाई दरबन्दीमा फिर्ता गराएका छन् । बदमासी गर्नेलाई जिल्लाबाटै लखेटेका छन् । इमान्दारी प्रहरीलाई पुरस्कृत गरेका छन् भने दैनिकीजसो कर्मचारीलाई कडाइका साथ बिफ्रीङ्ग समेत गरिरहेका छन् । उनले समस्यालाई सूक्ष्म ढंगबाट जसले बुझ्न सक्यो त्यो असली नेतृत्वकर्ता हुन्छ भनेअनुसार त्यसलाई प्रमाणित गर्न आज उनले गरेको कार्यप्रगती नै उनका लागी काफी छ । बितेको तीन महिनामा झन्डै २५ शिर्षकमा विभिन्न काम राम्रो गरेर चितवनका जनताको मन जित्न सफल भएका छन् । त्यो पनि छोटो अवधिमै । चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दिपक थापाको सरुवा भएलगत्तै एसपी सुशील सिंह राठौरले गत, जेठ २ गते चितवन आउने अवसर पाएका हुन् । यससंँगै राठौरले जिल्लामा आएलगत्तै सुरक्षा मजबुत , अपराधिक गतिविधिलाइ नियन्त्रण, जिल्लाको सुरक्षा मजबुत बनाउन सधैँ आफु निरन्तर लागी परिरहने बताएका थिए । आफ्नु कार्यकाल अवधिभर निष्पक्ष रुपमा जनताको काम छिटो छरितो गर्ने अनि प्रविधीमैंत्री प्रहरी अनुसंन्धान, प्रहरी हाम्रो टोलमा, प्रहरी मेरो साथी अभियानलाई निरन्तलाई दिने , ट्राफिक नियमलाई कडाइका साथ लागू गर्ने, भन्सार चोरी पैठारी, चन्दाआतंक, टेलिफोन धम्की जस्ता जघन्य अपराध र गुण्डागर्दी तथा लागुऔषध अपराधमा लाग्नेलाई कडा भन्दा कडा कारवाही गर्ने समेत उनले बताएका थिए । प्रहरीकै सक्रियताका कारण कालोबजारी , भूमाफिया र दलालहरुको समेत अन्त्य हुँदै गइरहेको बताउदै उहाँले प्रहरी संगठन सुदृढ बनाउन विभिन्न योजना र अवधारणका साथ आफु चितवन आएको समेत सो अवसरमा जानकारी दिएका थिए । कम बोल्ने अनि काम गरेर देखाउने उनको खुवीले चितवनमा आम सर्वसाधारणको मन जित्न उनी सफल भए । अरु कार्यालय प्रमुख जस्तो केके नै गरे भन्दै पत्रकार सम्मेलन नै गरेर वाही वाही कमाउन उनी चाहदैनन् । उनै एसपी राठौरले कामको मुल्यांकन भन्दा पनि शान्तिसुरक्षा सुदृढ कसरी पार्दा ठिक होला त्यसतर्फ नतमस्तक छन् । उनलाई पर्सनालिटी मन नै पर्दैनन् । कसैले आफ्नु तारिफ गरोस् भन्ने उनी चाहदैनन् र त्यसको पक्षमा उनी छैनन् ।

एसपी राठौरसित क्राइम रिपोर्टर प्रनिश थापाले गरेको कुराकानी ।
पत्रकार स् सर्वप्रथम बधाई छ १ तपाईंको चितवन आगमनले स्थानीयको मन जित्म सफल भएको छ ।
एसपी राठौर स् धन्यवाद ११

पत्रकार स् धेरै अफिसरको एक पटक चितवनमा आगमन हुने सपना हुन्छ । तपाई यहाँ आइपुग्नुभएको छ, कसरी हेर्नुभएको छ , यो जिम्मेवारीलाई रु
एसपी राठौर स् वास्तवमा सबैले नै निगरानी गर्ने, गरेको र हेरेको जिल्लाका रूपमा लिइन्छ चितवन । पुर्वप्रधानमन्त्री , पुर्व अर्थमन्त्री एवं सम्मानिय गृहमन्त्रीको समेत गृहजिल्लाका रूपमा लिइन्छ चितवनलाई । त्यतिमात्र नभइ यो जिल्ला भएर पुर्व मेची देखी महाकालीसम्मका जनताले ओहोरदोहोर गर्ने साथै राजधानी जोड्ने प्रमुख लाइफलाइनका रूपमा चिनिएको यसक्षेत्रमा आउने प्रहरी इन्चार्जले दिएको जिम्मेवारी कसरी पुरा गर्छ । उस्को कार्ययोजना कस्तो छ रु आगामी दिनमा चितवनको शान्तिसुरक्षा कस्तो हुन्छ भनेर सबैले नियालेर हेरिरहेका हुन्छन् । यहीं कुराले गर्दा अन्य ठाँउहरुमा बस्नुभन्दा पनि यहाँ काम गर्न ठुलो चुनौतीको रूपमा रहेको छ । साथै अवसर पनि हो । यहाँ गरेको कामले प्रहरीको कार्यशैलीको मूल्यांकन हुने भएकाले यहाँ चुनौती पनि छ । अवसर पनि छन् ।
पत्रकार स् अघिल्ला प्रहरी प्रमुखले आउने बित्तिकै केही न केही गरिहाल्ने परम्परा जस्तै बनेको थियो । अव सर्वसाधारणले तपाईँ आएपछि यी कुराबाट चितवन ग्रसित हुँदैन भनेर बुझ्दा हुन्छ रु
एसपी राठौर स् निश्चित हुन्छ । मैले यहाँ केही गर्छु भनेर आएको हुँ । आज मेरो आगमनले १ सय दिन प्रवेश पाएको छ । बिभागले कहिले पठाउन्छ , थाहा छैनन् । तर, म आश्वस्त बनाउन चाहन्छु , मेरो कार्यकाल अवधिमा जिल्लाको शान्ति सुरक्षामा परिवर्तन हुन्छ । तर , काम भने परिणाम नआएसम्म देखिँदैन । अहिलेसम्म मैले जति पनि जिम्मेवारी पाएँ, सफल कार्यन्वयन गरेको छु । चितवनबासीको ढुकढुकीमा बस्न चाहन्छु , सिकायतको मौका दिन्न ।

पत्रकार स् तपाई राजनीति दौडधुपको आधारमा चितवन आउनु भएको हो रे नि रु के हो बास्तबिकता रु
एसपी राठौर स् एकदमै गलत १ यस्मा कुनै पनि सत्यता छैनन् । धेरै प्रहरीको चितवन प्रमुख बन्ने सपना हुन्छ र यसका लागि कसैले सकारात्मक प्रयास गरे होलान् , कसैले नकारात्मक प्रयास पनि । मेरो विगत र पोस्टिङलाई हेर्ने हो भने नकारात्मक प्रयास९राजनीतिक दौडधुप० गरेको छैनन् । राज्यले पनि के चाहन्छ भने चितवनमा काम गर्ने प्रहरी नै राख्न चाहन्छ । गृहमन्त्री, आइजीपिलाई म प्रति विश्वास भएको कारणले नै म यहाँ आएको हुँ ।

पत्रकार स् घुस दिनेलाई जेल कोचेपछी तपाईं झन् चर्चामा आउनु भयो नि रु
एसपी राठौर स् हो, गलत अनियमितता र कानुन उल्लंघन गर्ने कसैलाई छुट छैनन् । म आएको केही दिन बित्न नपाउदै एक जना मानिस घुस दिन मेरै कार्यकक्षमा आउनुभयो । आर्थिक सम्बन्धिको कुरा गर्दै प्रलोभनमा पार्ने कुरा गर्न थालेपछि निज लाई पक्राउ गरेर मैले कार्वाही गरेको हो । एसपी राठौरलाई प्रलोभनमा पार्ने हिम्मत जस्ले गर्छ त्यो कार्वाहीको भागीदार हुन्छ ।

तीन महिनाको अवधिमा एसपी राठौरले केके गरे रु हेर्नुहोस् १ ९ बिस्तृत बिवरण सहित ०

१० फरार २४ प्रतिवादी पक्राउ ।
ड्ड कुटपिट गरी अंगभंग मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अघिल्लो बर्षको फागुन १८ गते भरतपुर महानगरपालिका वर्डा नम्बर ७ कृष्णपुर बस्ने देव बहादुर गौतमलाई अंगभंग हुने गरी कुटपिट गरेर फरार रहेका भरतपुर महानगरपालिका वर्डा नम्बर ११ बस्ने ु नेप्टे ु भन्ने नविन गुरुङ्गलाइ असार १० गते चितवन प्रहरीले पक्राउ गरेको हो । गुरुङमाथि रत्ननगर नगरपालिका वर्डा नम्बर १० स्थित टिकौली जंंगलभित्र लगी अंगभंग हुने गरी कुटपिट गरेको आरोप लागेको छ । यसअघि सोही घट्नाका अर्का आरोपित भरतपुर महानगरपालिका वर्डा नम्बर ११ बस्ने राजन गौतमलाई प्रहरीले पक्राउ गरिसकेको र हाल उनी पुर्पक्षका लागी थुनामा छन् । गुरुङलाई आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
ड्ड सर्वाधिक खोजी सुचीमा रहेका चर्चित गुण्डा नाइके पक्राउ परेका छन् । भरतपुर महानगरपालिका ११ भोजाड बस्ने बर्ष २८ को गुण्डा नाइँके ुचन्द्रेु भन्ने राजकुमार लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो । लामामाथि विभिन्न ब्यक्तिलाई आतंकित बनाई रकम अशुल्दै होटलमा समेत खाना खाई पैसा नै नतिर्ने लगायत सर्वसाधारणलाई डर , त्रासमा पारी रकम लिदै आएको आरोप लागेको छ ।
ड्ड चोरी मुद्धाका फरार अर्का अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्दामा संलग्न रहेका भरतपुर महानगरपालिका ( ६ गीतानगर बस्ने वर्ष २४ का सुदिप बि।क।लाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई चितवन जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतले ६० हजार रुपैयाँ धरौटी माग गरेपछि सो रकम तिर्न नसक्दा वि।क। जिल्ला कारागार भरतपुर चलान भएका छन् । वि।क। गत वैशाख ८ गते भरतपुर महानगरपालिका ३ वेलचोक भगवतीमा मार्गमा रहेको पुजन श्रेष्ठको घरबाट नगद, सुनचाँदीका गरगहना लगायतका जिन्सी सामान समेत गरी जम्मा बिगो रु। ७ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल चोरी गर्ने कार्यमा संलग्न रही फरार रहेका थिए । सो धनमाल चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई यस अघि नै पक्राउ परी अदालतबाट जनही एक लाख दुई हजार रुपैयाँ धरौटी माग भएको थियो ।
ड्ड भरतपुर महानगरपालिका वर्डा नम्बर ५ बस्ने वर्ष २१ को हिमाल तामाङलाई धारिलो खुकुरी फरार गरी गम्भीर घाईते बनाउने मकवानपुर साविक हर्नामाडी गाविस ( ७ घर भई हाल भरतपुर महानगरपालिका २ बस्ने वर्ष २२ का प्रकाश दुलाल लाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका ११ स्थित बसेनी हाटबजारमा तामाङलाई ज्यान मार्ने उद्देश्यले धारिलो हतियार खुकुरी प्रहार गरी फरार भएका दुलालाई भोजाडबाट नै प्रहरीले पक्राउ गर्न सफल भएको हो । दुलाललाई ज्यान मार्ने मुद्दामा कानूनी कारवाहीको लागी चितवन जिल्ला अदालतमा बुझाईएको छ ।
ड्ड लागू औषध मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । श्रावण ८ गते प्रतिबन्धित लागूऔषध डाइजेपाम १९ एम्पुल , फेनारगन र ब्युप्रीनफ्रीन १९ ( १९ एम्पुल सहित पक्राउ परेका थिए । भरतपुर महानगरपालिका वर्डा नम्बर एक बस्ने बर्ष ३३ को राजकुमार श्रेष्ठलाई सम्मानित चितवन जिल्ला अदालतले २ बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना फैसला सुनाएपछि फरार रहेका निजलाइ प्रहरीले भाद्र ०४ गते नारायणगढको पोखराबसपार्कबाट पक्राउ गरिएको हो ।
ड्ड ज्यान मार्ने उद्योग र जवरजस्ती चोरी मुद्दामा संलग्न रहि फरार रहेका भरतपुर महानगरपालिका वर्डा नम्बर १२ बस्ने बर्ष २५ को ुकान कुहिएु भन्ने अनिल परियारलाई चितवन प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ । परियारमाथि २०७२ कार्तिक १९ गतेका दिन राती १० बजेको समयमा भरतपुर महानगरपालिका वर्डा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनलमा निती राई र जगत पुन मगरलाई कुटपिट गरी घाइते बनाउनुको साथै झन्डै ५ लाख ८ हजार ५०० रुपैयाँ बराबरको घनमाल चोरी गरेको आरोप लागेको छ । सो, चोरीमा संलग्न रहेको आरोपमा चितवन प्रहरीको विशेष टोलीले यस अघि नै दुई जनालाई पक्राउ गरी सम्मानित चितवन जिल्ला अदालतको आदेशमा आवश्यक कार्वाहीका लागी थुनामा पठाइसकेको थियो । सोही आरोपमा संलग्न अर्का एक जना अन्य आरोपित भने हालसम्म फरार रहेकोे र उनको पनि खोजीका लागी प्रहरी कडाइका साथ लागिपरेको छ ।
ड्ड प्रहरीकै विशेष टोलीले केही सार्वजनिक अपराध मुद्दामा संलग्न रही फरार हुँदै आएका भरतपुर महानगरपालिका वर्डा नम्बर २ क्षेत्रपुर बस्ने बर्ष २२ को शिबु थापालाई पक्राउ गरेको छ । पक्राउ परेका उनलाई चितवन जिल्ला प्रशासन समक्ष हाजिरी गराइएको छ । उनीमाथि समाजमा अशान्ति फैलाएको, डरत्रास देखाइ समाजलाई आतंकित पार्नुका साथै भय सृजना गरी गुण्डागर्दी गर्ने , ब्यापार ब्याबसायीमा होमिएका ब्यापारी लाई समेत निर्वाध रूपमा काम गर्न नदिइ धम्काई रकम अशुली गर्ने जस्ता गलत क्रियाक्रलाप गर्दै लामो समयदेखि फरार रहदै आएकोमा प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको थियो । घट्नामा संलग्न रहेको आरोपमा यसअघि चितवन प्रहरीले नै भरतपुर महानगरपालिका १२ बस्ने बर्ष २८ को चन्द्रे भन्ने राजकुमार लामालाई १५ हजार घरौटी तिराई छुटेकोमा अन्य २ जना भने फरार रहेको र उनीहरुको समेत खोजी कार्यलाई सशक्त रूपमा अघि बढाइएको छ ।
ड्ड साथै, बिभिन्न अपराधमा संलग्न रही फरार रहेका २४ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि चितवन जिल्ला अदालत तथा सम्बन्धित निकायमा बुझाईएको छ ।

२० लुकिछिपी गाई बेच्ने दुई मानिस पक्राउ ।
ड्ड वागीश्वरी आध्यात्मिक परिसर योगि नरहरीनाथ आश्रमद्वारा
सञ्चालित गौं संरक्षण केन्द्र देवघाटको गाई लुकाई छिपाई बेच्न लैजाने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रातीको करिब ११ बजेको समयमा वागीश्वरी गौं संरक्षणका गाई चर्न गएको समयमा देवघाटको जंगलबाट गाडीमा अनलोड गर्ने समयमा देवघाटमा खटिएका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । गाडीमा गाई लोड गरी बेच्न लैजान सहयोग गर्ने भरतपुर महानगरपालिका शारदानगरका गणेश अधिकारी र रत्ननगर नगरपालिका १२ बस्ने कामी सिंंह तामाङलाई दुई वटा गाई, २ ओटा बाच्छा र १ बाच्छी सहित प्रहरीले पक्राउ गरेको हो ।

३० लागू औषधमा संलग्न पैत्तिस मानिस पक्राउ ।
ड्ड लागूऔषध ओसारपसारमा संलग्न एक युवक सहित पाँच जनालाई चितवन प्रहरीले पक्राउ गरी आवश्यक कार्वाही प्रक्रियालाई अगाडि बढाएको छ । असार ५ गते दिउँसोको चार बजे प्रतिबन्धित लागूऔषध सहित पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वर्डा नम्बर ७ तेह्रसाल चोकबस्ने बर्ष ३३ को मनिश गुरुङ्ग लगायत छन् । प्रहरीले उनीहरुको साथबाट डाइजेपाम ३० एम्पुल , ब्युपिनफिर्न ३० एम्पुल र फेनारगन ३० एम्पुलसहित पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई लागूऔषध ९नियन्त्रण ऐन ० २०३३ अन्तर्गत मुद्दा दर्ता गरी कार्वाही प्रक्रियालाई अगाडि बढाइएको छ ।
ड्ड भरतपुर महानगरपालिका ( ३ नारायणगढ शहिदचोकबाट प्रहरीले लागूऔषध सहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा नंं।९ बस्ने वर्ष १९ का खुर्सेद अन्सारी रहेका छन् । प्रहरीले उनको साथबाट लागूऔषध नाईट्राजेपाम २९ ट्यावलेट बरामद गरेको छ । पक्राउ परेका अन्सारीलाई प्रहरीले लागूऔषध ९नियन्त्रण० ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।
ड्ड वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीको विशेष टोलीले साउन २२ गते दिउँसोको चार बजे ठूलो मात्रामा लागू औषध सहित पाँच जनालाई पक्राउ गरेको छ । शंकास्पद आधारमा रहेका उनीहरुलाई ना २४ प ११०० नम्बरको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका ३ स्थित न्यूरोडबाट लागू औषध कारोवारमा संलग्न नवलपुर जिल्ला गैंडाकोट नगरपालिका वर्डा नम्बर एक बस्ने बर्ष २४ को किरण जिसी,भरतपुर महानगरपालिका ३ बस्ने बर्ष २४ को बुद्धि गुरुङ , भरतपुर महानगरपालिका ७ कृष्णपुर बस्ने बर्ष २१ का लाल कृष्ण ढकाल, भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने बर्ष २६ का सलिम मियाँ र खैरहनी नगरपालिका १ ज्यामिरे बस्ने बर्ष १९ का अमृत आचार्य छन् । ती मध्य लालकृष्ण , सलिम र अमृतलाई प्रहरीले २६ गते पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट प्रहरीले १ सय १५ एम्पुल डाइजेपाम, १ सय १५ एम्पुल ब्युप्रिनर्फिन, १ सय १५ एम्पुल फेनारगन, १५ सय ४५ ट्यावलेट नाइट्राजेपाम, ४८ क्याप्सुल स्पास्मो प्रोक्सिभन , ११ बोतल फेन्सिडिल र ४ बोतल वाइरफसेरफ बरामद गरेको बताइएको छ । पक्राउ परेका सबैलाई साउन २३ गते नै लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रियालाइ अघि वढाइएको छ ।
ड्ड प्रहरीको विशेष टोलीले बिहीबार लागुऔषधसहित एक जना लाई भरतपुर महानगरपालिका १० विक्रममार्गबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ११ बस्ने २० वर्षीय सुवास राई रहेका छन् । प्रहरीले उनको साथबाट लागुऔषध डाईजेपाम १४४ एम्पुल, व्युप्रिनर्फिन १४२ एम्पुल र फेनारगन १४० एम्पुल बरामद गरेको हो ।
ड्ड जेठ १९ गतेका दिन राप्ती नगरपालिका वडा नं।१ महादेवटार स्थित सुरदेवी सामुदायिक वन जङ्लमा लुकाई राखेको अवस्थामा ५० किलो प्रतिबन्धित लागु औषध गाँजा फेला पारी बरामद गरेको छ ।
ड्ड जेठ २७ गतेका दिन भरतपुर महानगरपालिका वडा नं।१० स्थित बाट बी।आर।०६।पी। ०७३२ नम्बरको भारतीय टाटा सुमो गाडी र सो गाडीको ढोकाहरुमा फल्स बटम बनाई सो फल्स बटम भित्र पत्रिका र प्लाष्टिकले बेरी टेपले बाँधि बण्डल बनाई लुकाई राखेको अवस्थामा १२ बण्डलमा जम्मा तौल १९ किलो २०० ग्राम लागु औषध गाँजा बरामद गरिएको छ ।
ड्ड जेठ १८ गते जिल्ला कालिकोट भटा ४ बस्ने बर्ष २४ को भुवन अधिकारीलाई खानतलासी गर्दा निजले अबैध कारोबार गर्न लुकाई राखेको भुमिन ११,१७० ट्याब्लेट, ट्रामा ११,१००, ट्रामा ११,४२० ट्याब्लेट, औषधी बिक्री गर्नको लागी तयारी बनाएको झोला ५० थान र नगद रू।१०,०००र( फेला पारी बरामद गरी औषधी व्यवस्थापन बिभाग शाखा कार्यालय बीरगञ्जलाई बुझाईएको छ ।
ड्ड त्यस्को अलावा लागु औषध दुर्व्यसनी यस चितवन जिल्लाको मुख्य समस्याको रुपमा देखा परेको हुँदा सो लाई नियन्त्रण गर्ने क्रममा प्रतिवन्धित लागु औषध उत्पादन, खरिदबिक्री सेवन, ओसारपसार तथा संचय गर्ने कार्यमा संलग्न ३४ पुरुष र १ महिला समेत गरी जम्मा ३५ जनालाई पक्राउ गरी छुट्टाछुट्टै २४ वटा मुद्दामा कारवाही गरिएको, जसमा लागु औषध डाईजेपाम ५४० एम्पुल, व्युप्रिनर्फिन ५३७ एम्पुल, फेनारगन ५३७ एम्पुल, नाईट्राजेपाम २२५३ ट्यावलेट, स्पास्मो प्रोक्सिभन ४८ क्याप्सुल, फेन्सिडिल १२०० एम।एल , गाँजा ७६ किलो बरामद गरिएको छ ।

४। गुण्डागर्दीमा संलग्न ३७ मानिस पक्राउ ।
ड्ड समाजमा अशान्ती, डरत्रास र भय सृजना गरी गुण्डागर्दी गर्ने, व्यवसायीहरुलाई धम्क्याई रकम असुल गर्ने जस्ता क्रियाकलापमा संलग्न ३७ जनालाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिएको छ ।

५। अबैध भन्सार चोरी पैठारीमा संलग्न मानिस पक्राउ ।
ड्ड माडी नगरपालिका वडा नं।९ मा जेठ २४ गते सवारी चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याएको अनुमानित मुल्य ३,२८,००० बराबरको लत्ताकपडा बरामद गरी कार्वाहीको लागी भन्सार कार्यालय पर्सा बीरगंजमा बुझाईएको छ ।
ड्ड भरतपुर महानगरपालिका वडा नं।३ कमलनगरबाट श्रावण ५ गते भन्सार छली ल्याएको अनुमानित मुल्य ५४,९०० बराबरको लत्ताकपडा बरामद गरी कारवाहीको लागी भन्सार कार्यालय पर्सा बीरगंजमा बुझाईएको छ ।
ड्ड भरतपुर महानगरपालिका वडा नं।१ पुल्चोकबाट श्रावण २८ गते भन्सार छली ल्याएको अनुमानित मुल्य १,१५,००० बराबरको लत्ताकपडा बरामद गरी कारवाहीको लागी भन्सार कार्यालय पर्सा बीरगंजमा बुझाईएको छ ।

६० अश्लील गतिविधिमा संलग्न चार मानिस पक्राउ ।
ड्ड समाजमा बिकृती फैलाउने र गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीको विशेष टोलीले चार जनालाई पक्राउ गरेको छ । मोबाईल पसल सञ्चालनमा ल्याई अश्लील भिडियो हाली समाजलाई तंरगीत पार्ने गतिविधिमा लाग्ने दुई जना र केटीसित बस्ने भए एक रातको दस हजार रुपैयाँ पर्छ भनी नाटकीय ढंगले रकम असुल्ने बर्ष ३७ को एक महिलासहित दुई प्रहरीले पुरुषलाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वर्डा नम्बर ७ बस्ने बर्ष २४ को राज कुमार चौधरी र सोही ठाउँमा बस्ने बर्ष १९ को डेविट सिलवाल रहेका छन् । भने, मोबाईल पसल सञ्चालकद्वयको नाम प्रहरीले खुलाएको छैनन् ।

७० दुर्घटनामा उन्नतिस मानिसको मृत्यु ।
ड्ड भरतपुर महानगरपालिका वर्डा नम्बर १० हाकिमचोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्व पश्चिम लोकमार्गस्थित हाकिम चोकमा चौविसकोठीबाट टाँडीतर्फ जाँदै गरेको ग।१।ख। १९७३ नम्बरको बस र सोहीतर्फ जाँदै गरेको ना। १३। प। ६७१४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार माडी नगरपालिका–१ बरुवाकी ५० वर्षीया रक्सी मियाँ महतोको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाईते भएकी महतोको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
ड्ड भरतपुर महानगरपालिका वर्डा नम्बर २९ स्थित खहरे भन्ने स्थानमा भाद्र ६ गते दिउँसोको ३स्२५ बजेको समयमा नारायणगढबाट गोर्खा तर्फ जाँदै गरेको ना। ४। ख। ७५१३ र बिपरित दिशाबाट आइरहेको लु। १। ख। ७४०६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाइ भएको उक्त दुर्घटनामा बसका चालक गोर्खा आरुपोखरी बस्ने अन्दाजी बर्ष ४० को काजीराम योगीको मृत्यु भएको छ ।
ड्ड भरतपुर महानगरपालिका वर्डा नम्बर ९ स्थित सिताराम चोक सडकखण्डमा साउन २० गते बिहान १०स्४५ बजे गितानगर बाट भरतपुरतर्फ जाँदै गरेको ना। १। ज। ६६२५ नम्बरको म्याजिक भ्यान आफैं अनियंत्रित भइ दुर्घटना हुँदा एक जनाको घट्नास्थलमै ज्यान गएको छ । मृतकको सनाखत हुन सकेको छैनन् ।
ड्ड चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित २ नम्बर पुल नजिकै कालीखोलामा राती ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नारायणगढबाट मुग्लिङ्गतर्फ जाँदै गरेको ग। १। ख। ८२२८ नम्बरको ट्रकका चालक तनहुँ सुक्लागण्डकी नगरपालिका बस्ने ३६ वर्षीय कृष्ण ढुंगाना रहेका छन् ।
ड्ड भरतपुर महानगरपालिका ६ देवनगरको सडकमा अनियन्त्रित भई ना। २१। प। ७१८४ मोटरसाइकल आफैं दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । रातीको पौने दस बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भई त्यस्को ठिक एक घण्टापछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका ( १५ फूलबारी बस्ने विकास विकको ज्यान गएको हो ।
ड्ड भरतपुर महानगरपालिका–२१, थकालीचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । राती करीब १०ः३० बजेको समयमा ना। २०। प। १२७६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा स्थानीय ४५ र ५० वर्षीय अर्जुन श्रेष्ठको मृत्यु भएको हो ।
ड्ड इच्छाकामना गाँउपालिका ५ मा पर्ने ३ नम्बर पुलमा काठमाडौँ बाट नारायणगढतर्फ जादैँ गरेको बा ६२ प ३७०४ नम्बरको मोटरसाइकल विहान ७ बजे पुलको रेलिङमा ठोक्किएर भएको दुर्घटनामा २ जनाको मृत्यु भएको हो । मोटरसाइकलमा सवार अन्दाजी २५र३० बर्षका दुईजना युवक पुलबाट करिब १ सय मिटर तल खोलामा खस्दा डडेल्धुरा गणेशपुर वर्डा नम्बर ६ बस्ने बर्ष २२ को अभिषेक मल्ल सहित दुई जनाको ज्यान गएको हो ।
ड्ड इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारको पानीधारास्थित सडक खण्डमा असार १ गते बिहान ७ बजेर ३० मिनेट जाँदा माईक्रो बस र ट्रक एक आपसमा ठोक्किई करिब ५०० मिटर तल त्रिशुली नदीमा खस्दा चार जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्ला तनहुँ दमौली बस्ने रबिन्द्र रोक्का , जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वर्डा नम्बर ३२ बस्ने बर्ष ८१ को मान बहादुर गिरी लगायत छन् । माइक्रोका बस चालक कास्कीको रुपाकोट–८ बस्ने वर्ष ३३ का चन्द्र केसीको
उपचारका लागी भरतपुर अस्पतालमा ल्याउने क्रममा ज्यान गएको हो । काठमाडौंबाट नारायणगढ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं जाँदै गरेको ग १ ख ७६९२ नम्बर माईक्रो बस एक आपसमा ठक्कर खाएर उक्त दुर्घटना भएको हो ।
ड्ड इच्छाकामना गाउँपालिका वर्डा नम्बर ५ स्थित स्याउली बजार मा भारतीय ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । राती करिब १० बजेको समयमा मुग्लिङ्गबाट नारायणगढतर्फ आउँदै गरेको यूपी २२ टी–८४४७ नम्बरको भारतीय ट्रकले ठक्कर दिदा दैलेखका ३५ वर्षीय पैदलयात्री जीवन सुनारको मृत्यु भएको हो ।
ड्ड भैरहवाबाट सिमेन्ट लिएर काठमाडौंका लागी छुटेको ना।५।ख ३४१५ नम्बरको ट्रक राती सडकबाट ९० फिट तल त्रिशूलीमा खस्दा सिन्धुपाल्चोक, बाह्रबीसे बस्ने बर्ष २७ को ट्रक चालक २७ वर्षीय टोपबहादुर श्रेष्ठको शव फेला परेको छ । अकस्मात ब्रेक लगाउँदा ट्रक ३ वल्ड्याङ्ग खाएर त्रिशुलीमा खसेको हो ।
ड्ड राप्ती नगरपालिका वर्डा नम्बर ११ थाकलटार भन्ने स्थानमा जेठ १० गते राती २१स्४५ बजेको समयमा ना ।६। त १९५४ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा ट्याक्टरमा सवार चालक सोही नगरपालिकाको वर्डा नम्बर ११ बस्ने बर्ष ६३ को हरिलाल सिङ्ग्ताङ्गको घट्नास्थलमै मृत्यु भएको ।
ड्ड भरतपुर महानगरपालिकाको फोहर उठाउने ना।२।त। ३६६१ नम्बरको ट्र्याक्टरको ठक्करबाट भरतपुर महानगरपालिका १० सिनर्जी रोडमा मोटरसाइकल चालकको मृत्यु भएको छ । ना। ५३। प। ९७८६ नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४ बस्ने १८ वर्षीय पारस खत्रीको मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ड्ड रत्ननगर नगरपालिका वर्डा नम्बर १० भानुचोकस्थित पुर्व पश्चिम् राजमार्गमा साउन २२ गते राती अन्दाजी ११स्०० बजेको समयमा पुर्वबाट पश्चिम् तर्फ जाँदै गरेको ना। ५। ख। ५९४१ नम्बरको ट्रक र काठमाडौंंबाट काकडभिट्टा तर्फ जाँदै गरेको ना। ६। ख। १७४१ नम्बरको मकालु यातायात एक आपसमा ठक्कर खाइ भएको दुर्घटनामा चार जनाको ज्यान गएको छ । ज्यान जानेमा ट्रकका सहचालक जिल्ला रौतहट चन्द्रपुर वर्डा नम्बर २ बस्ने बर्ष ३० को बुद्धिमान लामा , ट्रकका चालक जिल्ला रौतहट चन्द्रपुर वर्डा नम्बर २ बस्ने बर्ष ३२ को मोहन घिसिङ , जिल्ला ताप्लेजुङ फुङ्गलीङ नगरपालिका वर्डा नम्बर १ बस्ने बर्ष ४२ को तारा बराल , जिल्ला काठमाडौंं थानकोट ३ बस्ने बर्ष ४८ बिष्णु प्रसाद थापा रहेका छन् ।
ड्ड स्कुल बसबाट ओर्लने क्रममा भाद्र ८ गते तीन वर्षीया बालिकाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका ४, भोकाहामा रहेको बुद्धज्योति बोर्डिङ स्कुलमा अध्ययनरत नुमा लामाको मृत्यु भएको हो । सो विद्यालयले एक दिनको लागि भाडामा लिएर विद्यार्थी बोक्न प्रयोग गरेको ना।३ ख।६११४ नम्वरको बसले किचेर रत्ननगर नगरपालिका ६ की ३ बर्षीय बालिका नुमा लामाको मृत्यु भएको हो ।
ड्ड चितवनको त्रिशुली नदीमा बस खसेर भएको दुर्घटनामा एक बच्चासहित सात जनाको मृत्यु भएको छ । काठमाण्डौंबाट पोखरातर्फ जाँँदै गरेको ना। ६। ख। २५०६ नम्बरको बस बिहान ११स्५० बजे इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुलीमा खसेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको हो । सडक छेउमा धोएर निकाल्दै गरेको ना। ५। ख।७४०९ नम्बरको ट्रकले बसलाई ठक्कर दिदा बस सय मिटर तल त्रिशुलीमा खसेको थियो ।

८० प्रहरीलाई घुस दिन दिने एक मानिस पक्राउ ।
ड्ड प्रहरीलाई प्रलोभनमा पारी गैरकानुनी क्रियाक्रलापमा संलग्न हुन खोज्ने एक युवक प्रहरी नियन्त्रणमा आएका छन् । समाजलाई बिकृती बनाई नकारात्मक दिशातर्फ केन्द्रित पार्ने र मानिसलाई घरबारबिहिन नै बनाउने स्थितीमा पुर्‍याउने जुवातासबारे सही सूचना दिई सहयोग गर्नुपर्नेमा जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख शुशील सिंह राठौरको कार्यकक्षमै आइ रकमको मोलमोलाइ गरी गैरकानुनी गतिविधिलाई प्रोत्साहन गर्ने भरतपुर महानगरपालिका ११ गणेशस्थान बस्ने बर्ष ४० को बोध बहादुर पौडेललाई पक्राउ गरी आवश्यक रूपमा कार्वाही प्रक्रियालाई अगाडि बढाइएको हो ।
ड्ड बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २५र३० वर्षीया महिला रहेको प्रहरीले जनाएको छ ।राजविराजबाट काठमाडौँ जाँदै गरेको ना ५ ख १५६२ को बसले आज बिहान २ः३० बजे भरतपुर महानगरपालिका १ रामनगरमा महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा बिहान ५ः२० बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । महिलालाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।

९० चोरीमा संलग्न चार मानिस पक्राउ ।
ड्ड चोरीमा संलग्न एक महिला पक्राउ परेकी छिन् । मकवानपुर आग्रा गाबिस ७ स्थायी घर भइ हाल ऐ । थाहा नगरपालिका वर्डा नम्बर ७ बस्ने बर्ष ३२ कि शोभा भन्ने सरिता बि। क। लाइ शंसकित अवस्थामा साउन ११ गते काठमाडौंंको थानकोटबाट फेला पारी अनुसन्धान गर्ने क्रममा निजले विभिन्न मितिहरुमा अन्दाजी ३५ लाख एक हजार ७०२ रुपैयाँ बराबरको चोरी गर्दै आएको फेला परेको हो । चोरीमा संलग्न बि।क।लाई छुट्टाछुट्टै पाँच वटा घट्नामा मुद्दा चलाइएको प्रहरीले बताएको छ ।
ड्ड लामो समयदेखि मोबाईल चोरीमा संलग्न जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वर्डा नम्बर ७ बस्ने बर्ष १९ को सुरज परियारलाई साउन २२ गते चितवन प्रहरीले पक्राउ गरेको छ । चितवन मेडिकल कलेजको अस्पतालमा बिरामी कुरुवाको सिक्री चोरी गरी भाग्दै गरेको अवस्थामा निजलाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनी माथि भरतपुरका आधा दर्जनभन्दा बढी सहकारीमा भएको लुटपाटमा समेत संलग्न रहेकोले थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
ड्ड भरतपुर महानगरपालिका वर्डा नम्बर १ स्थित नारायणगढमा रहेको हाम्रो इलेक्ट्रोनिक पसलमा चोरी गर्ने गिरोहलाइ प्रहरीले पक्राउ गरेको छ । असार २९ गते बिहान ४ बजे उक्त पसलबाट ४५० थान घडी तथा ६० थान मोबाईल अनुमानित बिगो अन्दाजी ३० लाख ८० हजार रुपैयाँ बराबराको धनमाल चोरी गर्ने भारत मोतिहारी पुर्वी चम्पारण जिल्ला झारखोर थाना अन्तर्गतको घोडासहन बस्ने अन्दाजी बर्ष २९ को मुन्ना शाहलाई प्रहरीले पक्राउ गरेको हो । तीन नम्बर प्रदेश प्रहरी , चितवन जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालय सिम्रौनगढको संयुक्त टोलीले असार १९ गते भारत मोतिहारी पुर्वी चम्पारण जिल्ला झारखोर थाना अन्तर्गतको अठमोहन भन्ने स्थानबाट चोरीमा संलग्न शाहलाइ भारतको झारखडबाट पक्राउ गर्न सफल भएको छ । निज अभियुक्तलाई भारतको घोडासहनले मुद्दा दर्ता गरि आवश्यक रूपमा अनुसन्धान गरिरहेको र उनलाई नेपाल ल्याउने तयारी समेत भइरहेको ।
ड्ड भरतपुर महानगरपालिका वर्डा नम्बर १० चौबीसकोठीमा रहेको बिश्वास एन्ड कम्पनीमा कार्यारर्त कर्मचारी नवलपरासी गैंडाकोट नगरपालिका वर्डा नम्बर ४ कुसुम चोक बस्ने बर्ष ३५ को अर्जुन ढकाललाई कार्यालयले जेठ ६ गते २३ लाख २५ हजार रुपैयाँ दिई जम्मा गर्न पठाएकोमा उक्त रकम जम्मा नै नगरी फरार भएकोमा चितवन प्रहरीको बिशेष टोलीले ईलाका प्रहरी कार्यालय धरानसंग समन्वय गरी खोजतलास गर्ने क्रममा
असार १४ गते सुनसरी जिल्लाको धरानबाट पक्राउ गरी उनको साथमा रहेको उक्त रकम समेत बरामद गरी आवश्यक कार्वाहीका लागी पुनः ईलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाइएको ।

१०० प्रहरी नै असुरक्षित , आक्रमण गर्ने तीन पक्राउ ।
ड्ड बिप्लव नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लाल बहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले हानेको इँट्टा र ढुङ्गा लागी प्रहरी जवान इस्युँ मियाँ धोबी सामान्य घाइते भएका हुन् । घट्नालगत्तै बिसी भाग्न सफल भए पनि उनका अंगरक्षक वीर बहादुर तामाङलाई पक्राउ गरिएको थियो ।
ड्ड समाजलाई स्वच्छ र भयरहित बनाउन दिनरात ओहोरात्र खटिने प्रहरीलाई सम्मान गर्नुपर्नेमा चितवनमा भने मदिरामा लठ्ठ परेका दुई उच्छृङ्खल ब्यक्तिले प्रहरीमाथि दुब्यबहार गर्दै जाइलागेका छन् । अपराधरहित समाज बनाउन गस्तीमा खटिएका प्रहरीमाथि दुब्यबहार गर्ने दुई जना युवाहरू चितवन प्रहरीको फन्दामा परेका हुन् । प्रहरीलाई दुब्यबहार एवं आक्रमण गर्ने भरतपुर महानगरपालिका वर्डा नम्बर २३ बस्ने बर्ष ३१ को गोपाल रम्तेल र भरतपुर महानगरपालिका वर्डा नम्बर ११ प्रगतीटोल बस्ने वर्ष ३२ को उमेश गुरुङ रहेका छन् । पक्राउ परेका मध्य रम्तेलले मादक पदार्थ सेवन गरी प्रहरी बिट कृष्णपुरको भवनमा ढुङ्गा प्रहार गरेका थिए भने गुरुङले मादक पदार्थ सेवन गरी भरतपुर महानगरपालिका ११ भोजाडचोकमा गस्तीमा खटिएको प्रहरी माथी हातपात गरेका थिए । पक्राउ परेका उनीहरु दुवैजनालाई केही सार्वजनिक ९अपराध र सजाय० ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।

११० साँढे १४ सय अबैध घरेलु मदिरा नष्ट ।
ड्ड वर्डा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको ९ सय ५० लिटर घरेलु मदिरा र १८ लिटर मदिर बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको छ । जेठ ९ गते भरतपुर महानगरपालिकाको बाह्रघरे, आँपटारी, बसपार्क र भोजाड क्षेत्रमा छापा मारेर नियन्त्रणमा लिइएको मदिरा र कच्चा पदार्थ नष्ट गरिएको हो । मदिरासंँगै उत्पादन गर्न चाहिने १२ थान उपकरण, २ सय २० थान ड्रम बरामद गरिएको छ ।
ड्ड ईलाका प्रहरी कार्यालय भण्डाराले साउन २१ गते राप्ती नगरपालिकाको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएको अवैध घरेलु मदिरा नष्ट गरेको छ । राप्ती नगरपालिकामा चेपाङ र तमाङ्ग समुदायको बाहुल्यता रहेको वर्डा नम्बर १, २ , ३ , ६ , ७ र ८ लगायतको स्थानहरुबाट नियन्त्रणमा लिइएको करिब ८ सय लिटर तयारी मदिरा र १ हजार ५ सय लिटर कच्चापदार्थ प्रहरीले नियन्त्रणमा लिएको र राप्ती नगरपालिकाका उप प्रमुख इमानसिहं लामा र वडा अध्यक्षहरुको रोहवरमा नष्ट गरिएको हो ।

१२० जिउँदो सालकसहित दुई जना पक्राउ ।
ड्ड प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली र इलाका प्रहरी कार्यालय मुग्लिङको संयुक्त टोलीले जिउँदो सालकसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको ईच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिङ्ग बजारबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाल्पा जिल्लाको बगनास गाउँपालिका( ३ बस्ने ३५ वर्षीय प्रेमबहादुर थापा र गोरखा आरुघाट गाउँपालिका – ६ बस्ने २८ वर्षीय टेकबहादुर गुरुङ रहेका छन् । मुग्लिङ बजारको बाटो हुँदै सालकको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले चेकजाँच गर्दा उनीहरू सालकसहित पक्राउ परेको हो । पैदल हिडिरहेका बेला प्रेमबहादुर थापाले पछाडि भिरेको झोलामा उक्त सालक फेला पारिएको हो । गोरखा जिल्लाको छेपेटार भन्ने स्थानबाट सालक ल्याई बेचबिखनको लागि काठमाडौंतर्फ लैजान लागेका बेला सालकसहित उनीहरू पक्राउ परेका हुन् । सालक र पक्राउ परेका दुवैलाई आवश्यक कानुनी कारवाहीको लागी इलाका वन कार्यालय मुग्लिङमा राखिएको छ ।

१३० सादा पोशाकको प्रहरी बताइ बलात्कार गर्ने दुई मानिस पक्राउ ।
ड्ड आफुुुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सादा पोशाकका प्रहरी बताउने दुईजना युवाहरुले कालिका नगरपालिकाको पदमपुुुरका एक महिलालाई बलात्कार गरेका छन् । भने , उनका श्रीमानलाई निर्घात कुटपिट गरेका छन् । आफुलाई घुमुवा प्रहरी बताउने ती युवाले राती घरमा सुतीरहेको अवस्थामा आफ्ना श्रीमानलाई एउटा घटनाको अनुसन्धानको सिलशिलामा लिन आएको भन्दै केही पर लगी कुटपिट गरेर बाटोमा नै छाडी पुनः पिडित महिलाको घरमा गइ तेरो श्रीमान भाग्यो, अब त हामीसँग ईलाका प्रहरी कार्यालय टाँडी जानुपर्छ भन्दै पिडित महिलालाई मोटरसाइकलमा हाली कालिका नगरपालिका वडा नम्बर २ थाङ्गखोला जंगलमा लगेर बलात्कार गरेका हुन् । घटनालगत्तै फरार भएका कालिका नगरपालिका वडा नम्बर ३ बस्ने २३ बर्षीय प्रितम थिङ्गलाई प्रहरीले पक्राउ गरिएको छ भने,अर्को एक युवकको खोजी कार्य तीब्र पारिएको र पक्राउ परेकालाई जबरजस्ती करणीको मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

१४० बिप्लव कार्यकर्ता प्रति चितवन प्रशासन आक्रमक । ९ १६ प्रहरी नियन्त्रणमा ०
ड्ड आफ्ना पार्टी प्रबक्ता खड्क बहादुर बिश्वकर्मालाइ गैरन्यायिक ढंगले हिरासतमा राखेको भन्दै घोषित एक दिने नेपाल बन्दका क्रममा उच्छृङ्खल गतिविधि देखाउने एक दर्जनभन्दा बढी शंकास्पद ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । नेपाल बन्दको पुर्व सन्ध्यामा राती १२ बजेदेखी विहान ४ बजे सम्मको चार घण्टाको अवधिमा शंकास्पद गतिविधि गर्ने एक दर्जनभन्दा बढीलाई जिल्लाको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले ढुङ्गा, लाइट सहित समातिएको र निजहरूउपर आवश्यक अनुसन्धान भइरहेको ।ड्ड नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिस्ट पार्टी निकटको अखिल क्रान्तिकारी चितवन जिल्लाका अध्यक्ष रमेश लामिछानेलाई प्रहरीले रत्ननगरबाट पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लामिछानेलाई केही दिन अगाडि पुर्वी चितवनको शक्तिखोरमा स्काभेटरमा आगो लगाएर नष्ट गरेको अभियोगमा प्रहरीले खोजी सुरु गरेको थियो ।
ड्ड बिप्लव नेतृत्वको अखिल ९क्रान्तिकारी० का चितवन जिल्ला सचिव प्रविन लामालाई रातीको ८ बजे भरतपुरस्थित पिपलचोकबाट प्रहरीले पक्राउ गरेको छ ।
ड्ड हिंसात्मक गतिविधिमा संलग्न बिप्लव माओवादी खोजी गर्ने क्रममा जेठ २६ गते बेलुकी भरतपुर महानगरपालिका वर्डा नम्बर ९ शरदपुरस्थित चोकमा उनी सवार ना ५ प ८९३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडी सवार बिप्लव माओवादीका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाइ प्रहरी जवान इस्युँ मियाँ धोबीले नियन्त्रणमा लिएपछि उनका अंगरक्षक मोटरसाइकल चालक जिल्ला भरतपुर महानगरपालिका वर्डा नम्बर २१ कृष्णचोक बस्ने बर्ष २४ को वीर बहादुर तामाङले ड्युटीमा खटिएका प्रहरी जवान धोबीलाइ हातपात एवं दुब्यबहार गर्दै घट्नास्थलमा रहेको इट्टाले प्रहार गरी घाइते बनाइ फरार भएकोमा पछि पुनः उनी लुक्न सक्ने सम्भावित क्षेत्रमा खोजी गर्दा फेला परेको । उनको साथबाट प्रहरीले लालबहादुरले प्रयोग गर्ने झोला फेला पारेको । उनको झोलाबाट प्रहरीले ल्यापटप स् १ थान , नगद स् ९५ हजार ७० , मोबाईल स् ५ थान , एक्स्ट्रा सिम स् ३ थानका साथै , बिप्लव माओवादीको विभिन्न कागजपत्र साथै दस्तावेजहरु समेत फेला परेको । पक्राउ परेका गुरुङ यसअघि २०७४ ( ०९ ( ३० गते जिल्ला भरतपुर महानगरपालिका वर्डा नम्बर २१ कि कृष्णमाया थापाको निर्माणाधीन घरमा काठपातको आगो लगाइ क्षति पुर्‍याएको मुद्दामा फरार रहदै आएको प्रतिवादी हुन् ।
ड्ड बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पश्चिम ताम्सालिङ ब्युरो सदस्य तथा चितवन जिल्ला सेक्रेटरी धुर्व खड्का, कार्यकर्ताद्वय राम सेढाँई र नवराज गुरुङलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु मध्यान्न १२ बजे जिल्लाको चेतनाभिलेजबाट पक्राउ परेका हुन् । उनीहरु अवाञ्छित गतिविधिमा संलग्न रहेको भन्ने गुनासोका आधारमा प्रहरीले पक्राउ गरिएको बताएको छ । ९ आवश्यक कार्वाही पश्चात् बिप्लव कार्यकर्ताहरूलाई प्रहरीले रिहाई गरिसकेको छ ०

१५० दस जना जुवाडे पक्राउ ।
ड्ड भरतपुर महानगरपालिका वडा नं ३ स्थित लंकूमा रहेको एक घरबाट प्रहरीले साउन १९ गते लुकेर तास खेलिरहेको भन्ने बिशेष सुराकीको आधारमा नगद ५१ हजार ३५० सहित पाँच जना जुवाडेलाइ पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूलाई जुवा ऐन–२०२० अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।
ड्ड रत्ननगर नगरपालिका वर्डा नम्बर १५ माधवपुरबाट साउन १५ गते जुवातास खेल्ने ५ जनालाई पक्राउ गरी जुवा खेल्ने प्रयोग भएको तास र नगद रु।३५२५र( ९तीन हजार पाँच सय पच्चीस रुपैयाँ० समेत बरामद गरी जुवा ऐन ( २०२० अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कारवाही गरिएको छ ।

१६० हत्याको अभियोगमा दुई महिला पक्राउ ।
ड्ड पुर्वी चितवनको कालिका नगरपालिका वडा नं। ६ सूर्यपुर सुन्दरवस्तीकी एक महिला आफ्नै छोरीलाई मारेको अभियोगमा पक्राउ परेकी छन् । असार ८ गते शुक्रबार कक्षा ९ मा अध्ययनरर्त आफ्नै १४ वर्षीया छोरी ममता परियारलाई घाँटी थिचेर मारेको आरोपमा प्रहरीले बर्ष ३५ को आमा शोभा परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
ड्ड चितवनको माडीमा श्रीमतीको पिर्का प्रहारबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका –३ सिमराका ५५ वर्षीय गंगाराम चौधरी रहेका छन् । खेतमा भैँसी चराएर दिउँसो साँढे १ बजे घरमा खाना खान आएको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ परेकी उनको ४७ वर्षीया श्रीमती कुल्मती चौधरीले आफ्नै श्रीमान गंगारामलाइ टाउकोमा पिर्का प्रहार गरेकी थिइन् । पिर्का प्रहारबाट गम्भीर घाइते गंगारामको बघौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । श्रीमती प्रहरी नियन्त्रणमा छिन् ।

१७० मृगौलाको तस्करी गर्ने पाँच जना मानिस पक्राउ ।
ड्ड चितवनमा स्वास्थ्य सम्बन्धी विभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय भरतपुरले असार २५ गतेबाट ७ जनाको टोली बनाई मेडिकल रेस्पोन्स टिम बनाएकोमा सोही टिमले मृर्गौला तस्करी गर्ने पाँच जना गिरोहहरुलाई पक्राउ गर्न सफल भएको हो । मृगौलाको तस्करी गर्ने नुवाकोट पन्चकन्या गाउँपालिका वडा नं।४ बस्ने वर्ष ४१ का हरि परियार भन्ने दुर्गा बहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका–४ बस्ने वर्ष ३५ का बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका वडा नं।५ बस्ने वर्ष २८ को प्रकाश तामाङ, मोरङको साविक बयरबन गाविस–६ बस्ने वर्ष ३४ का दिपक लिम्बु र रसुवाको उतरगया गाउँपालिका वडा नं।३ बस्ने वर्ष २८ का विशाल नेपाली रहेका छन् । मृर्गौला समूहका बिक्रम पहरी, प्रकाश तामाङ र दिपक लिम्बुलाई यहीं साउन १ गते चितवन बाटै , दुर्गाबहादुर दर्जीलाई सोही दिन काठमाण्डौंबाट र बिशाल नेपालीलाई साउन ४ गते रसुवाबाट प्रहरीले पक्राउ गरेको हो । ” पक्राउ परेका निज व्यक्तिहरु उपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी बिस्तृत अनुसन्धान भईरहेको बताए ।

१८० डुबेर पाँच मानिसको मृत्यु ।
ड्ड चितवनको इच्छाकामना ३ चुम्लिङटारस्थित सिद्धार्थ होटलको स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । होटलमा स्वीमिङ खेल्ने क्रममा डुबेर काठमाडौ जिल्लाको तारकेश्वर नगरपालिका ११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको हो । रातको करिव ९ बजे नुहाउने क्रममा पानीमा डुवेर बेहोस भएका उनको कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा करिव ११ बजे मृत्यु भएको छ ।
ड्ड रत्ननगरको टिकौली सिंचाई गेटमा एक युवा मृत अवस्थामा फेला परेका छन् । मृतकको पहिचान भइसकेको छैन । पानी नियन्त्रणका लागि बनाइएको वालमा उतानो परेर सुतिरहेको अवस्थामा स्थानीयले देखेका थिए ।
ड्ड माछा मार्ने क्रममा डुबेर एक महिलाको बिहीबार ज्यान गएको छ । भरतपुर महानगरपालिका ८ देवघारी तालमा माछा मार्ने गएकी हर्क बहादुर कुमालको श्रीमती अन्दाजी ५० र ५५ बर्षकी चुकमाया कुमाल भन्ने जोखनी दराइको ज्यान गएको हो । सुकुम्बासी टोलमा बस्दै आएकी कुमाल बिहान ७ बजे माछा मार्ने भनी घरबाट हिंडेको र दस बजे पोखरीमा तैरिरहेको अवस्थामा उनको शव फेला परेको हो ।
ड्ड भरतपुर महानगरपालिका–१ देवघाटमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ बुढानिलकण्ठ निवासी २७ वर्षीया संगीता भण्डारी रहेकी छिन् । उनको साँझ ६ः४० बजे देवघाटको नारायणीतर्फ नदीमा डुबेपछि उद्धार गरी भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो ।
ड्ड नारायणी नदीमा एक पुरुषको शव फेला परेको छ । दिउँसोको अन्दाजी ४ बजे अन्दाजी ४०र४५ वर्षको पुरुष बग्दै गरेको अवस्थामा फेला परेको हो ।

१९० बलात्कारमा संलग्न १० मानिस पक्राउ ।
ड्ड भरतपुर महानगरपालिका १ घर भएकी वर्ष १५ की एक किशोरीलाई बलात्कार प्रयास गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारमा परेकी पीडित आफैँले गएको साउन २ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएपछि प्रहरीले सोही स्थानका ३० वर्षीय युवकलाई सोही दिन नै पक्राउ गरेको हो ।
ड्ड जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा भएको बालिका बलात्कारमा संलग्न पाँच जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ । गएको साउन ३० गते १७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा १७ बर्षिया एक बालक सहित नवलपरासी गैंडाकोट नगरपालिका–४ का २१ वर्षीय युवराज सारु मगर, गैंडाकोट–२ का १९ वर्षीय सैन्थील धिमाल, चितवन भरतपुर महानगरपालिका–११ का २० वर्षीया आकाश थापा र भरतपुर महानगरपालिका–२९ का ३५ वर्षीय अर्जुन विकलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाबाट गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा आकाश थापा म्याजिक भ्यानका चालक हुन् । १७ वर्षका किशोर समेत सोही भ्यानका अर्का सहचालक हुन् । पीडित किशोरीसँग सहचालकको सामान्य चिनजान मात्रै रहेकोमा उक्त दिन चालक थापा र सहचालक मिलेर किशोरी लाई नारायणगढ पुलचोक पुर्‍याइदिने भन्दै दिउँसोको तीन बजे आफ्नु म्याजिक भ्यानमा चढाएका थिए । ‘तर पुलचोक पुर्‍याउनुको साटो अनेक बाहना बनाइ दिनभर डुलाइ रात परेपछि भरतपुर महानगरपालिका –११ को एउटा कारखानाको आडमा लगेर सामूहिक बलात्कार गरेको भन्ने उजुरी पीडितका तर्फबाट परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
ड्ड साउन ३१ गते माडी नगरपालिका–३ बघौडाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय रामप्रताप महतो र २४ वर्षीय नवराज महतोलाई पक्राउ गरेको छ । किशोरी रातको समयमा घर जाँदै गरेको अवस्थामा मोटरसाइकल चढेर आएका रामप्रताप र नवराजसँग भेट भएको थियो । भेटका क्रममा उनले ‘पैदल जानुको साटो म मोटरसाइकलमा घर पुर्‍याइदिन्छु भनी रातको समयमा एकान्त ठाउँमा लगेर पुर्‍‍‍‍‍याइ दुईजनाले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । उनीहरु विरुद्ध थप अनुसन्धान भइरहेको छ

२०० अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने तीन मानिस पक्राउ ।
ड्ड चितवन प्रहरीले जिल्लाबाट अन्तराष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने तीन जना युवाहरूलाइ केन्द्रीय अनुसन्धान व्युरोको सहयोगमा पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१० रिजालचोक नजिकमा रहेको नारायण पौडेलको घर भाडामा लिइ नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रुपमा अन्तराष्ट्रिय आगमन कल बाईपास ९ख्इक्ष्ए० गरिरहेको भन्ने विशेष सुराकीको आधारमा चितवन प्रहरीले भरतपुर महानगरपालिका –२२ का २२ वर्षीय सुनिल अधिकारी, रुपन्देही तिलोत्तमा नगरपालिका–११ का ३१ वर्षीय विजयी गुरुङ, सोही स्थानका ३२ वर्षीय मिनप्रसाद रिजाललाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट विभिन्न १४ प्रकारका उपकरणहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई दुरसंचार सेवा ऐन २०५३ अन्तर्गत हालसम्मकै धेरै बिगो दाबी गरिएको यस मुद्दामा कुल बिगो रकम १७ करोड ९५ लाख २० हजार रूपैयाँ रहेको छ । उनीहरुमाथि दूरसञ्चार ऐन २०५३ अन्तर्गत मुद्दा दर्ता गरी मुद्दा चलाइएको छ ।

२१० अबैध बिषादी सहित तीन मानिस पक्राउ ।
ड्ड पुर्वी चितवनको रत्ननगरबाट अबैध बिषादी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रत्ननगर ९ का स्थानीयलाई स्वीकृत नभएको बिषादी बिक्रीबितरण गरिरहेको अवस्थामा शिवशक्ती बायो प्लान्टेक प्रालिका शसिधर गुप्ता, काली बहादुर बुढा र नविन पाठकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट २ सय २५ प्याकेट धात्री ,१५० बोतल जिल र १५० प्याकेट धनराज नाम गरेको बिषादी र भाडाको गाडी समेत बरामद गरेको छ ।

२२० अबैध ढुंगा, गिट्टी र बालुवाको उत्खनन गर्ने सवारी साधन प्रहरी नियन्त्रणमा ।
ड्ड चितवनको लोथर खोलानालाहरुमा अबैध ढुंगा , गिट्टी र बालुवाको उत्खनन गर्ने सवारीसाधन प्रहरी नियन्त्रणमा परेका छन् । चेनवाला स्काभेटर हालेर अबैध रूपमा खोलाजन्य पर्दार्थको उत्खनन गर्ने कार्यमा संलग्न रत्ननगर नगरपालिका १ बस्ने रमेश कोइराला र खैरहनी नगरपालिका १० बस्ने लक्ष्मण बर्तौलाले नम्बर नखुलेको दुई वटा स्काभेटर , रत्ननगर नगरपालिका ५ बस्ने रमेश भुजेल समेतलाई लोड गरेको ना। ६। प। ५५०९ नम्बरको एउटा ट्याक्टर , भरतपुर महानगरपालिका वर्डा नम्बर ७ बस्ने निमा लामाको साथबाट ना। ६। प। २२७५ नम्बरको एउटा ट्याक्टरलाइ पक्राउ गरेर ईलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा राखिएको छ भने, सवारी चालक र सवारीसाधनलाई जिल्ला समन्वय समितिलाई जिम्मा लगाइएको छ ।

२३० यात्रुलाई दुस्ख दिने १९ जना कार्वाहीमा ।
ड्ड यात्रुलाई जवरजस्ती तानेर आफ्नु सवारीसाधनमा चढाउने , यात्रुलाई अनावश्यक दुख दिने साथै आफूखुशी चढ्न खोज्ने सवारीमा बन्देज लगाउनेलाई समेत चितवन प्रहरीले कडाइका साथ अघि बढेको छ । यात्रुलाई दुस्ख दिने यहाँको पारस बसपार्कबाट ४ जना र पोखरा बसपार्कबाट १५ जनालाई पक्राउ गरिएको हो ।

२४० बकुल्ला मारेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ ।
ड्ड भरतपुर महानगरपालिका वर्डा नम्बर ६ केशरबगस्थितमा बकुल्ला मारेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । ना। ७। प। ४५३८ , ना। २८। प। ९६३५ र ना। २८। प। ८८२६ मा सवार उनीहरुलाई गोप्य सूचनाका आधारमा प्रहरीले श्रावण १९ गते दिउँसोको चार बजे ईलाका प्रहरी कार्यालय गितानगर र स्थानीयबासिन्दाको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । ७२ वटा सेतो बकुल्ला मारेको अभियोगमा प्रहरीले जिल्ला सुनसरी दुहवी वर्डा नम्बर ६ बस्ने बर्ष २० को महमद मुसाफ , सोही नगरपालिकाको सोही वर्डा नम्बर बस्ने अन्यमा बर्ष २३ को महम्द फिराज हुँसेन, बर्ष १८ को हाजिम हुँसेन , बर्ष २३ को सामिन हुँसेन, बर्ष १६ को इस्ताक हुँसेन , बर्ष १६ को कलाम हुँसेन , बर्ष १६ को कन्जर हुँसेन , बर्ष १८ को इस्लाय हुँसेन रहेका छन् ।

२५० अनैतिक क्रीयाक्रलापमा संलग्न ४० मानिस पक्राउ ।
ड्ड अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले नारायणगढबाट पाँच जोडीलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा वर्डा प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको बिशेष टोलीले शहिदचोकको सौगात होटेलबाट ४ जोडी र गंगोत्री रोडमा रहेको होटेल रेसुङ्गाबाट एक जोडीलाई पक्राउ गरेको हो । दिउँसो पाँच जोडी सहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँच जना महिला र सात पुरुष छन् । पक्राउ परेका मध्ये दुई जना पुरुष भने होटेल संचालक रहेको बताईएको छ ।
ड्ड जेठ ५ गते शनिबार भण्डाराको ए वान कटेजमा छापा हानी शंकास्पद अवस्थामा रहेका पाँच महिला सहित २१ जनालाई पक्राउ गरिएको छ । कार्यालयका प्रबक्ता प्रभु प्रसाद ढकालको नेतृत्वमा गएको प्रहरी टोलीले पुर्वी चितवनको भण्डारास्थित ए वान कटेजमा छापा हानी मकवानपुरका सञ्चालक बिमल लामा सहित अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
ड्ड जेठ २१ गते भरतपुर महानगरपालिका ४ न्युरोडस्थित हरियाली गेष्ट हाउसमा अनैतिक गतिविधिमा संलग्न ३ महिला र ३ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही प्रक्रियालाई अगाडि बढाइएको छ ।

महिला तथा बालबालिका सेवा केन्द्रतर्फ ।
ड्ड बितेको यो तीन महिनाको अवधीमा ७८ वटा घरेलु हिंसा सम्बन्धि निवेदन परेकोमा ५९ वटा मिलापत्र गराईएको, बाँकी १९ वटाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । पुरुष ४२, महिला ११०, बालक १५, बालिका ४५ समेत गरी जम्मा २१२ जना हराएको भनी निवेदन परेकोमा खोजतलास गर्ने क्रममा पुरुष २०, महिला ५८, बालक १२, बालिका ४० समेत गरी जम्मा १३१ जना फेला परेकोले सम्बन्धित अभिभावकको जिम्मा लगाईएको छ ।

ड्ड जिल्लाका नाका तथा चेकप्वईन्टहरुमा खटिएको प्रहरी तथा माईती नेपाल लगायतका संस्थाहरुको संयुक्त टोलीले सवारी चेकजाँच गर्ने क्रममा महिला ९, पुरुष १, बालक २ र बालिका ७ जना गरी जम्मा १९ जनालाई उद्दार गरी महिला तथा बालबालिकाको हकहितमा काम गर्ने संस्थाहरु ९माईती नेपाल, आदर्श गृह, मञ्जुश्री असहाय संरक्षण केन्द्र० को संरक्षणमा राख्न पठाईएको छ ।

प्रहरी कार्य तर्फ स्(
१। सिफारिस सम्बन्धी स् नागरीकता तथा नाता प्रमाणित, राहदानी, पेन्सनपट्टा, सर्टिफिकेट हराएको लगायत अन्य सिफारिस समेत गरी जम्मा १९६ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ ।
२। बन्द हडताल सम्बन्धी स् बन्द, धर्ना, तालाबन्दी, बिरोध र्‍‍याली , कोणसभा समेत गरी १६ वटा कार्यक्रम भएकोमा सो बिरोध कार्यक्रम नियन्त्रणको लागी ६९७ प्रहरी जनशक्ति परिचालन गरी प्रभावकारी सुरक्षा प्रदान गरिएको र सो क्रममा एक मोटर साईकल आगजनी तथा प्रहरी चौकी नारायणगढमा तोडफोड भएकोमा प्रहरीले संयमता अपनाई कानून सम्वत बल प्रयोग गर्दा १ सर्वसाधारण र ६ प्रहरी घाईते भएको थियो ।
३। ख्क्ष्ए आवागमन सम्बन्धी स् ख्क्ष्ए आवागमन तर्फ ३३ पटक ख्क्ष्ए आवागमन भएकोमा प्रभावकारी सुरक्षा योजना बनाई सफल कार्यान्वयन गरिएको छ ।
४। मुग्लिङ(नारायणगढ सडकखण्ड स् निर्माणाधिन मुग्लिङ(नारायणगढ सडकखण्डको बिभिन्न स्थानमा ९चार किलो, कालीखोला, तोपेखोला, चेपाङडाँडा, जलवीरे, घुमाउने० बिभिन्न मिति, समयमा २१ पटक पहिरो खसी सडक अवरुद्ध भएकोमा पटक पटक गरी ३१७ जना प्रहरी परिचालन भई समन्वयात्मक कार्य गरी सवारी सुचारु गराएको ।
५। सवारी व्यवस्थापन तथा दुर्घटना न्युनिकरण(सवारी व्यवस्थापन तथा दुर्घटना न्युनिकरणको लागि भरतपुर महानगरपालिकाको कार्यालय संग समन्वय गरी व्यस्त सडकचोकहरुमा ८ वटा त्चबााष्अ भ्थभ ीबलम को स्थापना गरिएको, थप राख्नेतर्फ पहल भईरहेको छ । सवारी व्यवस्थापन तथा दुर्घटना न्युनीकरणको लागी २०७५र०२र१४ गतेका दिन देखि नारायणगढ देखि भरतपुर बसपार्क सम्मको सडक ५०० मिटर दाँयाबाँया ठेला, साईकल तथा फुटपात व्यवसायीहरुलाई निषेध गरिएको छ । २०७५र०४र०७ गते देखि मुख्य राजमार्ग सडकहरुमा तीन पाङग्रे सवारी साधन क्रसपार गर्न बाहेक गुडाउन निषेध गरिएको । यो अवधीमा सवारी नियम उल्लंघन गरी सवारी चलाउने १४१५० जना चालकहरुलाई कारवाही गरिएको, जसबाट रु।१,११,७०,५००र( राजश्व संकलन भएको छ ।
प्रशासन तर्फ स्(
१। प्रहरी आचरण बिरुद्ध कार्य गर्ने १४ जनालाई कारवाही गरिएको छ भने प्रहरीको छवी उच्च राख्न उच्च मनोवलका साथ काम गर्ने ७ जनालाई पुरस्कृत गरिएको छ ।
२। प्रहरी कर्मचारीहरुलाई थप व्यवसायीक बनाउने तथा परिवर्तित कानूनको कार्यान्वयन सक्षम बनाउनको लागि यस अवधीमा ७८६ जनालाई बिभिन्न इल त्जभ वयद त्चबष्लष्लन गराईएको छ ।
३। बिभागीय नीती अनुरुप सरुवा भएकाहरुमध्ये लामो समय देखि सम्बन्धित दरवन्दीमा नगई भनसुन र प्रभावका आधारमा जरा गाडी बसेका १८९ जनालाई सम्बन्धित दरवन्दीमा रवाना गरी पठाईएको ।
४। बिभिन्न स्थानमा जनस्तर तथा स्थानीय निकायहरुबाट नयाँ प्रहरी कार्यालय स्थापनाको लागि माग भई आएकोमा यस कार्यालयबाट समेत प्रहरी कार्यालय स्थापनाको औचित्यता हेरी २१ स्थानमा प्रहरी कार्यालयको लागि सिफारिस गरिएकोमा हाललाई ५ स्थानमा
१।ई।प्र।का।९ख० रामपुर, २।प्र।चौ।पार्वतीपुर, ३।प्र।चौ।दाहाखानी, ४।प्र।चौ।पदमपुर र ५।प्र।चौ।लोथर० स्वीकृतको अन्तिम चरणमा रहेको छ ।
अन्य उल्लेखनिय कार्यस्(
१। भरतपुर महानगरपालिका अन्तर्गत बिभिन्न बजार क्षेत्रमा बिगतमा जडान भएको ऋऋत्ख् क्यामेराहरु बिग्री, भत्की काम नगर्ने अवस्थामा रहेकोमा बिभिन्न निकायहरु संग समन्वय गरी हाल नगरका २५ ठाउँका क्यामेराहरु मर्मत गरी सञ्चालनमा ल्याईएको, सो बाट बजार क्षेत्रमा हुने सवारी दुर्घटना चोरी लगायतका घटनाहरुको अनुसन्धानमा सहज भएको छ ।
२। चितवन जिल्लामा लागु औषधको उत्पादन, ओसारपसार, बिक्रीबितरण र सेवन जस्ता कार्य दिन प्रतिदिन बढ्दै गएको, लैङ्गिक तथा घरेलु हिंसा, अथदभच अपराध र मानब बेवचबिखन जस्ता अपराधिक घटनाहरुलाई दृष्टिगत दृष्टीगत गरी सो कार्यलाई नियन्त्रण गर्न बिभिन्न संघसस्था, पुनर्स्थापना केन्द्रहरु संग समन्वय गरी टोलटोलमा प्रहरी अभियान कार्यक्रम अन्तर्गत बिभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको सो अवसरमा जानकारी दिइयो ।