नारायणी बराह ज्वेलरी इन्डष्ट्रिजद्वारा वार्षिकोत्सवमा रक्तदान


चितवन । चितवनको नारायणगढमा सञ्चालित नारायणी बराह ज्वेलरी इन्डष्ट्रिज प्रालिको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा दुई सय २७ जनाले रक्तदान गरेका छन् ।

सोमबार र मंगलबार गरि चितवनको शिवनगर, सहिदचोक तथा टाँडीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई सय २७ जनाले रक्तदान गरेका हुन् ।

बराह ज्वेलरी इन्डष्ट्रिज प्रालिको २४औँ वार्षिकोत्सव तथा ११ औँ शाखाको रुपमा चितवनको नारायणगढमा स्थापना भएको नारायणी बराह ज्वेलरी इन्डष्ट्रिज प्रालिको दोस्रो वर्षिकोत्सवको अवसरमा सोमबार शिवनगरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३ जना तथा मंगलबार सहिदचोकमा आयोजना भएको रक्तदानमा एक यसय दुई जना र टाँडीमा ७२ जनाले रक्तदान गरेका थिए ।

दोस्रो वार्षिकोत्सवको अवसर पारेर ज्वेलरीले सोमबार भरतपुरको मानव सेवा आश्रममा रहेका असहायहरुलाई खाना समेत खुवाएको थियो । ज्वेलरीले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।