बिप्लव नेतृत्वको नेकपाका पाँच नेताकार्यकर्ता रिहा ।

चितवन , ५ भाद्र । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला सेक्रेटरी धुर्व खड्का लगायत ५ जना नेताकार्यकर्ताहरु धरौटीमा रिहा भएका छन् । नेकपा चितवनका रत्ननगर इलाका इन्चार्ज रणदिप नेपाल सहित विद्यार्थी जिल्ला अध्यक्ष रमेश लामिछाने, कोषाध्यक्ष बिरु तामाङ र कालिका नगरपालिका इन्चार्ज रुद्र गुरुङ लगायत ५ जना रिहा भएका हुन् । नेताकार्यकर्ताहरु रिहा भएपछी पार्टीले कारागारको गेटमा सम्मान कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त सम्मान कार्यक्रममा अम्बिका पाठक, भरत न्यौपाने, रुपक काफ्लेले रिहाइको खुशीयालीमा अविर र खादा लगाएर स्वागत तथा बधाई ज्ञापन व्यक्त गरेका थिए ।