नेपाल बन्दको प्रभाव चितवनमा पनि देखियो

यातायातका साधन पुर्ण रूपमा ठप्प, जनजीवन प्रभावित ।

चितवन , २९ साउन । बिप्लव नेतृत्वको नेकपाले आह्वान गरेको मंगलबारको एक दिने नेपाल बन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण आज बिहानैदेखि यस क्षेत्रमा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार चितवनबाट लामो दुरीका सवारीसाधन संचालनमा आउन सकेका छैनन् भने स्थानीय रुटका सवारीसाधन भने, सामान्य रुपमा संचालनमा आएका छन् । सुरक्षाकर्मीले सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन प्रहरीले आग्रह गरेको छ । घोषित एक दिने नेपाल बन्दका कारण सबैभन्दा बढी बालबालिका मारमा परेका छन् । उनीहरु अध्ययन नभएपछि बिद्यालयसम्म पुगेर फर्किन बाध्य परेका थिए ।