भरतपुरको रिजाल चोकमा संकास्पद बस्तु भेटियो,सेनाद्धारा डिस्पोज तयारी


चितवन,साउन २९(
चितवनको भरतपुरको रिजाल चोकमा शंकास्पद बस्तु भेटिएको छ । आज विहान ९ः ३० बजे भरतपुर महानगर वडा न. १० रिजालचोकमा भेटिको संकास्पद बस्तु बम हुन सक्ने देखि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पार्ने तयारी गरिरहेको छ । बम नेकपा विप्लब समूहले राखेको हुनसक्ने प्रहरीको भनाई छ । नेकपाले आज मंगलबार आफ्ना प्रवकता लगाएतका नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा बन्द आब्हान गरेको हो ।बन्दको पुर्बसन्ध्यादेखि देशका विभिन्न भागमा बम र शंकास्पद बस्तु भेटिने क्रम बढेको छ । बन्द कर्ताले बन्दलाइृ सफल बनाउन बम आंतक नैसिर्जना गरेपनि बम विष्फोटबाट कुनै मानविय क्षति भने भएको छैन् ।