नेकपा विप्लब समुहका प्रवक्ता ‘प्रकाण्ड’ पक्राउ

?????????????????????????????????????????????????????????

काठमाडौं,साउन २३ –

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन ।
उनलाई काठमाडौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट गएराति पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए । विश्वकर्मालाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने उनँले बताए ।

गएको वर्ष स्थानीय र आम चुनावमा विभिन्न ठाउँमा हिंसा भड्काएको र चन्दा असुली गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पूर्वमन्त्री समेत रहेका प्रकाण्ड विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती समिती सदस्य हुन । प्रहरीले विप्लव माओवादीलाई विशेष निगरानी र उनीहरुका कार्यकर्तालाई पक्राउको अभियान नै चलाएको छ । विप्लव नेतृत्वको नेकपाका अर्का दुई केन्द्रिय सदस्यलाई केही दिनअघि मात्र प्रहरीले काठमाडौबाटै पक्राउ गरेको थियो ।