भरतपुरमा दिनदहाडैं चोरी गर्ने एक महिलासहित विभिन्न घटनामा संलग्न प्रहरी नियन्त्रणमा


चितवन,साउन २३(
चितवनमा केही महिना अघिदेखि एकपछि अर्को चोरीका घटना घटिरहेको छ । केही समययता घर तथा पसलमा मात्र होईन करिब आदा दर्जन सहकारीमा समेत चोरीका घटना घट्यो । चोरी बढिरहने तर चोरहरुलाई पक्राउ गर्न नसकेपछी चितवन प्रहरीमाथी चोरी नियन्त्रण गर्न नसकेकोमा दिनप्रतिदिन जनआत्र।ोश पनि बढदै गईरहेको थियो ।
चोरीका श्रृंखलाबद्ध घटना बढेपछि चितवन प्रहरीले बिशेष टोली नै बनाई चोरी कार्यमा संलग्नहरुमाथी विशेष अभियान नैं सञ्चालन गरेको थियो । प्रहरीले बिशेष अनुसन्धान टोली परिचालन गरी घटनमा संलग्नको खोजी कार्यलाई तिब्रता दिएसंगैं चोरी कार्यमा लागेकाहरु प्रहरीले पक्राउ गर्न सफल भएको छ । प्रहरीले आज (बुधवार) जिल्ला प्रहरी कार्यलय चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी चोरीमा संलग्नहरुलाई पक्राउ गरि अनुसन्धान कारवाही प्रकृया अघि बढाएको जानकारी दिएको छ ।
चितवन प्रहरीले भरतपुरका आधा दर्जन घरमा एक्लै चोरी गर्ने एक महिलालाई समेत पक्राउ गरेको छ । मकवानपुर थाहा नगरपालिका ७ स्थायी ठेगाना भई गैँडाकोट नगरपालिका वडा नम्बर २ मा घरै किनेर थकाली भान्छा घर सञ्चालन गर्ने ३५ बर्षिय शोभा विकलाई भरतपुर १० रिजालचोकबाट पक्राउ गरेकोे हो । प्रहरी उपरीक्षक राठौरका अनुसार ती महिलाले वैशाख १२ गतेदेखि हालसम्म छ घरबाट नगद र गरगहना गरी रु २५ लाख छ हजार बराबरको सुन र नगद चोरी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जनाए ।
राठौरका अनुसार दिनको समयमा भिआईपी एरिया पहिचान गरि ती महिलाले चोरी गर्ने गरेको खुलेको छ । प्रहरीले उनको साथबाट चोरी गर्दा प्रयोग गर्ने घन ,पेचकस ,पिलास बरामद गरेको छ । ती महिलाले शरीरलाई घुम्टोले ढाकेर छाता ओडेर अनुहार नदेख्ने गरी चोरी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । विकसँग सुन खरिद गर्ने काठमाडौँ ओमबहालका सानुरत्न शाक्य र रश्मी ज्वेलर्स संगमचोक नारायणगढका लेखबहादुर विकलाई समेत पक्राउ गरि अनुसन्धान अघि बढाईएको प्रहरी उपरिक्षक राठौरले जानकारी दिए ।
यस्तै प्रहरीले नारायणगढको हाम्रो इलेक्ट्रोनिक्समा चारी गर्ने भारत मोतीहारीका २९ बर्षिय मुन्ना शाहलाई पनि पक्राउ गरेको छ । उनको साथबाट ३ सय २२ थान घडी,२२ थान मोबाइल बरामद गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चितवन मेडिकल कलेजमा लामो समयदेखी मोवाइल चोरीमा संलग्न सुनसरीका १० बर्षिय सुरज परियालाई पनि पक्राउ गरि थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
त्यस्तै, प्रहरीले गत् जेठ ६ गते भरतपुर १० चौविसकोठीमा रहेको विश्वास एण्ड कम्पनीबाट बैंकमा पैसा जम्मा गर्न भनेर फरार भएका सोही कम्पनीका कर्मचारी गैडाकोट नवलपरासीका अर्जुन ढकाललाई समेत पक्राउ गरेको छ । ढकाललाई सुनसरीबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक राठौरले जानकारी दिए । चोरी गर्नेबाट रकम फिर्ता दिलाएर आवश्यक कारवाही अघि बढाइएको समेत उनले बताए । त्यस्तै पछिल्लो समय जिल्लाका विभिन्न सहकारी संस्थाहरुमा भैरहेको चोरीका घटनाको सम्बन्धमा विशेष अनुसन्धान टोली परिचालन गरि सुष्म अनुसन्धान भईरहेको एसपी राठोरले जानकारी दिए ।