पुर्बि चितवनमा अवैध उत्खनन् गर्ने तीन ट्याक्टर प्रहरी नियन्त्रणमा


चितवन, साउन २२

पुर्बि चितवनमा अवैधरुपमा ग्राबेल, ढुंगा उत्खनन् गर्ने तीन ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले (आज)मंगलबार लदरी खोलाबाट तीन ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीले ना ५ त ३६८६,ना ६ त ५२०३ र ना ५ त ६५२४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय खैरहनीजनाएको छ ।
अवैध कार्य रोक्न खैरहनी प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । यसअघि गत साता पनि ग्राबेल उत्खनन् कार्यमा संलग्न चार ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
स्मरण रहोस, अवैध उत्खखनन्कै कारण खोलामा ठूलो खाल्डो बनाउँदा लदरी खोलामै दुई साताअघि दुई बालिकाको डुबेर ज्यान गएको थियो ।