गरिब परिवारमा जन्मिएका आचार्य बने अन्ततः चलचित्र “किशोरीका सपनाहरु“को निर्देशक


मुग÷ कर्णाली कला तथा संस्कृतिक संरक्षणको मन्चको प्रस्तुति नेपाली कथानक चलचित्र “किशोरीका सपनाहरु“अबको केही दिनमा नै बजारमा सार्वजनिक हुने भएको छ । नेपाली कथानक चलचित्र “किशोरीका सपनाहरु“को निर्देशक हरिकेश आचार्यले यो चलचित्र जनचेतना तथा सन्देशमुलक चलचित्र रहेको र यसले आफ्नो कर्णाली प्रदेशको दुर्गम समाजमा बसोवास गर्ने किशोरी र किशोरकाबिच रहेको जुन विभेद प्राकृतिक नभएर समाजले आफै सिर्जना गरेको त्यस्का विरुद्ध चोटीलो प्रहार गरेको बताउनुहुन्छ ।
समाजमा आधा भाग ओगट्ने किशोरीहरुलाई यस्ता विभेदबाट मुक्त गरि समतामूलक,सुन्दर र न्यायपुर्ण समाजको निर्माण गरेर मात्र हामी सहि गन्तव्यमा पुग्न सक्छौ । त्यसै कारण आफ्नो चलचित्र “ किशोरीका सपनाहरु“ले नयाँ र विभेद रहित समाज निर्माण गर्न कर्णाली समाजमा ठुलो टेवा पुग्ने बताउँनु भयो ।
यो चलचित्र किशोरीको पक्षमा बनाईएको छ । समाजमा किशोरी र किशोरको समान भुमिका हुनु पर्नेमा पितृ सत्ताको कारण किशोरको वर्चस्व र प्रभुत्व रहेको छ । यस चलचित्रमा किशोरीले भोगेका पिडाको चर्चा गर्दै किशोरका प्रमुख भुमिकाको अन्त्य र किशोरी किशोर समानताको चाहना प्रकट गरेको छ ।
समाजमा किशोरीहरु पछि परेका नभई पछि पारिएका हुन भन्ने कुराको सन्देश यस चलचित्रले दिने निर्देशक आचार्यले बताउनुभयो । निर्देशक आचार्यले एक अर्काको सहयोग र सदभावबाट समाज अघि बढेमा नै किशोरीहरु किशोर सरह बन्ने कुराको उद्घोष गर्नुभएको छ ।