गर्जिए फाँसिजमको विरुद्ध चितवनका कविहरु

 


चितवन, साउन १९(
चितवनका कविहरु आज भरतपुरमा फाँसिजमको विरुद्ध गर्जिएका छन् । उनीहरुले संसारभर चलेको युद्ध, हतियारको प्रतिस्पर्धा, आतंक र अमानविय क्रुर व्यवहारका विरुद्ध आफ्नो कविता मार्फत आवाज बुलन्द पारेका छन् ।

मन्थनको आयोजना, बेटर चितवनको सहआयोजना र डबलीको सहयोगमा भएको फाँसिजमको विरुद्धको कविता वाचन कार्यक्रममा दुई दर्जन कविहरुले शनिबार कविता वाचन गरेका हुन् । कार्यक्रममा पुराना कविहरु एलबी क्षेत्री, राजेन्द्र घायल, सरिता तिवारी, रेशम विरही कवि प्रकाश चापागाइ,कवि विजय विश्वकमादेखि नयाँ कविहरुले पनि फाँसिजमको विरुद्ध कविता सुनाएका थिए । कवितामा कविहरुले पछिल्लो समयमा चलेको सिरिया युद्धदेखि डा गोविन्द केसीको आन्दोलन, नेपालको भोकमरी र गरिबीका विषयसम्म उठाएका थिए ।