चितवनमा अभिनेत्री गौरी मल्ल सम्मानित


नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री गौरी मल्ल चितवनमा सम्मानित भएकी छिन् । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले एक कार्यक्रमका बीच अभिनेत्री गौरी मल्ललाई सम्मानका साथ दोसल्ला ओडाई सम्मान गरिएको थियो । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाको भन्दै लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की ूलक्कीू र चितवनका युवा उधमी समाजसेवी रुविन रामुदामुले मल्ललाई सम्मान गरेका थिए । अभिनेत्री मल्ललाई सम्मान गर्न पाउदा खुशी लागेको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की ूलक्कीू ले बताए । चलचित्र सन्तानबाट चलचित्र क्षेत्रमा आएकी मल्लले पिरती, कन्यादान, चोट, सरस्वती, चेलीबेटी, चाहना लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् । अभिनेत्री मल्लको अभिनय नेपालमा मात्र होइन अभिशेष चौबेको भारतीय चलचित्र इस्कियामा पनि देख्न पाइन्छ । श्रद्धा, रक्षा, अपुताली, आशा, अमरपुत्र आदि दर्जनभन्दा बढी टेलिचलचित्रमा सशक्त अभियनय गरिसकेकी मल्लको सिंहदरबार अहिले सर्वाधिक लोकप्रिय छ ।