मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको अध्यक्षमा लामिछाने


चितवन, साउन २०(
नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ चितवन– नवलपुर क्षेत्रीय समितिको भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले शिवराज लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा केशवराज खनाल, सचिवमा रुद्र सुवेदी, कोषाध्यक्षमा हरिप्रसाद पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा थानेश्वर न्यौपाने, मनिष अग्रवाल, उत्तमप्रसाद रेग्मी, हिमराज खनाल, मोतीप्रसाद अधिकारी रहेका छन् । यसैगरी लेखा समितिमा गिरीराज उपाध्याय संयोजक, उमाकान्त कँडेल, शुसिल विश्रवाल रहेका छन् । समितिको सल्लाहकार संयोजकमा बाबुराम घिमिरे संयोजक, धर्मदत्त ढकाल , गोपाल गैरे रहेका छन् । बजार अनुगमन समितिमा दुर्गाप्रसाद गौतम संयोजक, रामकृष्ण ढकाल, वविन रिजाल रहेका छन् ।

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका केन्द्रीय अध्यक्ष शुनिलगोपाल श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा चितवन तथा नवलपुरमा मसलन्द तथा शैक्षिक सामग्री उत्पादनको व्यवसाय गर्दै आएका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।