गतबर्षको कार्यक्रमहरुको समिक्षा र आगामी बर्षको योजनाका बिषयमा बिभागिय/केन्द्र प्रमुखहरुको प्रस्तुतीकरण

काठमाण्डौं/शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा, बिज्ञान र प्रविधिको क्षेत्रमा भएका समस्या समाधान गर्नको लागि स्पष्ट खाका तयार पार्न मन्त्रालय अन्र्तगतका बिभागिय प्रमुख, सहसचिव एवम् केन्द्र प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालय अन्र्तगतका बिभागिय प्रमुख, सहसचिव एवम् केन्द्र प्रमुखहरुको रिर्पोटिङ लिने क्रममा आज मन्त्री पोखरेलले सार्वजानिक शिक्षाको गुणस्तर सुधार गर्न थाल्नुपर्ने कामहरु तयारी गर्न पनि निर्देशन दिनुभयो । सुशासन र पारदर्शिता प्रर्वद्धन गर्ने बिषय र कार्ययोजना महत्वका साथ ल्याउनुपर्ने बताउँदैं मन्त्री पोखररेलले शिक्षा र बिज्ञान प्रविधि क्षेत्रको विकासका निम्ती सक्रिय भएर जनहितमा काम गर्न आग्रह पनि गर्नुभएको छ ।
बैंठकमा गतबर्षको कार्यक्रमहरुको समिक्षा र आगामी बर्षको योजनाका बिषयमा बिभागिय÷केन्द्र प्रमुखहरुले प्रस्तुतीकरण पेश गरेका थिए ।