दरबार हाइस्कुलको शिलान्यास, एउटा छुट्टैं ईतिहास बोकेको दरबार हाईस्कुल पुरानै डिजाइनमा तोकिएकै मितिमा निर्माण हुने :मन्त्री पोखरेल

यो विद्यालय चिन र नेपालको मित्रताको चिनो : राजदूत यु होङ्

काठमाडौं/२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भानु माध्यमिक विद्यायलय ९दरबार हाइस्कुल० को शिलान्यास भएको छ ।
भुकम्पले क्षती पु¥याएको देशकै जेठो विद्यालय दरबार हाईस्कुलको आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत यु होङले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो ।
चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको नेपालकै पुरानो विद्यालय दरबार हाई स्कुलको नेपाल सरकार, अर्थमन्त्रालय र चीन सरकारको वाणिज्य मन्त्रालयबीच भएको सम्झौता अनुसार पुनर्निर्माण सुरु भएको हो ।
विद्यालय पुनर्निर्माणको शिलन्यास गर्नुहुँदैं मन्त्री पोखरेलले एउटा छुट्टैं ईतिहास बोकेको दरबार हाईस्कुल पुरानै डिजाइनमा तोकिएकै मितिमा निर्माण हुने विश्वास व्यक्त व्यक्त गर्नुभयो । कार्यक्रममा मन्त्री पोखरेलले सबै सामुदायिक विद्यालयलाई सम्पूर्ण विद्यालय बनाउने आफ्नो अवधारणा रहेको दोहोर्याउँदै दरबार हाईस्कुल पनि सम्पूर्ण विद्यालय बन्ने अपेक्षा व्यक्त गर्नुभयो ।
मन्त्री पोखरेलले आफूले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १० बुँदे मार्गचित्र सार्वजनिक गरेको र त्यसमा सम्पूर्णतामा विद्यालयको अवधारणा पनि समावेश गरेको जनाउँदै पुनर्निमाणपछि दरबार हाइस्कुल त्यही अवधारणामा अघि बढ्ने बताउनुभयो । विद्यालय पुनर्निमाणमा सघाएकोमा चिन सरकारलाई धन्यवाद ब्यक्त गर्दै मन्त्री पोखरेलले तोकिएको समयमा काम सम्पन्न हुने र विद्यार्थीले पढ्न पाउने कुरामा विश्वस्त रहेको पनि उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रममा राजदूत यु होङ्ले नेपालको विकास र समृद्धिका लागि चिन सदैव साथमा रहने प्रतिवद्धता ब्यक्त गर्दै, भुकम्प पछि चिनले शुरु गरेका विभिन्न २५ परियोजना मध्ये २ वटा सम्पन्न भएका, १७ वटा निर्माणको चरणमा रहेका र ६ वटाको सम्भाब्यता अध्ययन जारी रहेको जानकारी दिनुभयो । सोही सहयोग अन्र्तगत देशकै गौरवका रुपमा रहेको दरवार हाईस्कुल निर्माणको कार्य शुरु भएको राजदूत होङ्ले प्रष्ट्र पार्नुभयो । ‘सुरक्षित, सुन्दर र परम्परागत विशेषता भएको विद्यालय बन्ने छ’ राजदूत होङ्ले भन्नुभयो ः ‘यो विद्यालय चिन र नेपालको मित्रताको चिनो बन्ने छ ।’ विद्यालय पुनर्निमाणको यो चरण सम्म आईपुग्दा ‘धेरै कठिनाई’ आईपरेको स्मरण गर्दै राजदूत होङ्ले कठिनाईहरु माथि विजय गरेर राम्रो शुरुवात भएको उनले उल्लेख गर्नुभयो ।
चिनिया सरकारको सहयोगमा २० महिना भित्र निर्माण सक्ने गरी बन्न लागेको उक्त विद्यालय भवन निर्माणका लागि चिनियाँ मुद्रा ५ करोड ३० लाख ९नेपाली रुपैंया ९० करोड १० लाख रुपैयाँ० को लागत ईष्टिमेट गरिएको छ । १ सय ६५ वर्ष पहिले स्थापना भएको दरबार हाइस्कुल मुलुककै जेठो विद्यालय हो ।