मुख्यालयको आदेशलाई लत्याउदै गैंडाकोट प्रहरी

मेयरको निर्देशन पछि थापाले रवाना बुझ्नु परेनन् ।

गैंडाकोट , १८ साउन । प्रहरी प्रधान कार्यालयले बारम्बार दरबन्दीमा फिर्ता हुन मातहतका प्रहरी इकाईहरुलाई निर्देशन एवं परिपत्र गर्दैआएको छ । उनीहरु परिपत्र गर्दागर्दै थाकिसकेका छन् । तर, ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिवश बहादुर जिसी भने थाकेका छैनन् । दरबन्दी अन्यत्र भएकालाई तुरुन्तै रवाना दिन चार नम्बर प्रदेश प्रहरी कार्यालय कास्कीका डिआइजी दानसिंह बोहराले गैंडाकोटका कार्यालय प्रमुख जिसीलाई निर्देशन गरिरहनुभएको छ । यद्यपि, उनी आफ्नु पदिय मर्यादाको उपहास गर्दै दरबन्दीमा नगएकालाई पठाउन आलटाल गरिरहेका छन् । गैंडाकोट प्रहरी स्रोतले दिएको जानकारी अनुसार उनले मननपर्ने कर्मचारीलाई माथिको आदेश भन्दै तुरुन्तै लखट्ने र अन्यलाई भने काखी च्याप्ने गरेको प्रहरी स्रोत गुनासो गर्छन् । उनले काखी च्यापेका प्रहरी हुन्: प्रहरी जवानहरु बिनोद थापा ९ क्षेत्री ० , बिनोद थापा ९ मगर ० र मनोज शर्मा, रामबहादुर गुरुङ छन् । उनीहरुमध्य गुरुङ्गको दरबन्दी चार नम्बर प्रदेश अन्तर्गतको लमजुङ हो भने, अन्य सबैको दरबन्दी तीन नम्बर प्रदेश पर्दछ । शर्माको दरबन्दी समेत जिल्लामा छैन् । यद्यपि , उनीहरु दरबन्दीमा फिर्ता हुन मान्दै मान्दैनन् । यतिसम्म कि प्रहरी जवान बिनोद थापा मागरले हामीलाई टेलिफोन मार्फत आफ्नु दरबन्दी धादिङ्ग रहेको र त्यहाँ जान आफू इच्छुक रहेको बताउदै आएपनि उनलाई कार्यालय प्रमुखले रवाना दिने क्रममा विभिन्न ब्यक्तिलाई टेलिफोन गरेर सरुवा भएको क्षेत्रमा नजाने जुक्ति अपनाएका थिए । उनले मेयर मार्फतबाट सरुवा भएको ठाउँमा जानू नपरेको बताइएको छ । नाम नबताउने सर्तमा कार्यालयकै एक प्रहरी हवल्दार भन्छन् स् सबैलाई दरबन्दीमा पठाएर नौटंकी देखाउने अनि बिनोद थापा मगरलाई चाहिँ मेयरको दबाबमा भन्दै रद्द गर्ने ?  के हो यस्तो ? एउटै संगठन भएपछि के को भेदभाव ? माथिल्लो आदेश हो भन्दै फिर्ता पठाउन सकिन्न ? प्रदेश नै फरक भएको र सरुवा भएको पनि लामो समय बितिसक्दा समेत चार प्रहरीलाई किन उनले काखी च्यापे ?  त्यस्तै, कार्यालयकै एक  कर्मचारी भन्छन् : एक साता अगाडि मात्रै प्रहरी जवान सीता सुनार र सावित्री बस्नेतको बिषयमा तपाईंले समाचार लेखेपछि उनीहरुलाई समाचार प्रकाशित गरेको पाँच दिन भित्रमा रवाना दिएर पाँच नम्बर प्रदेश अन्तर्गतको उनीहरुको दरबन्दी क्रमशः नवलपरासी र रुपन्देहीमा रवाना दिइयो । ती मध्य बस्नेतलाई कार्यालय प्रमुखले मन पराउदैनन् । ती कर्मचारी गुनासो गर्छन् : मननपर्ने कर्मचारीलाई लखट्ने रु मन पर्ने कर्मचारीलाई काखी च्याप्ने कार्यालय प्रमुखको यो कस्तो नैतिकता उनी प्रश्न राख्दै भन्छन् स् यत्रो बर्ष जागीर खाइयो तर, यस्तोसम्मको भेदभाव मैले पहिलोपटक देखेको हुँ । अब त हुँदा हुँदै मेयरको दबाबमा सरुवा ( बढुवा ( रवान दिनेरनदिने सम्मको फैसला गरे जिसीले । उता, मुख्यालयले दरबन्दीमा फिर्ता पठाउन आदेश दिन्छ तर, हाकिमसाब मुख्यालयको आदेश भन्दा पनि मेयरको आदेशा अनुसार चल्ने गरेको छ , यो दुस्खद हो । त्यस्तै , अर्का प्रहरी गुनासो गर्छन् स् प्रहरी जवानबाट हवल्दार पदमा बढुवा भएका बलबहादुर जिसीको समेत दरबन्दी जिल्लामा छैनन् । उनको दरबन्दी अन्यत्र भए पनि उनी दरबन्दीमा फिर्ता हुन चाहिरहेका छैनन् । प्रहरी स्रोतले बताएनुसार उनको अहिले घर निर्माणको काम भइरहेकोले रवाना नबुझिएको हुन सक्ने बताइएको छ । त्यस्तै , अर्का प्रहरी हवल्दार शिव न्यौपानेले समेत आफ्नु पदिय मर्यादाको उपहास गर्दै अहिले केही दिनयता अस्वाभाविक रूपमा रकम उठाउदै आएको समेत बुझिन आएको छ । उनले घमण्ड देखाउदै रकम उठाउने , सर्वसाधारण लाई दुस्ख दिने गरेपछि उनी माथि अहिले आन्तरिक रूपमा छानबिन भइरहेको प्रहरी स्रोतले बताएको छ । उता , अस्थायी प्रहरी पोस्ट बेल्डियाका बदनाम अर्का असइ जयराम पौडेलको समेत दरबन्दी जिल्लामा छैनन् । उनको दरबन्दी चितवन परेको छ । चुनाव अगाडिदेखी काज गराएका पौडेलको काज सकेको दुई महिना बितिसक्यो तर, पनि दरबन्दीमा जान मान्दैनन् । बरु उल्टो कमाउ ठाउँमा जान उनी दिनरात मिहेनत गरिरहेका छन् । जयरामले अहिले बेल्डियाका स्थानीय कालिका पौडेल भन्ने पुरुषलाई किराना लगायतका सामान ओसारपसारका लागी लाइन उपलब्ध गराएका छन् । भने, सोर्सफोर्स लगाई आफ्नु दरबन्दी भएको जुनियर प्रहरी शिक्षानिर्देशनालय भरतपुरको रवाना बुझेनन् मात्रै होइनन् अस्थायी प्रहरी पोस्टको लागी भवन बनाउन स्थानीयले गरेको सहयोगमा समेत हात थाप्दै आएका छन् । अस्थायी प्रहरी पोस्टको बजेट नेपाल सरकारले उपलब्ध गराउँछ तर, उनले आफ्नु पदीय मर्यादाको खिल्ली उडाउदै विभिन्न ब्यक्तिहरुसंँग हात थाप्ने गरेका हुन् । यतिसम्मकी कार्यालय प्रमुखले नै सबै भन्दा बढी बिवादास्पद प्रहरीलाई काखी च्यापेर राखेका छन् नै काज अवधि सकिसकेका प्रहरीलाई समेत दरबन्दीमा फिर्ता पठाउन असक्ष्म प्रायः देखेका छन् । सबै बदनाम प्रहरी लखटिएपछि अहिले गैंडाकोटमा एक महिला असई सहित चार महिला प्रहरी जवान सहित केही मात्रामा मात्रै प्रहरी कर्मचारी रहेको ईलाका प्रहरी कार्यालय गैंडाकोट प्रहरी स्रोत बताउँछन् । प्रहरी जवान सावित्री बस्नेतको बिषयमा प्रहरी मुख्यालयमा बस्नेत तस्करहरूसंग उठबस गर्ने गरेको लगायत आर्थिक काण्डमा सक्रिय भएको भन्ने ब्यबहोरा सहितको उजुरी परेपछि उनलाई दरबन्दीमा फिर्ता पठाइएको हुन सक्ने इप्रका गैंडाकोट स्रोतले बताएको छ । सुनार समेत गएपछि केही दिन अगाडि मात्रै नयाँ असई गैंडाकोट आएकी हुन् ।

लामो कसरत पछि को को गए दरबन्दीमा ?
१। सइ कुल प्रसाद शर्मा स् ईलाका प्रहरी कार्यालय चनौली, चितवन ।
२। सइ रुद्र प्रसाद शर्मा स् ईलाका प्रहरी कार्यालय भण्डारा, चितवन ।
३। सइ प्रकाश सिंखडा स् ईलाका प्रहरी कार्यालय रत्ननगर, चितवन ।
४। असइ सर्स्वती बर्देवा स् ईलाका प्रहरी कार्यालय तनहुँ ९ राजीनामा ० तुरुन्तै स्वीकृत भएको ।
५। प्रहरी जवान केशव बहादुर पाण्डे स् जिल्ला प्रहरी कार्यालय चितवन ।
६। प्रहरी जवान ऋषि बानियाँ स् जिल्ला प्रहरी कार्यालय बाग्लुङ ।
७। प्रहरी जवान वीरेन्द्र लामा स् जिल्ला प्रहरी कार्यालय बाग्लुङ ।
८। प्रहरी जवान सीता सुनार स् कारागार सुरक्षागार्ड रुपन्देही ।
९। प्रहरी जवान सावित्री बस्नेत स् जिल्ला प्रहरी कार्यालय परासी । ९ स्पष्ट रूपमा नाम खुल्न नसकिएको अन्य दुई प्रहरी जवान ०