चितवनको दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थामा अज्ञात समूहले लुटे पाँच लाख ।

चितवन , १५ साउन । जिल्लामा पछिल्लो समय चोरीका घट्ना छ्याप्छ्याप्ती रूपमा बढेको पाइएको छ । सादा पोशाकमा खटिएका केही सिमित प्रहरी अशुली धन्दामै सक्रिय भएकै कारण जिल्लामा चोरीका घट्नामा वृद्धि भएको हो । आइतबार राती भरतपुरस्थित प्रभात दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थामा चोरी भएपछि जिल्लामा सुरक्षा ब्यावस्थामा ह्रास आएको अनुभव स्थानीयले गर्न थालेको हो । अन्यत्र दरबन्दीमा रहेका आवश्यक नपर्ने आधा दर्जनभन्दा बढी बदनाम प्रहरीकै कारण जिल्लाको सुरक्षामा चुनौती थपिएको सरोकारवालाहरु बताउँछन् । दिनानुदिन चोरीका घट्ना बढ्दै गएकोमा स्थानीय प्रशासन चिन्तित त छन् तर, भनेअनुसारको उपलब्धि भने हासिल पार्न सकिएको छैनन् ।नारायणगढको एक मोबाईल पसलमा भएको चोरी घट्नामा संलग्न भारतीय नागरिकहरुलाई महिनादिन नबित्दै पक्राउ गरेको प्रहरीले त्यसपछि भने सन्तोषजनक नतिजा हासिल पार्न नसक्दा चोरीका घट्नामा वृद्धि भएको स्थानीय गुनासो गर्छन् ।आइतबार राती यहाँको दिदीबहिनीकम महिला तथा बचत सहकारी संस्थामा संकलन भएको पाँच लाख रुपैयाँँ भोलिपल्टै गायब भएको संस्थाका अध्यक्ष सरस्वती शाह कतिलाले बताइन् । सोमबार बिहान कार्यालय खोल्दा चोरी भएको पत्ता लागेको हो । उनले भनिन् स् ‘पैसा राखेको भल्ट ९सेफ० नै फोडेर चोरी भएको छ। अफिसमा सिसी क्यामेरा पनि थिए। तर , सबै सिसी क्यामेरा र कन्ट्रोल बक्स नै चोरिएको छ,’ अध्यक्ष कतिलाले भनिन् । चोरीमा संलग्न अभियुक्तलाई प्रहरीले छिटोभन्दा छिटो पक्राउ गरेर सार्वजनिक गर्नुपर्‍यो । उसो , त ‘माघ फागुनयता चितवनका सहकारी संस्थामा चोरी हुने क्रम बढेको गुनासो उनीहरुको छ । प्रभातसहित नौवटा सहकारीमा चोरी भएको हामीलाई जानकारी आएको छ,’ जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले भने । यस बिषयमा प्रहरीले घटनाबारे आवश्यक रूपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सुशिलसिंह राठौरले बताए ।