सरकार अधिनायकवाद उन्मुख भएको भन्दै नेपाली कांग्रेस चितवनको विरोध प्रदर्शन ।

चितवन , १५ साउन । सरकार अधिनायकवाद उन्मुख भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार भरतपुरमा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार नेपाली कांग्रेसले आज चितवनका विभिन्न ठाउँबाट र्‍‍यालीसहित भरतपुरको चौबिसकोठीमा जम्मा भएका नेता तथा कार्यकर्ताले सरकारी विरोधी नारा लगाउँदै नारायणगढको लायन्सचोक, शहिदचोक हुँदै पुल्चोकमा पुगेर सभामा कोर्णसभामा परिणत भएको छ । सभामा केही केन्द्रीय नेताहरु र चितवनका जिल्लास्तरका नेताहरुले सम्बोधन गरेका छन् । डा । गोविन्द केसीसँग भएको सहमति अक्षरस कार्यान्वयन गर्न दबाब, संघ र सातै प्रदेशसभामा सभामुख र उपसभामुख पदमा भागवण्डा, मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न १५ बुँदे मागमा सरकारलाई दबाब दिन सांकेतिक विरोध प्रर्दशन गर्न लागिएको कांग्रेस चितवनले जनाएको छ । सञ्चार माध्यममा बढेको हस्तक्षेप, त्रिवि र संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई गरिएको दुव्र्यवहार तथा सरकारका पछिल्ला कामकारबाही अधिनायकवाद उन्मुख हुँदै गएको कांग्रेसले आरोप लगाएको छ ।