भारतीय ट्रकको ठक्करबाट मजदुरको मृत्यु ।

                                                                                                           फाईल फोटो :
चितवन , १५ साउन । चितवनको नारायणगढ–मुग्लिङ्ग सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वर्डा नम्बर ५ स्थित स्याउली बजारमा भारतीय ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गएराती करिब १० बजेको समयमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको यूपी २२ टी–८४४७ नम्बरको भारतीय ट्रकले ठक्कर दिदा दैलेखका ३५ वर्षीय पैदलयात्री जीवन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गम्भीर घाइते भएका सुुुनारको उपचारका क्रममा राती सवा १ बजे कलेज अफ मेडिकल साइनसेज शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको हो । सुनार नारायणगढ–मुग्लिन सडकखण्डमा काम गर्थे । दुर्घटनापछि ट्रकका चालक भागेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।