त्रिशुली नदिमा बस खस्यो : अपडेट

उद्वार कार्य जारी

चितवन , ११ साउन । त्रिशुली नदिमा शुक्रबार बिहान बस खसेको छ । काठमाडौंबाट पोखरातर्फ जांँदै गरेको ना।६।ख। २५०६ नम्बरको बस बिहान ११स्५० बजे इच्छाकामना गाँउपालिका वर्डा नम्बर ३ चुक्लिङटारबाट सय मिटर तल त्रिशुलीमा खसेको हो । सडक छेउमा धोएर निकाल्दै गरेको ना। ५ । ख। ७४०९ नम्बरको ट्रकसंँग ठक्कर खाएर बस त्रिशुलीमा खसेको त्यहाँका प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेको उद्धार गरी स्थानीय अस्पतालमा प्रारम्भिक उपचार भैरहेको र गम्भीर घाइते भएलाई भरतपुर ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख शुशीलसिंह राठौरले जानकारी दिनुभयो । घट्नास्थलमा अहिले डिएसपी प्रभु प्रसाद ढकालको टोली गएका छन् । घट्नाबारे बिस्तृत रूपमा बिवरण आउन बाँकी छ ।