त्रिशुली नदिमा बस खस्यो : एक बच्चासहित सात जनाको मृत्यु ।


चितवन , ११ साउन । चितवनको त्रिशुली नदिमा बस खसेर भएको दुर्घटनामा एक बच्चासहित सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाण्डौंबाट पोखरातर्फ जाँँदै गरेको ना ६ ख २५०६ नम्बरको बस बिहान ११स्५० बजे इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुलीमा खसेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको हो । अन्य एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् । घाइतेको स्थानीय मनकामना अस्पतालमा उपचारपछि थप उपचारका लागी काठमाडौं र भरतपुर अस्पताल पठाइएको प्रहरीले बताएको छ । सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकले ना ५ ख २५०६ नम्बर बसलाई ठक्कर दिदा बस सय मिटर तल त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिने ट्रक र त्यसका चालक जोगिमारा प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख शुशीलसिंह राठौरले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।