अन्तर्रा्ष्ट्रिय आगमन कल बाईपास गर्ने मानिस प्रहरी नियन्त्रणमा

                                                                                                            फाईल फोटो
चितवन/१० श्रावण/ चितवनको भरतपुरबाट अन्तर्रा्ष्ट्रिय आगमन कल बाईपास गर्ने कार्यमा सम्लग्ँनहरुलाई चितवन प्रहरीले नियन्त्रणमा लिईएको छ ।
भरतपुर म.न.पा.वडा नं.१० रिजालचोकबाट अन्तर्रा्ष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने कार्यमा संलग्न दुई जनालाई कल बाईपास गर्न प्रयोग गर्ने उपकरणहरु सहित प्रहरीले पक्राउ गरेको हो । त्यस्तै सोही कार्यमा सम्लग्न अर्का एकजनालाई प्रहरीले बुटवलबाट पक्राउ गरी ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रभु प्रसाद ढकालले जानकारी दिए ।
प्रहरी नायब उपरिक्षक ढकालका अनुसार विगत केही समयदेखी चितवन जिल्लाको बिभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रुपमा अन्तर्रा्ष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने कार्य भईरहेको भन्ने सूचनाको आधारमा केन्द्रिय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्रउ पर्नेहरुमा रुपन्देही जिल्ला तिलोत्तमा न.पा.वडा नं.११ बस्ने बर्ष ३१ का बिजय गुरुङ, सोही स्थानमा बस्ने बर्ष ३२ को मिन प्रसाद रिजाल र चितवन जिल्ला भरतपुर म.न.पा.वडा नं.२२ बस्ने बर्ष २२ को सुनिल अधिकारी रहेका छन् । प्रहरीले बिजय गुरुङ र सुनिल अधिकारीलाई भरतपुर म.न.पा.वडा नं.१० रिजालचोक नजिकमा रहेको नारायण पौडेलको घरमा भाडामा लिइएको कोठामा कल बाईपास गरी रहेको अवस्थामा पक्राउ गरेको हो भने निज निजहरुको बयानको आधारमा यस कार्यमा सम्लग्न मुख्य व्यक्ति रहेका मिन प्रसाद रिजाललाई बुटवलबाट पक्राउ गरी ल्याईएको चितवन प्रहरीले जानकारी दिएको छ । निजहरुको साथबाट अन्तर्रा्ष्ट्रिय आगमन कल बाईपास संचालन गर्न प्रयोग हुने निम्न उपकरणहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद उपकरणहरु (

१. ६४ पोटको ख्इक्ष्ए न्बतभधबथ ( १
२. १२८ पोटको ख्इक्ष्ए न्बतभधबथ ( १
३. ब्ष्चतभ द्धन् राउडर (१
४. त्ष्उष्लिप राउडर (१
५. ँययज्ञ ऋययिकच मोबाईल ( १
६. भ्अय ज्ञण्छत् क्ष्लतभह मोबाईल ( १
७. डन्द्य त्यकजष्दब पेनड्राईभ ( ज्ञ
८. भ्हष्मभ ज्ञछछबmउ व्याट्री (१
९. ीगmष्लयगक ईन्भर्टर (१
१०. मल्टीप्लग (१
११. ब्ममबउतभच (ज्ञ
१२. ल्अभिि कष्m (घद्ध
१३. ल्त्ऋ कष्m (घघ
१४. लेण्ड केवल (३
। निजहरु उपर दुर संचार ऐन २०५३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको चितवन प्रहरी प्रवक्ता प्र.ना.उ. प्रभु प्र. ढकालले जानकारी दिए ।