Breaking News

रिसेल फोटोकपी मेसिन तस्करी गर्नेहरु बिच आपस मै पोल खोलाखोल

कसले खेल्दैछ यि मुख्य तस्करलाई जोगाउने गोप्य खेल ?

चितवन÷ तेश्रो मुलुकमा उत्पादित रिसेल फोटोकपी मेसिन तथा प्रिन्टरको तस्करी गर्ने तस्करहरु बिच आपसमै पोल खोलाखोल हँुदा यस कार्यमा संलग्न एक जना राजस्वको फन्दामा परेका छन् । पर्सा जिल्ला भिश्वा गाउँपालिका घर भई शिवशक्ति आईकन प्रा.लि.को नाममा फोटोकपी तथा प्रिन्टर सप्लाई गर्ने कृष्ण प्रसाद कानु क्षेत्रिय राजस्व कार्यालय पथलैयाको फन्दामा परेका हुन् । ३ करोड विगो बराबरको रकम बुझाउन नसक्दा कानु जिल्ला कारागार विरगंज चलान भएका हुन् ।

रिसेल फोटोकपी तस्करी हुने गरेको विषयमा भण्डाफोर अभियानले यस अघि नै समाचार सम्प्रेषण गरि सकेको थियो । यद्यपी नियमाक निकायहरुले बल्ल कार्वाही अघि बढाएका हुन् । राजश्व कार्यालयले शिवशक्ति आईकन प्रा.लि. को कागजपत्र र त्यसको आधारमा सञ्चालकको रुपमा रहेका कानुलाई पक्रेको हो । तर सो प्रा.लि. को नामबाट कमलेश कुमार गुप्ताले पर्साको विरगञ्ज र चितवनको नारायणगढमा शुरुबाटै पसल राखी सप्लाई गर्नुका साथै काठमाण्डौ, नवलपरासी, रुपन्देही, लगाएतका जिल्लाहरुमा समेत रिसेल फोटोकपी तथा प्रिन्टर सप्लाई गर्ने गरेको स्वयं फोटोकपी खरिदकर्ताहरु बताउँछन् ।

गुप्ताबाट फोटोकपी खरिद गरेका भरतपुरका एक व्यवसायीले भने शुरु शुरुमा कमलेशले नै हामीलाई मेसिन दिन्थे, उनको कामदारको रुपमा रहेका कृष्ण कानुसँग राम्रो सँग चिनजान पनि थिएन तर पछि उनीहरु बिचमा आपसमा मतभेद भए पछि दुई जनाले अलग–अलग पसल सञ्चालन गरेका हुन् । हामीले दुवैबाट सामान लिया, बिल भन्दा कहिल्यै दिएनन् । आफुलाई त्यति जरुरी नठानी हामीले पनि मागेनौ उनले थपे । उता विरगञ्जकै अर्का व्यवसायीका अनुसार शुरुमा मिलेर काम गरेका उनीहरु विच बजार कस्ले कब्जा गर्ने भन्ने होडबाजी नै चलेको र पछिल्लो समय उनीहरु बिच आपसमै पोल खोलाखोल भएको उनी बताउँछन् ।

कानु पक्राउ परे पनि गुप्ता पक्राउ नपर्नुले राजश्वको कार्बाही मै शंका गर्ने ठाउँ रहेको विरगञ्जकै अर्का एक स्थानीयले बताए । गुप्तालाई राजस्वले पक्रेर पनि छाड्नुले थप आशंका बढाएको उनले बताए ।

के हो रिसेल फोटोकपी र प्रिन्टर ?

हङकङ, मलेसिया, सिंगापुर तथा युरोपमा उत्पादित भई केहि समय चलेका तथा रिजेक्ट गरी नष्ट गर्न डष्टविनमा फ्याकिएका फोटोकपी तथा प्रिन्टर मेसिन नै रिसेल फोटोकपी र प्रिन्टर हुन् । यसरी नष्ट गर्नुपर्ने सामानलाई पानी जहाजबाट भारत ल्याई पुनः मर्मत र प्याकिङ्ग गरी पुनः बिक्री गरिने यस्ता फोटोकपी र प्रिन्टरलाई नै रिसेल मेसिन भनिन्छ । भन्सार भई नेपाल भित्रिए पनि त्यस्ता मेसिनको उत्पत्तिको प्रमाणपत्र हुदैन । तर तस्करहरुले भन्सार र राजश्वमा सेटिङ्ग मिलाई उत्पतिको नक्कली भारतीय प्रमाणपत्र बनाई बर्षैबाट यस्ता रिसेल मेसिनहरु बिक्री गरिरहेका छन् ।

को को संलग्न छन् तस्करीमा ?

तेश्रो मुलुकमा उत्पादित भए पनि उत्पत्तिको भारतीय प्रमाणपत्र बनाई तस्करहरुले नेपाल भित्रयाउने रिसेल मेसिन सप्लाईमा मुख्य रुपमा कमलेश कुमार गुप्ता नै सक्रिय रहेका थिए ।

गुप्ताले विरगञ्जको साथै भैरहवा लगायतका अन्य नाकाबाट समेत ठुलो परिमाणमा यस्ता मेसिन भित्रयाई चितवन राजधानी काठमाण्डौ लगायतका देश भरका शहरी क्षेत्रमा सप्लाई गर्ने गरेको पनि अध्ययनले देखाएको छ । कृष्ण काुन त्यस्तै अर्का एक गुप्ता थरकै तस्कर समेत यस्तो मेसिनहरु सप्लाई गर्ने कार्यमा संलग्न रहेको देखिन्छ ।

त्यस्तै काठमाण्डौ भरतपुर लगायतका केहि व्यवसायीहरुले पनि यस्तो मेसिन सप्लाई र बिक्री गर्ने गरेको देखिन्छ ।

को हुन् कमलेश कुमार गुप्ता ?

भारत विहार राज्यको पश्चिम चम्पारण जिल्ला सुगौली ग्राम पञ्चायत ११ स्थायी ठेगाना भई रक्सौल एवं विरगञ्जमा अस्थायी डेरा गरी बस्ने कमलेश कुमार रिसेल फोटोकपी तस्करीका एक मुख्य तस्कर हुन् ।

उनले शुरुमा कृष्ण प्र. कानु सँग मिली उनैको नाममा दर्ता रहेको शिवशक्ति आईकोन प्रा.लि.को माध्यमबाट अवैध कारोबार गरेका थिए । केहि समय पछि सर्लाही जिल्ला औरही बाट नागरिकता त्यो पनि वंशज कै निकाल्न सफल भएपछि शिवशक्ति अफिस ट्रेर्डसको नामबाट त्यस्ता रिसेल मेसिन विक्रि गरेका उनले करोडौ आर्जन गरे पनि सबै सम्पत्ति भारत तिर थुपारी नेपाल तिर सामान्य मानिस जस्तो गरी विरगञ्जमा डेरा गरी बसिरहेका छन् ।

परिवारका अन्य सदस्य समेत संलग्न रहि विरगञ्ज, भैरहवा, काठमाण्डौ, नारायणगढ लगायतका स्थानमा तस्करीका रिसेल मेसिन बेच्ने गुप्ताले आपसमै पोल खोलाखोल हुन थालेपछी पछिल्लो समय व्यवसायलाई फरक ढङ्गले अघि बढाएको जानकारहरु बताउँछन् ।

कसरी लिए कमलेशले नेपाली नागरिकता

रिसेल सामानको मार्केट नेपालमा राम्रो देखेका गुप्ताले आफ्नो नाममा व्यवसाय नहुँदा कृष्ण कानुबाट धेरै वाधा व्यहोुर्न परेको महशुस गरेपछी सर्लाहीका तत्कालिन सिडिओ सँग तराई कै एक जना नेता मार्फत सेटिङ्ग मिलाई नेपाली नागरिकता निकालेको देखिन्छ । गुप्ताको अहिले पनि भारत सुगौलीको भोटर लिस्टमा नाम रहेको अध्ययनले देखाउँछ । गुप्ताको पिता सहित सबै परिवारको भोटर लिस्टमा नाम रहे पनि उनीहरुले कसरी नेपाली नागरिकता लिन सफल भए यो शंकास्पद देखिन्छ । गुप्ताले भारतीय लाइसेन्स समेत लिएको प्रमाण भण्डाफोरले प्राप्त गरेको छ ।
यसरी नेपालका राष्टद्रोही नेता तथा घुस्याहा राष्ट्रघाती कर्मचारीहरुको कारण गुप्ताले नेपाली नागरिकता लिएको अनुसन्धानले देखाउँछ ।
यसर्थ गुप्ताको नक्कली नागरिकता छानविन गर्नुपर्ने भए पनि सर्लाही प्रशासन र अन्य सम्बन्धित निकायले किन चासो लिन सकेका छैनन्,यो थप रहस्यको विषय बनेको छ ।

गुप्तालाई जोगाउन कस्ले लगाउदैछ बल ?

तस्करीका मुख्य नाइके भएर पनि आफु उम्कदै कृष्ण कानुलाई फसाउन सफल गुप्तालाई जोगाउन विरगञ्जकै केहि जानेमाने नेताहरु लागि परेको देखिन्छ ।

अर्को तर्फ तराई कै अन्य केहि सांसद तथा मधेशी नेताहरुलाई समेत आफ्नो पैसाको बलमा गुप्ताले प्रयोग गरिरहेको एक गुप्तासँगै काम गरेका एक कामदारले आफ्नो नाम नबताउने शर्तमा भण्डाफेरलाई जानकारी दिएका छन् । उनका अनुसार त्यहि बलको आधारमा गुप्ताले भन्सार राजश्व र अन्य निकायका केहि भष्ट उच्च पदस्थ कर्मचारीलाई पनि प्रभावित गर्ने गरेको बुझ्नमा आएको छ ।
यसरी रिसेल सामान सप्लाईमा कृष्ण कानु सँगै अन्य को को हुन तिनलाई छानविन र कार्बाहीको दायरामा ल्याउन ढिला गर्दा ति नियामक निकायहरुको अनुसन्धान प्रक्रिया र पारदर्शिताको विषयमा समेत आम आशंका बढेर गएको छ ।

भारतमा २०÷३० हजारमा पाईने त्यस्ता रिसेल सामान तस्करी गरी ल्याई नेपालमा ३÷४ लाख सम्म बिक्री गरी राज्य तथा उपभोक्ता ठग्ने यि ठगहरुलाई कदाचित उन्मुक्ति नदिईयोस् । यस विषयमा हामी निरुतर खबरदारी गर्नेछौ ।

आजको भण्डाफोर अभियानबाट

sahid diwas