रत्ननगरमा आएर डिएसपी ज्ञवालीले भने, सूचना दिनुहोस् अपराधीक गतिविधि नियन्त्रणमा लिएरै छाड्छु ।

चितवन । पुर्वी चितवनको रत्ननगरमा रहेको इलाका प्रहरी कार्यालय टाँडीमा हालै सरुवा भई आउनुभएका कार्यालय प्रमुख डिएसपी दयानिधी ज्ञवालीले रत्ननगरभित्र छरिएका टोले गुण्डालाई एक साताभित्रै तह लगाएरै छाड्ने प्रतिबद्धता दिलाउनुभएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा डिएसपी ज्ञवालीले स्थानीयले सहयोग गरेमा डेढ साताभित्रै गुण्डालाइ नियन्त्रणमा लिने बताउनुभएको हो । उहाँले कतिपय ठाउँमा स्वयं ब्याबसायीद्वारा नै गुण्डालाई संरक्षक गरेको भन्ने आफूलाई सुन्नमा आएको स्मरण गराउनुहुँदै त्यसो नगर्न ब्याबसायीहरुलाई आग्रह समेत गर्नुभएको थियो । उहाँले भन्नुभयो स् “डर, त्रासकै कारण व्यवसायीले गुण्डाहरुलाई भित्रीरुपमा पैसा बुझाएको छ भन्ने मैले सुन्ने गरेको छु”, रत्ननगरमा नहोला तर, अन्य ठाउँमा यस्तै छ , तपाईंहरु सूचना दिनुस्, म एक्सन लिन्छु र तिनीहरुलाई १० दिनमै तह लगाउँछु ।” तपाईंहरूले त्यस्ता गुण्डाहरुको सुची बनाएर प्रहरीलाई सहयोग गर्नुस् , सहयोग गरेक खण्डमा व्यवसायीलाई सुरक्षा प्रदान गर्ने छु ।

निर्धक्क भएर व्यवसाय गर्ने वातावरण बनाउ : अध्यक्ष रेग्मी

यता, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले निर्धक्क भएर व्यवसायलाई आफ्नु ब्यापार ब्याबसाय गर्ने वातावरण बनाइदिन डिएसपी ज्ञवाली समक्ष आग्रह गर्नुभएको छ । उहाँले “हामी सुरक्षित छौं भन्ने वातावरण प्रहरीबाट होस् ।” भन्ने बाताबरण बनाइदिन ज्ञवाली समक्ष आग्रह समेत गर्नुभयो । उता , संघका निवर्तमान अध्यक्ष ज्ञानबहादुर बिसुरालले देशकै तेस्रो पर्यटकीय गन्तव्यस्थल रूपमा सौराहा रहेको उल्लेख गर्नुहुँदै उहाँले यहाँ विभिन्न किसिमका मानिस आउने भएकाले उनीहरुबाट अपराधिक क्रियाकलाप हुन सक्ने भन्दै प्रहरीलाई त्यसतर्फ सचेत हुन समेत आग्रह गर्नुभएको थियो । व्यवसायीकरणविना समृद्धि सम्भव नरहेको उल्लेख गर्नुहुँँदै उहाँले व्यवसायीकरणका लागि शान्ति सुरक्षा महत्वपूर्ण पाटो रहेकोमा समेत जोड दिनुभयो । त्यस्तै , कार्यक्रममा सहभागी अन्य रत्ननगरका ब्याबसायीहरुले समेत प्रहरी मुस्कानसहितको सेवामा हिंडेको बताए पनि यस ठाउँमा रहेका प्रहरीको ब्याबहोर अझै पुरानो अवस्थामा नै फर्किएको, रत्ननगरका चोकचोकमा ट्राफिक व्यवस्था अस्तव्यस्त रहेको, लागूऔषधको कारोबार मौलाउँदै गएको भन्दै डिसपी ज्ञवालीको ध्यानाकर्षण समेत गराएका थिए । संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्व अध्यक्षद्वय राजेन्द्रकुमार श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, महासचिव निराजन खनाल, सदस्यद्वय पुरु खनाल, शिवलाल श्रेष्ठलगायतले आ(आफ्नो धारणा व्यक्त समेत गर्नुुुभएको थियो ।