ट्याक्टर सहितको अवैध काठ प्रहरी नियन्त्रणमा

फाईल फोटो

चितवन÷भरतपुर महानगरपालिकाको वनको रुपमा रहेको नारायणगढको नगरवनबाट काठ कटान गरी स–मिल तिर लैजादै गरेको अवस्थामा प्रहरीले ट्याक्टर सहितको अवैद्य काठ बरामद गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढको सादा पोशाकका गस्ती टोलीले उनीहरुलाई भरतपुर–३ बाह्घरे बाट गत शनिबार राती पक्राउ गरेको हो ।

बाह्घरे हरियाली टोलबाट लंकुतिर लैजादै गरेको अवस्थामा प्रहरीले रातको ८ः३० बजे उनीहरुलाई पक्रेको हो । ना.६.त.६५२१ नं को उक्त टयाक्टरमा सिसौका १३ थान गोलीया सहित ट्याक्टरमा सवार सवारी चालक तनहु देवघाट ५ का विक्रम मगर, भरतपुर ५ का सुजित थापा र सोही स्थानका रुपेश गुरुङ्ख पक्राउ परेको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरिक्षक केशव शाहले जानकारी दिए । पक्राउ काठ, ट्याक्टर र तिन जना व्यक्तिको मुचुल्का उठाई जिल्ला वन कार्यालय बुझाईएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरिक्षक शाहले जानकारी दिए ।

प्रहरीको विशेष अभियान र जिल्ला प्रहरी कार्यालयको निर्देशन मुताविक वडाका क्षेत्रमा लागु औषध नियन्त्रण, तस्करी नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्न वडा प्रहरी लागि रहेको पनि प्रहरी निरिक्षक शाहले जानकारी दिए ।

आजको भण्डाफोर अभियानबाट