दुई महिलामाथि जबर्जस्ती करणी गर्ने शर्मा प्रहरी नियन्त्रणमा

प्रनिश थापा

चितवन , २८ असार । भरतपुर महानगरपालिका वडा नम्बर ३ बाह्रघरेमा रहेको श्री गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रका सञ्चालकलाई चितवन जिल्ला अदालतले मंगलबार १० वर्षको कैद फैसला सुनाएको छ । केन्द्रमा आश्रित दुई महिलामाथि जबर्जस्ती करणी भएको आरोपमा मुद्दा चलेका केन्द्रका सञ्चालक बाग्लुङ नगरपालिका १३ घर भई हाल भरतपुर ३ बस्ने वर्ष ३९ का विष्णु शर्मालाई चितवन अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले मंगलबार असार २६ गते १० वर्ष कैद र ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । आरोपित शर्माविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा गत , वैशाख ७ गते पीडितहरुले जाहेरी दिएका थिए ।