स्थलगत रिपोर्टिङ – पर्सा प्रहरीको अशुली धन्दा उच्च

  एसपीको कमजोर नेतृत्व भएको स्थानीयको बुझाइ ।

 


पर्सा , २७ असार । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालको कमजोर कमान्डरका कारण सिंगो पर्सा प्रहरीकै मनोमानी दिनप्रतिदिन बढ्दै गएको छ । कार्यालय प्रमुखकै अक्ष्मताका कारण जिल्लामा पुनः तस्करहरु फस्टाएका छन् नै क्राइममा रूपमा खटिएका अधिकांश घुमुवा प्रहरीहरुको अशुली धन्दाले समेत जरा गाड्न थालेको छ । कार्यालय प्रमुख ढकाललाई समेत गुुुम्राहमा राखी अशुलीमा मात्रै केन्द्रीत भएको दाबी स्रोतको छ । यस बिषयमा पर्साका प्रहरी प्रमुख ढकाल सित समेत हामीले जवाफ मागेका थियौं जवाफमा उनी गैरजिम्मेवार अभिव्यक्ति दिन समेतपछि पर्दैनन् । भनिन्छ एउटा आलुले सिंगो आलु कुहाउन्छ । तर , त्यहीँ कुहिएको आलुलाई ब्यावस्थित नगर्दा पर्सा जिल्लाभरका सबै प्रहरी बिवादित बन्दै गएको सरोकारवालाहरु बताउँछन् । कार्यालय प्रमुखले नैै सुुुरक्षामा खासै चासो नदिदा जिल्लाका दर्जनभन्दा बढी प्रहरीको मनोमानीले यतिखेर हद नाघ्न थालेको स्रोतले बताएको छ । कार्यालयको जिम्मेवारी सम्हालेका एसपी रेवती ढकालले बिवादित प्रहरीलाई मात्रै काखी च्याप्नुले पनि यथेष्ट रूपमा शंका गर्न सकिने ठाउँ रहेको स्रोतले बतायो । उनलाई त्यहाँबाट भनेअनुसारको कमिसन आउने भएकोले एक्सनमा नउत्रिएको हो कि भन्ने हल्ला समेत पर्सा प्रहरीमा व्यापक रूपमा चलिआएको छ । उनी अन्य प्रहरी अधिकृतको तुलनामा त्यत्ति बिवादमा नआए पनि बदनाम प्रहरीलाई मात्रै एकत्रित गर्दै हिंड्न थालेपछि अब भने बिवादमा तानिने लगभग पक्कापक्की जस्तै भएको स्रोत बताउँछन् । त्यहाँ कार्यारर्त अधिकांश प्रहरीको दरबन्दी जिल्लामा छैनन् । दरबन्दीमा रवाना दिएर फिर्ता पठाउनु एसपीको पहिलो कर्तव्य र दायित्व हो तर, एसपी ढकाल यहिं चुकेका छन् । बर्षौंदेखी बदनाम रहेका प्रहरीलाई मात्रै उनले काखी च्याप्नुको कारण के हो त रु हामीले उनी सित मंगलबार दिउँसो जवाफ समेत मागेका थियौं । जवाफका क्रममा उनले त्यस्तो केही नभएको भन्दै आफ्नु संगठनलाई बचाउने हरसम्भव प्रयास गरे । इमान्दारीपूर्वक संगठनको ओहोदामा रहेर काम गर्नेलाई उनले देख्नै नसक्ने खबर समेत छ । स्रोतको भनाइलाई उदृत गर्दै हामीले उहाँलाई बर्षौंदेखी एकछत्र रूपमा जिल्लामा राज गर्दै आउने बिवादास्पद प्रहरीलाई दरबन्दीमा फिर्ता पठाउनु तपाईंको पहिलो कर्तव्य हो या होइनन् भनी प्रश्न गर्दा उनले सुरुमा त अकमक्काए पछि हो समेत भने लगत्तै हामीले केही प्रहरीको नाम दिएर यिनलाई किन नहटाएको त भनी जिज्ञासा राख्दा उनको जवाफ मुखबाट आउन सकेनन् । पछि बोलेका उनले यो जिल्ला प्रहरी कार्यालय पर्साको बिषयबस्तु भएको भन्दै यस्मा केही नबोल्ने संकेत गरे । हामीले उनी सित इमान्दारी प्रहरीलाई किन लखट्नुहुन्छ भनी प्रश्न समेत गरेका थियौं । सुन , मरिच समात्ने इनर्वा प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक त्रिभुवन शाह र टाइगर टोलीका प्रहरी जवान सन्तोष पट्टेललाई किन जिल्लाबाट हटाइएको भनी प्रश्न राख्दा उनले सरुवा भएपछिको नियमित प्रक्रिया भएको बताउदै जवाफ घुमाउने प्रयास गरे । उनले भने, सरुवा भएपछि दरबन्दीमा फिर्ता हुनैपर्छ त्यसैले उनलाई दरबन्दीमा रवाना दिएर फिर्ता गरेका हौं । स्मरण रहोस् स् इनर्वा नाकाका सई शाहले जिम्मेवारी सम्हालेको छोटो अवधिमै ठुलो मात्रामा मरिच , अबैध भारतीय नक्कली नोट , अबैध सुन सहित गैरकानुनी गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइ कार्वाही प्रक्रियालाई अगाडि बढाइएको थियो । उनले सफलता अनुसारको कामकारबाही गर्न थालेपछि एसपी ढकाल तनावमा थिए । पुरस्कृत गर्नुपर्नेमा उनलाई लखट्नु एसपी ढकालको यो कार्य प्रति चर्को आलोचना समेत प्रहरीले नै गर्न थालेको छ । एसपी ढकाललाई पुरस्कृत गर्नुपर्ने प्रहरीलाई किन लखटेको भनी जिज्ञासा् राख्दा दरबन्दीमा फिर्ता पठाउने भएकोले उनलाई फिर्ता पठाइएको जवाफ दिए । हामीले उनीसित काज समेत रहेको अवस्थामा उनको काज रद्द गर्ने अनि रसुवा दरबन्दी भएका पोखरीया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोपाल खड्का र मकवानपुर दरबन्दी भएका इनर्वा प्रहरी चौकीका प्रहरी हवल्दार सुरेन्द्र साहलाई किन फिर्ता नगरेको नि भनी प्रश्न राख्दा उनी अकमक्काए । पछि जवाफ दिएका उनले तपाईंले भनेर हुने हैन कसलाई पठाउने नपठाउने तय जिल्लाले गर्ने भन्दै यस बिषयमा पत्रकारले बोल्नु उचित नहुने बताएका थिए ।