उद्योग वाणिज्य संघ चितवनका संस्थापक सचिव एवंम पूर्व अध्यक्ष पियाको निधन ।


चितवन , १९ असार । उद्योग वाणिज्य संघ चितवनका संस्थापक सचिव एवंम पूर्व अध्यक्ष कृष्ण वन्धु पियाको मंगलबार ८२ वर्षको उमेरमा निधन भएको छ ।
स्वर्गीय पियाले वि।सं २०१६ देखी १९ सम्म सचिव पदमा रही कार्य गरेका थिए । वि।सं २०२२ देखी २०४४ सम्म १६ वर्ष संघको अध्यक्ष पदमा रही कार्य गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा लामो समय रही कार्य गरेका थिए । स्वर्गीय पियाको निधनले अभिभावक मात्र नभई औद्योगिक विकासका एक मूर्धन्य प्रणेता गुमाएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले बताए ।उनी जिल्लाकै पहिलो दाना उद्योगी समेत रहेका थिए भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा पियाको निधन भएको हो । स्वर्गीय पिया विंस १९९३ साल पुस महिनामा जन्मिएका थिए ।