चितवनको न्यू होप एग्रो बिजनेस नेपालका कर्मचारीहरु आन्दोलनमा ।

 

चितवन , १९ असार । चितवनको न्यू होप एग्रो बिजनेस नेपालले दाना उत्पादनमा गृणस्तरलाई ध्यान नदिएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । दाना उत्पादनका लागी चितवन मंगलपुरमा स्थापित बहुराष्ट्रिय कम्पनी न्यु होपले कर्मचारीहरुको सुझाव नमानेपछि एकै पटक ७ कर्मचारीले राजीनामा दिएका हुन् । कम्पनी निकट स्रोतले भन्यो यहाँ कम्पनीले किसानलाई ठग्ने काम गरेको गुणस्तरमा ध्यान नदिएपछि गुणस्तर वृद्धि गर्न नमानेपछि आफुहरुलाई समेत समस्या आउने भएपछि कर्मचारीले राजीनामा दिएका हुन् ।
गुणस्तरमा आएको ह्रासलाई सुधार गर्न पटकपटक कर्मचारीले माग गर्दै दना डिलर तथा किसानहरुको स्वच्छ दाना प्रयोग गर्न पाउने कुरालाई मध्ये नजर गर्न आग्रह गर्दा वेवास्ता गरेपछी राजीनामा दिएको एक कर्मचारीले नाम नबताउने सर्तमा बताए । राजीनामा दिनेमा ३ जना पशु चिकित्सक सहित ४ जना बजार व्यबस्थापक र बजार प्रतिनिधि रहेको छन् । यसअघि गएको चैत २४ गते जिल्ला प्रशासन कार्यालय चितवनको एक टोलीले कम्पन्प अनुगम गर्दा दाना उद्योगहरुले दानामा चिसोपनाको मात्रा ९मवाईसचर० आवश्कता भन्दा बढी बनाउने गरेको भेटिएको थियो । कुखुराको लागी तयारी दाना कम्पनीले प्याकिगं गर्दा चिसोको मात्रा ११ प्रतिशत भन्दा कम हुनुपर्ने नेपाल सरकारको मापदण्ड छ । तर , न्यू होपले दाना तथा चोक्करमा चिसोपनाको बृद्धि गरी किसान ठग्ने गरेको पृष्टि भएको थियो । चिनियाँ लगानीमा निमार्ण भएको चिनियाहरुले नै सन्चालन गरेको न्यु होप दाना कम्पनीले उत्पादन गरेको दानाको ल्याव रिपोर्ट हेर्दा चिसोको मात्रा १२ प्रतिशत भन्दा बढी भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रबिन तिवारीले बताए ।