चितवनको माडी नगरपालिका दुई सातादेखि अन्धकारमय ।


चितवन , १९ असार । दक्षिण चितवनको माडी नगरपालिका दुई सातादेखि अन्धकार बन्न पुगेको छ । चितवनको निकुञ्जस्थित जुमिनमुनी बिच्छ्याइएको विद्युत केवलमा देखिएको खराबीका कारण माडी नगरपालिका दुई सातादेखि अन्धकारमय बन्न पुगेको हो । बिद्युत नहुँँदा यहाँका ५ हजार भन्दा बढी ग्राहक प्रभावित भएका छन् । फोन सम्पर्क लगायत विद्युतबाट हुने अत्यावश्यक कामहरु समेत प्रभावित भएको गुनासो माडीका स्थानीयको छ । गत , असार ७ गते जमिनमुनी बिच्छ्याइएको विद्युतको तारमा खराबी भएपछि यहाँ विद्युत ठप्प भएको नेपाल विद्युत प्राविधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महत्तोले बताए । उहाँका अनुसार खराबी पत्ता लगाउन नेपाली प्राविधिकहरुले नसक्ने भएकाले भारतबाट समस्या पत्ता लगाउने फल्ट लोकेटर मेसिन ल्याएर काम थालिएको बताए । ‘आवश्यक प्रक्रिया गरेर भारतबाट मेसिन ल्याईयो, महत्तोले भने, शनिबार खराबी पत्ता लाग्यो तर बनाउने बित्तिकै फेरि अर्को स्थानमा खराबी देखिने समस्या आइरहेको उनको भनाइ थियो ।’