सम्पादकीय

बाढी पिडीतलाई उद्धार गरी राहत देऊ ।

गत केही दिन यताको अबिरल बर्षाको कारण आएको बाढी पहिरोमा परी मुलुकभर दर्जनौ नागरीकहरुले ज्यान गुमाएका छन् । सयौ मानिसहरु बेघरबार भएका छन् । गरिब र बामपन्थी भनाउदो सरकार मस्तसँग सुतेको छ ।
नागरिकहरुको दुःखमा मलमपट्ठी लगाउन सरकारले ढिलाई गरिरहेको आम गुनासो बढिरहेको छ । मनसुन शुरुभएपछि गत शनिबार देखि देशभर भारी बर्षा भएको छ । बर्र्षा अझै एकदुईदिन हुने मौषमविदहरुले जानकारी गराएका छन् ।
चितवनसहित देशभका अधिकांश भूभागमा मनसुनी झरी परिरहेको छ । झरी परिरहेकाले बाढीको अझै खतरा छ । बाढीको खतराबाट समयमै जोगिन जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह समेत गरिसकेको छ ।
केहीदिन अझै पूर्व देखि पश्चिमका चुरे तथा महाभारत शृङ्खला भएर बग्ने प्रायः सबै खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सतर्क रहनुपर्ने देखिन्छ ।
अबिरल परेको बर्षाले पहाडमा बाढी पहिरो निम्त्याईरहेको छ भने तराईमा कटानको साथे डुबानको समस्या निम्त्याईरहेको छ । देशभरको जनजिवन केहीदिन यता बदलिएको छ । बर्षा र बाढी पहिरो ले बेघरबार भएकाहरुलाई उद्धाार तथा राहतको जरुरी छ । सरकारले उद्धारको कामलाई अगाडी बढाएपनि त्यो अर्पाप्त देखिन्छ । विराटनगर, विरगंज जस्ता महानगर नै डुबानबाट प्रभावित भएका छन् ।
अन्य क्षेत्र र ग्रामिण तथा पहाडी भु भागमा बर्षा र बाढी पहिरोले कति क्षति पु¥याएको छ त्यस्को अझै विस्तिप्त विबरण आईसकेको छैन । सबैतिर बाढीले वितण्डा मचएको छ । सरकारले आफ्ना संयन्त्रहरु परिचालन गरि बाढी पिडीतको उद्धार गर्न ढिला गर्न हुन्न । नागरिकहरु शास्तीमा भएको बेला जाँगर चलाउन ढिला गरे सरकारप्रतिको जनमोह विस्तारै भगं हुदैजाने छ ।
अतः सरकार बाढी पिडीतलाई उद्धार गरी राहत देऊ ।