निन्दनीय आमा मापसे नगर्नु भनेपछि छोरीको जीवनलिला नै समाप्त ।

चितवन , १४ असार । पुर्वी चितवनको कालिका नगरपालिका वडा नं। ६ सूर्यपुर सुन्दरवस्तीकी एक महिला आफ्नै छोरीलाई मारेको अभियोगमा बिहीबार पक्राउ परेकी छन् । बिहीबार बिहान ठुलो संख्यामा रहेका स्थानीयले छोरीको मृत्यु नभई सुनियोजित तरिकाले हत्या गरिएको भनी किरिया बसेकै घरमा जुलुश र नाराबाजी गर्न थालेपछि घट्ना स्थल पुगेको ईलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले आज निजका आमालाई पक्राउ गरेका हुन् । मृतकका आमालाई प्रहरीले बिहीबार पक्राउ गरी ईलाका प्रहरी कार्यालय टाँडी लगेपछि सयौँ महिलाहरु एंवम् टोल सुधार समितीले दोषीलाई कारवाही हुनुपर्ने माग राख्दै ईलाका प्रहरी कार्यालयमा समेत दवाब दिन पुगेका थिए । गत , असार ८ गते शुक्रबार आफ्नै १४ वर्षीया छोरी ममता परियारलाई घाँटी थिचेर मारेको आरोपमा प्रहरीले बर्ष ३५ को आमा शोभा परियारलाई पक्राउ गरिसकेको बताउदै अनुसन्धान प्रक्रियालाई अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले बताए ।

भएको के थियो रु
मृतक १४ बर्षे छोरी ममता परियार सधैंझै शुक्रबार पनि बिद्यालयबाट घर फर्किन् । स्थानीय जमुनापुर माध्यमिक बिद्यालयको कक्षा ९ मा अध्ययनरत छोरी ममता स्कुलबाट घरमा आईपुग्दा सधैंझैँ आमा शोभा परियार शुक्रबार मादक पदार्थ सेवनमा लठ्ठ थिइन् । आफ्नु आमा मापसेमा लठ्ठ परेको देखेपछि शोभाकी छोरीले आफ्नी आमालाई पटकपटक मादक पदार्थ सेवन नगर्न आग्रह के गरिन् । उनले के आग्रह मात्र गरेकी थिइन् आफ्नै छोरी माथि आक्रमक भइन । र , अपशब्द बोल्दै गालीगलौजमै उत्रिन । ूखाउखाउ ( लाउलाउू भन्ने उमेरकी उनकी छोरीले मापसे नगर्नु र गर्नुहुन्न भनेपछि उनलाई अभिषाप भयो । अपशब्द बोलेपछि छोरीले आमालाई पनि थप्पड हानिन् त्यसपछि सो रिसमा आगो भएकी आमाले छोरीलाई अन्दाजी बेलुकीको ६ बजेको समयमा घाँटी थिची उनको जीवनलिला नै समाप्त पारिन् । त्यसपछि नाटकीय ढंगले आमाले झुण्डिएर मरेको बनाउन सलले घाटीमा बाँधेर पंखामा झुण्ड्याएको र राती ८ बजे मात्र स्थानीयहरुलाई छोरी झुण्डिएर मरिछे भनी बोलाएर पन्छिन खोजेको आरोप स्थानीयले लगाएको छ ।
स्थानीयवासीहरुले सुरुदेखि नै घट्ना सुनियोजित भएको भनी छानविन गर्न पटकपटक आग्रह गरेपनि रत्ननगर प्रहरीले खासै चासो नदेखाएको आरोप उनीहरुको छ ।