समाचार आएपछि तनावमा परेका जिसी ४ दिनका लागी घर बिदामा गए ।

 

 चितवन , १४ असार । बारम्बार आफु विरुद्धको समाचार आउन थालेपछि ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिवश बहादुर जिसी चार दिनको घर बिदामा गएका छन् । उनले आजको मितिदेखी लागु हुने गरी चार दिनको लागी घर बिदामा गएको स्रोत बताउँछ । स्रोतका अनुसार उनी विरुद्धमा मंगलबार समाचार आएपछि तनावमा रहेका उनले बिहीबारदेखी आइतबारसम्म घर बिदामा गएको बताए । यद्यपि , घर बिदामा गएको भनिए तापनि उनी विभिन्न निकायमा भनसुन गर्न गएको हुन सक्ने आंकलन समेत स्रोतले लगाएको छ । समाचार प्रकाशित हुन अगाडि घर बिदामा बस्न्ने कुनैै योजना नबनाएका उनले अक्समात समाचार आएपछि बिदामा बस्नुले पनि थप केहि रहस्य हुन सक्ने स्रोतले बतायो । प्रहरी प्रधान कार्यालयबाट कार्तिक १२ गते सरुवा भएलगत्तै गैैंडाकोट आएका उनी केही बदनाम प्रहरीकै कारण जेठ यता बिवादित बन्दै गएका छन् ।
स्मरण रहोस् स् उनले जहाँ गएर भनसुन गरेपनि पीडितले उनीमाथि लगाएको आरोपको अडियो रेकर्ड हामीसंँग सुरक्षित छ ।