Breaking News

लागु औषध दूव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

चितवन, १३ असार
लागु औषध दूव्र्यसनी विरुद्ध काम गर्दै आएको सन्देश फाउण्डेन नेपालले भरतपुर महानगरपालिका वडा नम्बर २८ मा सचेतनामूलक कार्यक्रम गरेको छ ।
भरतपुर महानगरपालिकालाई लागु औषध मुक्त नगर बनाउने उद्देश्य सहित सुरुआत गरिएको भरतपुर महानगर लागु औषध रोकथाम अभियान अन्तर्गत बुधबार भरतपुर २८ को सरस्वती माविमा कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् सन्देश फाउन्डेशन नेपालकी संरक्षक ज्ञानु बस्नेतले लागु औषध मुक्त समाज बनाउनको लागि नीति निमय नै निर्माण गर्नुपर्ने बताउनुभयो । यसका लागि नीति निर्माण तहमा आफूहरुले छलफल गर्ने समेत बस्नेतको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष आशबहादुर कुमालले लागु औषधले समाज अशान्त बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि समाजका हरेक नागरिक सचेत हुनुनपर्ने बताउनुभयो । केही समुदायको धर्म र संस्कृतिमा रक्सी अनिवार्य भएकोले यसको रोकथाम गर्न नसके पनि नियन्त्रण गर्न सकिने कुमालले बताउनुभयो ।
उक्त कार्यक्रममा स्थानीय समाजसेवी सिला परियारले नारायणी नदी किनारमा किशोरहरु गएर गाँजा खाने गरेकाले त्यसको नियन्त्रणको लागि स्थानीय प्रशासनले तदारुकता देखाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपाका नेता लोकनाथ सापकोटा, सरस्वती माविका प्रधानाध्यापक डिल्लीराम सोडारी, स्थानीय समाजसेवी जयप्रकाश कुमाललगायतले लागु औषध विरुद्ध सबै जना मिलेर लाग्नुपर्ने बताएका थिए ।
सन्देश फाउन्डेशन नेपालका संस्थापक गौरवबाबु ढकालले लागु औषधले व्यक्ति बिग्रियो भनेर भन्नुभन्दा पनि यो सामाजिक समस्या भएकाले समाजबाट नै समाधानमा जुट्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भरतपुर महानगर लागु औषध रोकथाम अभियानका संयोजक दिवाकरराज श्रेष्ठले लागु औषधबाट हुने क्षति बारे जनचेतना जगाउन विद्यालय तहको पाठ्यक्रममा नै लागु औषधको विषयलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयका करिब दुई सय विद्यार्थीहरु सहभागी भएको कार्यक्रममा सन्देश फाउन्डेशनका सदस्यहरु गोकुल कंडेल र रमेश घतानेले चेतनामूलक सांस्कृतिक कार्यक्रम गरेका थिए ।
सन्देश फाउन्डेशन नेपालद्वारा सञ्चालित सुनौलो बिहानी लागु औषध उपचार तथा पुनस्र्थापना केन्द्रले भरतपुरका २९ वटै वडामा सचेतनामूलक कार्यक्रम गर्दैछ ।

sahid diwas