कार्यालय प्रमुखको असक्ष्मताका कारण गैंडाकोट प्रहरीमाथी प्रश्न चिन्ह खडा ?


गैंडाकोट , १३ असार । ईलाका प्रहरी कार्यालय गैंडाकोट पछिल्लो समय केही सिमित ब्यक्तिको स्वार्थको कारण बदनाम हुँदै गएको छ । कार्यालय प्रमुख नै बिवादास्पद छवि भएका प्रहरीलाई काखी च्याप्न अग्रसर भएकै कारण पछिल्लोपटक ईलाका प्रहरी कार्यालयका सबै प्रहरी बदनाम हुँदै गएको प्रति कर्मचारी गुनासो गर्छन् । कार्यालय प्रमुख फेरिएपछि परिवर्तन आउनेमा धेरै आशावादी थिए । तर, गैंडाकोट ईलाका प्रहरी कार्यालय क्षेत्रमा भने यस्को ठिक उल्टो भएको छ र सहि दिशा जानुपर्नेमा बिपरित दिशातर्फ गइरहेको छ । कार्यालयका प्रहरी निरीक्षक दिवश जिसीको कमजोर सुरक्षा नेतृत्वका कारण गैंडाकोट क्षेत्र नै दिनानुदिन अस्तब्यस्त हुँदै गएको स्थानीयको बुझाई छ । अझै भनौं , टोक्नु न ओकल्नु सरहमा पुगेको छ । कार्यालय प्रमुखको जिम्मेवारी आफ्नु कार्यकालमा राम्रो काम गरी स्थानीयको ढुकढुकीमा बस्नुपर्ने हो । तर, गैंडाकोटको जिम्मेवारी बहन गरेका प्रहरी निरीक्षक जिसीको हकमा भने यो कहिल्यै लागु नैै भएको पाइदैन । उसैको अग्रसरतामा गैंडाकोट क्षेत्रको शान्तिसुरक्षामा खल्ल पुर्‍याइरहेको हवल्दार दर्जाका एक प्रहरी गुनासो गर्छन् । शिष्ट भाषा प्रयोग गर्न नजान्ने उनै कार्यालय प्रमुख जिसीले पद र शक्तिको दुरुपयोग गर्ने गरेको समेत खुल्नमा आएको छ । मनपरेको ब्यक्तिलाई सरुवा भएको लामो समयसम्म पनि दरबन्दीमा फिर्ता नगर्ने र मननपर्ने ब्यक्तिलाई भटाभट दरबन्दीमा जान जवरजस्ती निर्देशन दिने देखी लिएर प्रमाण बिना कार्वाहीसम्म गर्ने र ईलाकाबाट नै परिवर्तनसम्म गर्ने हर्कत राख्दा त्यसप्रति आमनागरिकले उनी प्रति कस्तो अपेक्षा राख्ने ? प्रहरी नियमावलीलाई पल्ट्याउने हो भने त्यहाँ स्पष्ट रूपमा उल्लेख गरिएको छ , कुनै पनि प्रहरी सरुवा बढुवा भएपश्वात कम्तीमा पनि एक बर्ष सम्म दरबन्दीमा बस्नैपर्ने हुन्छ । तर, उनै प्रहरी निरीक्षक जिसीले दरबन्दीमा फिर्ता गरेनन् मात्रै होईन बदनाम प्रहरीलाई काखी नै च्यापेर राख्ने गरेका छन् । ईलाका प्रहरी कार्यालय रत्ननगर चितवन दरबन्दी भएका प्रहरी नायब निरीक्षक प्रकाश सिंखडा जो दरबन्दीमा जान पटकपटक खोजे । तर, कानुनको खिल्ली उडाउन माहिर जिसी सिंखडा लाई रवाना दिन खोजेनन् । एउटा इमान्दार प्रहरी अधिकृत रवाना बुझ्छु भनी रवाना बुझ्न जाँदा दरबन्दीमा नपठाउने कस्तो कार्यालय प्रमुख ? गुनासो गर्दै कार्यालयकै एक हवल्दार दर्जाका प्रहरी भन्छन् स्( यी त एक नमुना मात्रै भएको र गत , कार्तिकमा सरुवा भएर जिल्ला आएका उनी पटकपटक बिवादित बन्दै गएका छन् । कारण उनैले परिचालन गरेको सादा पोशाकका प्रहरी हुन् । प्रहरी मुख्यालयमा बारम्बार उजुरीको ठेली पुगेपछि प्रहरी जवान बिरेन्द्र लामालाई दरबन्दीमा फिर्ता गर्नुको सट्टा उल्टो कमाउ अड्डामा पठाएको समेत थाहा भएको छ । त्यहाँको रवाना लिएका लामाले अहिले प्रहरी चौकी बेल्डिया पुगेको भने पनि उनले गैंडाकोटमा सादा पोशाकमा आई आर्थिक कारोबार हेर्ने गरेको कांग्रेसचोकका स्थानीय गुनासो गर्छन् । शुक्रबार कार्यालयबाट प्राप्त सूचना अनुसार उनले बेल्डियाको रवाना गत असार ६ गते नै बुझे पनि शनिबारसम्म गैंडाकोट आएको बताए । मुख्यालयलाई ढाँटेर छलेर यी ब्यक्ति यहाँ कार्यारर्त नभएको भनी देखाउने र उनीबाट अनुुचित लाभ लिने उद्देश्यले असार ६ गते नै कार्यालय प्रमुखले लामालाई कमाउ अड्डामा पठाए पनि उनको अशुली धन्दाले थप निरन्तरता पाउदै गएको छ । सो , चौकी सिमा बोर्डरको नाकाका रूपमा समेत चिनिन्छ । लामा लाई आफ्नु दरबन्दीमा फिर्ता पठाउनुको त परको कुरा उल्टो जिल्लाको कमाउ अड्डामा पठाउने जिसीको नियतमाथि स्पष्ट रूपमा शंका गर्न सकिन्छ । कडा स्वभावका भएपनि जिसीले लामा र अर्का प्रहरी जवान ऋृषि बानियाँलाई भने, केका आधारमा काखी च्यापे त्यो बुझ्न कठिन छ । सोही कार्यालयमा दरबन्दी भएका प्रहरी जवान ऋृषि बानियाँ समेत बिवादास्पद प्रहरी नै हुन् । भने, लामाको समेत दरबन्दी त्यहाँ होईन । दरबन्दीमा फिर्ता नपठाउनु पनि जिसीको एक कमजोरी नै भएको हवल्दार दर्जाका प्रहरी गुनासो गर्छन् । त्यस्तै, उनको मनोमानी यतिसम्म छ की सरुवा भएर आएलगत्तै एक प्रहरीलाई दरबन्दीमा फिर्ता गरे तर, उनलाई यो थाहा छैनन् कि दरबन्दीमा फिर्ता पठाउने ब्यक्ति दुई बर्षसम्म बदनाम भएर त्यहीं कार्यारर्त थिए । आफुले इमान्दार भएको काम गरेको र देख्न नसकेर कार्यालय प्रमुखलाई भनी जिल्ला पठाएको ती प्रहरीको गुनासो छ । उनी गुनासो गर्छन् स् मलाई दरबन्दीमा फिर्ता पठाउने तर उनलाई भने दरबन्दीमा नपठाउनुले पनि शर्माबाट उनले लाभ लिएको पुष्टि हुन आउँछ । यता , प्रहरी नायब निरीक्षक देवराज शर्माले जे भने त्यहीं मान्ने प्रहरी निरीक्षक जिसी दर्जामा को ठुलो हो त्यो बुझ्न कर्मचारीलाई नै कठिन हुन्छ । शर्माले दरबन्दीमा पठा भनेपछि पठाउने र नत्र नपठा भनेपछि नपठाउने गरेको समेत खुल्नमा आएको छ । कार्यालय प्रमुख नै प्रहरी मुख्यालयबाट बेनामी आउदैमा, सञ्चारमाध्यममा समाचार आउदैमा मलाई केही फरक पर्दैन भन्दै खैलाबैला मच्चाउने गरेको स्थानीयबासी बताउँछन् । घुस्याहा र कामचोर कर्मचारीलाई मात्रै काखी च्यापी संगठनको नीतिनियमलाई धर्ज्जी उडाई कामकारबाही गर्नमा सहयोग गर्ने , इमान्दार प्रहरीलाई निगरानी राखी डाँडा नै कटाइदिन्छु भनी अभिव्यक्ति दिने साथै, प्रमाणबिना नै कार्यालय प्रमुख हुँ भन्दै चुकुल लगाइ अपशब्द बोली आफ्नै कर्मचारीलाई दुब्यबहार गर्दै कार्वाही गर्ने , बिवादास्पद प्रहरीकै कुरो सुन्ने, दरबन्दीमा पठाउन आलटाल गर्नुका साथै , अनुसन्धान एवं प्रमाण बिना नै शक्ति र पदको दुरुपयोग गर्दै नियमावली बिपरित अघि बढ्दै हिंड्ने गर्दा
आमनागरिकले यस्तो अक्ष्म प्रहरी निरीक्षकबाट के अपेक्षा लिने ? उहीँ समयमै घुमुवाको नेतृत्व गर्ने बदनाम प्रहरी जवान बिजय यादवलाई ग्रेड कट्टा गरी आवश्यक कार्वाही गरेको भएपनि बिरेन्द्र लामालाई भने अझैसम्म छानबिनको दायरामा ल्याइएको छैनन् । जसतर्फ सम्बन्धि निकायले चाँडो ध्यान दिनुपर्नेमा कांग्रेसचोकका स्थानीय जोड दिन्छन् ।

बदनाम सई शर्मा अझै दरबन्दीमा हाजिर भएनन् ।
यसैबीच , प्रहरी प्रधान कार्यालय मानवस्रोत बिकास बिभाग कर्मचारी प्रशासनले असार ३ गते चलानी नम्बर ४३१० पत्र संख्या २(०३(०३.४ (०७४र०७५) उल्लेख गर्दै ११०९ प्रहरी नायब निरीक्षकको सरुवा निकालेकोमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा सरुवा भएका बदनाम प्रहरी नायब निरीक्षक देवराज शर्मा अझै जिल्ला प्रहरी कार्यालय स्याङ्जा हाजिर भएका छैनन् । कार्यालयले निकालेको सरुवा सुचीको ३५५ नम्बरमा उनलाई ईलाका प्रहरी कार्यालय अमानीगंज नवलपरासीबाट जिल्ला प्रहरी कार्यालय स्याङ्जाको महिला तथा बालबालिका सेवा केन्द्रमा पठाएको स्पष्ट रूपमा उल्लेख भए पनि उनी अझैसम्म हाजिरी भने भएका छैनन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले गोप्य रूपमा दिएको जानकारीअनुसार निज शर्मालाई चार नम्बर प्रदेशको निर्देशनमा एक साता अगाडि नै रवाना दिए पनि हाजिरी नभई बिदा थपेर भनसुन गर्न हिंडेको खबर प्राप्त हुन आएको छ । आफ्नु भाई प्रेस काउन्सिलमा भएको र उनै मार्फत सोर्सफोर्स लगाई पुनः काजमा गैंडाकोट नै खटिने तयारी गरेको स्रोत उल्लेख गर्छ । उनले खाएको जागिर अवधि मध्य सबैभन्दा बढी चितवनमा बितेको छ । जिल्लामा बदनाम भएपछि उनलाई तत्कालीन एसपीले दरबन्दीमा फिर्ता गरेको समेत खुल्नमा आएको छ । र , उनी पुनः त्यहाँबाट पनि काज गराई गैंडाकोट ईलाका प्रहरी कार्यालय पुगे र तस्करहरुसंँग उठबस देखी मुद्दा मामिलासम्म उनैले हात हाल्ने गरेको समेत स्रोतले बताएको छ । यसअगाडि पाँच नम्बर प्रदेशको ईलाका प्रहरी कार्यालय अमानीगंज नवलपरासी दरबन्दी भएपनि त्यहाँ समेत उनी जान मानिरहेका थिएनन् । कार्यालय प्रमुखहरूलाई रिझाउन माफिर उनको बिषयमा गृह र मुख्यालय हुँदै अख्तियार सम्म पुगेको स्रोत बताउँछ । चितवन हुँदा दुई र गैंडाकोट हुँदा दुई गरि चार पटकसम्म उनको उजुरी परिसकेको छ । यहाँका पुरानो बासिन्दा र तस्करसंँग समेत अत्यन्तै नजीकको सम्बन्ध बनाएका शर्माले जागिरमा प्रवेश गरेदेखि नै झन्डै १६ बर्षसम्म चितवन मात्रै बसेर अकुत सम्पत्ति आर्जन गरेका थिए । तस्करमफिया , गुण्डासित नाजायज सम्बन्ध गाँसेर उनले चितवनको जागृती चोकमा तीन तल्ले घर समेत बनाइसकेका छन् । भने, गैंडाकोटमा सञ्चालित होटेल, गैरब्याबसायीक, लज साथै तस्करसंँग समेत प्रहरी जवान बिरेन्द्र लामालाई प्रयोग गरी रकम असुल्दै आएका थिए । कार्यालय आउने सेवाग्राहीलाई समेत अनावश्यक दुस्ख दिने गरेका थिए । त्यस्तै, थुम्सी क्षेत्रमा रहेको कतिपय होटलमा दिनदहाडै गलत क्रियाकलाप हुने गर्दछ । त्यस्ता होटलबाट समेत उनले मासिक रकम लिने गर्थ्यो । कार्यालय प्रमुख प्रहरी निरीक्षककै असक्ष्मताका कारण उहि समयमा सई शर्माको असुली धन्दा गैँडाकोट क्षेत्रभरी नै आतंकित रूपमा चल्दै आएको जानकारहरु बताउँछ । त्यस्को अलावा उनैैैैले गोरु तस्करबाट समेत मासिकरूपमा मात्रै नभई संख्याका हिसाबले रकम असुल्ने गर्दछन् । गोरुको तस्करीको लाइन मिलाउने र शर्मासँग सेटिंङ्ग मिलाइदिने काम पुर्वी चितवनको जयमंगलाका रोशनले गर्दैआएका छन् । सेटिङ्गकै आधारमा पूर्वी नवलपरासी जिल्लामा जम्मा हुने गोरुहरु बंगलादेशसम्म तस्करी हुने गर्दछ । त्यस्ता गोरु तस्करबाट समेत शर्माले रकम असुल्ने गर्दछन् । त्यस्तै, खाल्टेबाट अहिले व्यापक रूपमा काठ तस्करी भइरहेको छ । सो क्षेत्रबाट काठ तस्करले वनफँडानी गरेबापत उनलाई रकम बुझाउने गर्छन् । झण्डै एक दर्जन साना ठूला जुवा अखडाहरू खुलेआम रूपमा चलिरहेका छन् । ती जुवा अखडाबाट समेत उनले रकम लिने गरेको आरोप छ । संगठनभित्र कालो धब्बाका रुपमा पहिचान बनाएका सई शर्माको धेरै नै गुनासो आएपछि चार नम्बर प्रदेशले उनलाई
विशेष निगरानीमा राखेको समेत समाचार स्रोत बताउँछ ।

फरार अभियुक्तलाई पक्राउ गर्न जिल्लाको भर पर्नुपर्ने ?
यसैबीच , कुनै पनि फरार अभियुक्तलाई पक्राउ गर्नुपरे जिल्ला प्रहरी कार्यालय नवलपुरको भर पर्नुपर्ने यो कस्तो बिडम्बना । अधिकांश प्रहरी अशुली धन्दामा सक्रिय हुँदा र कार्यालय प्रमुख असक्ष्म हुँदा गैंडाकोटमा खासै उपलब्धि हासिल भएको छैनन् । आफ्नु कार्यालयमा रहेका केहि बिवादित प्रहरीलाई कठघरामा उभ्याउन नसक्नुले पनि कार्यालय प्रमुख बिवादमा चुम्लुङ्ग डुबेका छन् । घट्ना शुक्रबारको हो । गैँडाकोट नगरपालिका वडा नं ७ बस्ने वर्ष २४ सुजन विकलाई प्रहरीले प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ । घरमा खानतलासी गर्दा प्रहरीले प्रतिबन्धित लागूऔषध फेला परेको हो । विकको घरबाट प्रहरीले लागूऔषध सेरिजेक ५० एम्पुल, फेनारगन ४० एम्पुल, नुर्फिन ४३ एम्पुल गरी जम्मा १३३ एम्पुल र लागूऔषधका फुटेका केही टुक्रासमेत फेला पारेको छ । त्यस्को अलावा गैंडाकोट वरिपरिका कुनकुन होटलमा देह ब्यापार हुन्छ त्यो डाटा हामीले प्राप्त गरिसकेका छौँ । ठोस प्रमाण नआए सम्म धैर्य गर्न पाठकबर्गमा अनुरोध गरिन्छ ।