अखिल क्रान्तिकारीका चितवन जिल्ला अध्यक्ष लामिछाने पक्राउ ।

चितवन, ५ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिस्ट पार्टी निकटको अखिल क्रान्तिकारी चितवन जिल्लाका अध्यक्ष रमेश लामिछानेलाई प्रहरीले मंगलबार बिहान रत्ननगरबाट पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लामिछानेलाई केही दिन अगाडि पुर्वी चितवनको शक्तिखोरमा स्काभेटरमा आगो लगाएर नष्ट गरेको अभियोगमा प्रहरीले खोजी सुरु गरेको थियो । मंगलबार बिहान साँढे ९ बजे ईलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सहिद स्मृती बहुमुखी क्याम्पस हाताबाट उनलाई पक्राउ गरेको हो । अध्यक्ष लामिछानेमाथि थप अनुसन्धान भैरहेको रत्ननगर प्रहरीले जनाएको छ ।