कयरखोलामा बाँध निर्माणको काम अझै सुरू भएनन्

चितवन , ४ असार । अघिल्लो वर्ष रत्ननगर ३, कयरखोलामा आएको विध्वंसकारी बाढीले क्षति पुगेको सडक क्षेत्र र खोला बाँध निर्माणको काम अझै सुरू हुन सकेको छैनन् । यस वर्ष पनि वर्षाको समय सुरू नभइसकेकाले रत्ननगर ३, शान्तिचोकस्थित चौधरी टोलका स्थानीय त्रासमा रहेका छन् । कयर खोलाका कारण गाउँ, मुख्य सडकखण्ड र पुल नै जोखिममा रहेको छ । कयर खोलामा अवस्थित राजमार्गको पुलभन्दा ५० मिटर उत्तर–पश्चिममा ६० घनमिटरजति खोला तटबन्धनको काम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । राजमार्गका पुलहरु मर्मत तथा निर्माण गर्ने पुल महाशाखाका इन्जिनियर रविन श्रेष्ठले देशभरका १४ वटा प्रभावित क्षेत्रको निर्माण गर्नुपर्ने भएकाले काम सुरू गर्न ढिला भएको भन्दै पहिलोपटकमा कसैले पनि ठेक्काका लागि निवेदन नदिएपछि दोस्रोपटक पुनः ठेक्का आह्वान् गर्दा ढिलो भएको उनले बताए । गत महिनामात्रै निर्माण कम्पनी आजाद निर्माण सेवा काठमाडौँसँग निर्माण सम्झौता भएको श्रेष्ठले बताए ।
ब्ततबअजmभलतक बचभब