चितवनमा अत्याधुनिक १२८ स्लाईस डेफिनेसन एस प्लस सिटी स्क्यान सेवाको शुभारम्भ


चितवन , ४ असार । मेडिकल सिटीका रूपमा बिकासित हुँदै गइरहेको चितवनमा अत्याधुनिक १२८ स्लाईस डेफिनेसन एस प्लस सिटी स्क्यान सेवाको शुभारम्भ भएको छ । चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा।हरिशचन्द्र न्यौपानेले अत्याधुनिक सिटी स्क्यान सेवाको एक भव्य समारोहकाविच सुरु गरेका थिए । जर्मनीमा निर्मित यस मेसिन शरीरका विभिन्न रोगको निधानको लागि महत्वपूर्ण मानिन्छ । यस मेसिनबाट बिरामीलाई छिटो तथा कम रेडिएसनमा सि।टी स्कान गर्न सकिने, मुटु तथा रक्तनलिका बिरामीलाई भस्कुर एनलाईसिस, होल बडी एन्जियोग्राम जस्ता डायगनोसिस डा। न्यौपानेले बताए । यस्तै, सोही मेसिनबाट केही दन्तरोग सम्बन्धि डायगनोसिस समेत गर्न सकिने उनले बताए । सिटी स्क्यान मेसिन चितवन जिल्लामा चितवन मेडिकल कलेजमा मात्र उपलब्ध रहेको र नेपालका कमै मात्र अस्पतालले यस्तो सेवा दिईरहेको अस्पतालका निर्देशक डा।दयाराम लम्सालले बताए । अस्पतालले २०६३ सालमा स्थापनाभई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । साथै चितवन मेडिकल कलेज र क्याथोलिक युनिभरसिटी अफ कोरिया बिच अध्ययन अनुसन्धान तथा मेडिकल शिक्षा सम्वन्धि बिभिन्न ५ बुदाँहरुमा सहकार्य गर्न एक समारोहका बिच सम्झौता समेत गरिएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए ।