चुम्लिङटारमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो ।

चितवन , ०१ असार । चितवनको इच्छाकामना गाउँपालिका–४ चुम्लिङटारमा आज बिहान माईक्रो बस र ट्रक एक आपसमा ठोक्किदा मृत्यु हुनेको संख्या चार पुगेको छ । बिहान ७ बजेर २० मिनेटमा भएको सवारी दुर्घटनामा तीन जनाको घट्नास्थलमै र एक जनाको उपचारका लागी भरतपुर अस्पतालमा ल्याउने क्रममा माईक्रोका बस चालक कास्कीको रुपाकोट–८ बस्ने वर्ष ३३ का चन्द्र केसी को ज्यान गएको हो । अन्यको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । काठमाडौंबाट नारायणगढ आउदै ना ६ ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माईक्रो बस एक आपसमा ठक्कर खाएर भएको सो दुर्घटनामा अन्य सात जना घाईते भएका छन् । ट्रक सडकबाट ५० मिटर तल खसेको थियो ।