एसपीलाई प्रलोभनमा पार्न खोज्ने एक प्रहरी खोरमा ।

गुण्डा नाइके समेत पक्राउ ।

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरीलाई प्रलोभनमा पारी गैरकानुनी क्रियाक्रलापमा संलग्न हुने एक युवालाई बिहीबार पक्राउ गरेको छ । समाजलाई बिकृती बनाई नकारात्मक दिशातर्फ केन्द्रित पार्ने र मानिसलाई घरबारबिहिन नै बनाउने स्थितीमा पुर्‍याउने जुवातासबारे सही सूचना दिई सहयोग गर्नुपर्नेमा कार्यालय प्रमुख शुशील सिंह राठौरको कार्यकक्षमै आइ रकमको मोलमोलाइ गरी गैरकानुनी गतिविधिलाई प्रोत्साहन गर्ने भरतपुर महानगरपालिका ११ गणेशस्थान बस्ने बर्ष ४० को बोध बहादुर पौडेललाई बिहीबार नियन्त्रणमा लिइए हो । पौडेलले लामो समयदेखि विभिन्न ब्यक्तिहरुलाई प्रलोभनमा पारी जिल्लामा बर्षौदेखी जुवातास खेलाउदै आएका थिए । उनले तत्कालीन कार्यालय प्रमुख एसपी दीपक थापालाई समेत मोटो रकम दिएको खुल्नमा आएको छ । लामो समयदेखि जुवा तास खेलाउदै आएका पौडेलले जिल्लाका बदनाम घुमुवाको आडमा तत्कालीन एसपी थापालाई उक्त नजराना बुझाउदै आएको नाम नबताउने सर्तमा कार्यालयकै एक प्रहरीले जानकारी दिए । यता , हालका एसपी राठौरका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेकोले अहिले नै केहि बताइ हाल्ने स्थितिमा आफुहरु नभएको बताउदै अन्य कुरा खुलाउन चाहेनन् । जुवातास खेल भएको भए सोको बिषयमा तत्कालै कार्यालय प्रमुखलाई जानकारी गराउन समेत उनले सबैमा ग्रह गरे । जुवातासले समाजलाई नकारात्मक दिशातर्फ लैजाने उल्लेख गर्दै एसपी राठौरले यस्तो गतिविधिमा संलग्न कसैलाई पनि आफुले नछाड्ने बताए । उनले भने , एसपीलाई मिलाए सबै काम फत्ते हुन्छ भन्ने तपाईंले सोच्नु भएको छ भने त्यो तपाईंको बडो मुर्खता हो । एसपी राठौरलाई प्रलोभनमा पारी गलत काम गर्छु भन्ने तपाईंको योजना कुनै सफल हुँदैन । राठौर भन्छन् स् कुनै पनि प्रहरीले अनियमितता बदमाासी गरेको वा जुवातास खेल भइरहेको भए सोको बिषयमा तत्कालै जानकारी दिन नगरबासीलाई अपिल समेत गरे ।

गुण्डा नाइके समेत पक्राउ ।
यसैबीच , चितवन प्रहरीले सर्वाधिक खोजीको सुचीमा रहेका चर्चित गुण्डा नाइकेलाइ बुधबार नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका ११ भोजाड बस्ने बर्ष २८ को गुण्डा नाइँके चन्द्रे भन्ने राजकुमार लामालाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । लामा माथि विभिन्न ब्यक्तिलाई आतंकित बनाई रकम अशुल्दै होटलमा समेत खाना खाई पैसा नै नतिर्ने लगायत विभिन्न सर्वसाधारणलाई डर , त्रासमा पारी आएको लगायत आरोप लागेको छ । जिल्लामा एसपी राठौरले कार्यभार सम्हाले लगत्तै गुण्डाहरु पलायन भएका छन् भने भागाभाग नै मच्चिएको छ । राठौरले गुण्डागर्दी नियन्त्रण, लागूऔषध तथा गाँजा ओसारपसार , जुवातास तथा देह ब्यापार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखी काम सुरु गर्दैआएका छन् । जस्कारण , सरुवाको छोटो समयमै जिल्लाबासीको ढुकढुकीमा बस्न सफल भईसकेका छन् ।