राजधानी काठमाण्डौंमैं नक्कली नोट छाप्ने कारखाना

साढे दुई करोड रुपैयाँ नक्कली नोटसहित ६ जना पक्राउ

 

?????????????

२ जेठ, काठमाडौं । राजधानी काठमाण्डौंमैं नक्कली नोट छाप्ने कारखाना भेटिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले ठूलो परिणाममा नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेसँगैं यस्तो खुलासा भएको हो ।

यसरी नक्कली नोट छाप्ने कार्यमा सम्लग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा फिल्म निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङलगायत रहेका महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । उनीहरुको साथबाट दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको छ ।
वाग्लेलाई काठमाडौंको नक्शालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले सुटिङका लागि जम्मा गरेको रकमको बाहना बनाएको प्रहरी स्रोतको भनाइ छ ।
परिसर अन्तगरतको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले बतायो ।
यी नोटहरु काठमाडौं उपत्यकाको गोंगबु, धापाखेल र बागबजारबाट बरामद गरिएको हो ।
नक्कली नोट छाप्ने कारखाना बागबजारमै भेटिएको प्रहरीे स्रोतले जानकारी दिएको छ ।

यस्ता नक्कली नोट उनीहरुले होटल, रेष्टुरेन्टको बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवा खेल्ने, लागू औषध किन्नमा प्रयोग गर्ने गरेका को पनि प्रहरी श्रोतले जानकारी दिएको छ । यस बारे प्रहरीले पत्रकार सम्मेलन गरी सार्बजनिक गर्ने तयारी गरेको छ ।