का“डाघारी वाल क्लवमा विशेषको नेतृत्व

भरतपुर÷भरतपुर–९ गोन्द्राङ्गुरमा रहेको काँडाघारी टोल सुधार समिति अन्तर्गत रहेका वालवालिकाहरुको एक भेलाले “काँडाघारी वाल क्लव” गठन भएको छ । काँडाघारी टोल सुधार समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भेलाले विशेष भट्टराईको अध्यक्षतामा ९ सदस्यीय “काँडाघारी वाल क्लव” गठन भएको हो ।
उक्त वाल क्लवको उपाध्यक्षमा सुप्रिया वस्ताकोटी, सचिवमा प्रतिभा भट्टराई, कोषाध्यक्षमा प्राप्ति पौडेल रहेका छन् । त्यस्तै वालक्लवको सदस्यहरुमा अंकिता अधिकारी, आस्था पौडेल, आयुषा बाँनिया र कृत्तिमा बस्नेत रहेका छन् । वाल क्लव गठन कार्यक्रममा काँडाघारी टोल सुधार समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । समितिले वाल क्लव सञ्चालनको लागि टोल सुधारको तर्फबाट समितिका सदस्य सुशिला भट्टराईलाई जिम्मा दिइयो ।